
परशुराम धाममा ४ वर्ष अगाडि परशुराम नगरपालिकाले आयोजना गरेको परशुराम महामहोत्सवको पारिश्रमिक अझै पनि भुक्तानी गरेको छैन । महोत्सव आयोजनाको बेला आफुहरुलाई ठाउँ ठाउँमा बाँसका गेटहरु निर्माण गर्न लगाएर हाल सम्म पनि भुक्तानी नदिएको वडा नं. ९ का धनसिंह ठगुन्नाले दुखेसो पोख्नु भयो । वडा नं. ९ का धनसिंह ठगुन्ना ,बल बहादुर धामी र मोहन सिंह ठगुन्नाले बाँसका गेटहरु बनाए बाफतको रु ४२ हजार २ सय ६० ररुपैया नपाएको गुनासो गरेका हुन । दोस्रो पटक जनप्रतिनिधी निर्वाचित भईसक्दा पनि रकम भुक्तानीको कुनै संकेत नदेखिएको भन्दै धार्मीक क्षेत्रमा हुने श्रमिक हिंसा अन्त्य गर्न पिडितहरुले माग गरेका हुन् । यस पूर्व २ पटक नगरपालिका न्यायीक समितिमा निवेदन दिईसक्दा पनि हाल सम्म सुनुवाई नभएको पिडितहरुको गुनासो छ । स्थानीयहरुबाट खरिद गरेको बाँसको रकम पनि भुक्तानी गर्न बाँकी रहेका बेला उल्टै नगरपालिकाले पैसा दिईकसेको भन्दै भ्रम छारेको सुनाउदै धनसिंह ठगुन्नाले आपत्ती जनाउनु भयो । यस बाहेक पनि अन्य रकम भुक्तानी गर्न बाँकी रहेको छ ।










