नेपाली बिधार्थी समाज (सोनसिक) ले प्राप्त गर्यो देजन शहरबाट सम्मान
नेपाली बिधार्थी समाज (सोनसिक) ले प्राप्त गर्यो देजन शहरबाट सम्मान
कोरियामा रहेका नेपाली विद्यार्थीहरूको समाज (सोनसिक) देजन शहर स्थित एक कार्यक्रममा सम्मानित भएको छ । सामाजिक योगदानको प्रसंसा स्वरूप देजन शहर द्वारा प्रदान गरिने बिशेष अवार्ड सोनसिकले पाउन सफल भएको हो ।
देजनको देजन पार्कमा गत शनिवार आयोजित 14 औं टूगेदर डे फेस्टिभल अर्थात제 14 회 세계인의 날 नामको एक भब्य कार्यक्रमका बिच सोनसिकले प्रसंसा स्वरूप उक्त अवार्ड पाएको हो । कोरियामा रहेका बिदेशिहरु लक्षित बिबिध कार्यक्रमहरु गरि बहु-सांस्कृतिक समाज निर्माणमा योगदान पुर्याए बापत दिईएको उक्त उक्त अवार्ड देजन शहरका मेयरको हातबाट सोनसिकका अध्यक्ष मनिष पाण्डेले ग्रहण गरे ।
देजन बैदेशिक सहायता केन्द्रको रोहबर र देजन सरकारको आयोजनामा संचालित उक्त कार्यक्रममा बिभिन्न देशका नागरिकहरुको बाक्लो उपस्थिति थियो । यसै बिच बिभिन्न देशहरु...





