Advertisement
Advertisement

जानकारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वास्थ्य बिमा तथा सरकारी बाल हेरचाह सुविधा उपलब्ध गराउने उद्देश्यले कानुनी सुधारको तयारी भइरहेको छ। दक्षिण कोरियाली सञ्चारमाध्यम कोरिया हेराल्ड का अनुसार, विवाह नगरी सन्तान जन्माएका विदेशी आमाहरूले कोरियाली बाबुसँगको जैविक सम्बन्ध प्रमाणित गरी सन्तानलाई कोरियाली नागरिकता दिलाउने प्रक्रियामा लामो समय कुर्नुपर्ने अवस्था छ। यस अवधिमा बालबालिकाले स्वास्थ्य बिमा, नियमित स्वास्थ्य परीक्षण तथा सरकारी अनुदान प्राप्त बाल हेरचाह सुविधाबाट वञ्चित हुनुपर्ने समस्या देखिएको छ। हालै सार्वजनिक भएको एउटा घटनामा थाइल्यान्डकी एक अविवाहित महिलाले दक्षिण कोरियामा छोरालाई जन्म दिएपछि कोरियाली बाबुसँग सम्बन्ध बिग्रिएर एक्लै सन्तान हुर्काउनुपरेको छ। उनले बाल हेरचाहमा मात्रै मासिक कर...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

Breaking News, Breaking news 1, Breaking news 3, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८,५०० वन पुर्‍याउनुपर्ने विशेषज्ञहरूले सुझाव दिएका छन्। तर सरकारले मूल्यवृद्धिको निर्णय गरिसकेको भने छैन। गत नोभेम्बर १० मा सउलस्थित कोरिया प्रेस सेन्टरमा आयोजित ‘नयाँ चुरोट प्रवृत्ति र धूम्रपान नियन्त्रण नीतिको दिशा’ विषयक छैटौँ मिडिया फोरममा यस्तो प्रस्ताव अघि सारिएको हो। दक्षिण कोरियाको नेसनल एकेडेमी अफ मेडिसिन र कोरिया मेडिकल एन्ड बायो जर्नालिस्ट एसोसिएसनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नेसनल एकेडेमी अफ मेडिसिनका मेडिकल पोलिसी उपाध्यक्ष पार्क उन चोलले चुरोटको मूल्य वृद्धि गर्नुपर्ने धारणा राखेका थिए। उनका अनुसार दक्षिण कोरियामा सन् २०१५ देखि चुरोटको मूल्य प्रतिप्याकेट ४,५०० वनमा स्थिर छ। अन्य वस्तुको मूल्य र आम्दानी बढ्दै गए पनि चुरोटको मूल्य लामो ...
रूसमा प्रचण्ड– ‘कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्’

रूसमा प्रचण्ड– ‘कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्’

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, देश, भर्खरै, समाचार
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गरेका छन् । सत्तारूढ पार्टी ‘युनाइटेड रसिया’ द्वारा आयोजित यस कार्यक्रममा आयोजक दलका संयोजक V. Yakushev ले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए । चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत विश्वका ७६ देशबाट ४८० जना प्रतिनिधिहरूको सहभागिता रहेको यस सम्मेलनमा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट अन्तर्राष्ट्रिय संवादका लागि महत्त्वपूर्ण मञ्च तयार गरिदिएकामा आयोजकप्रति हार्दिक आभार प्रकट गरे । सम्बोधनका क्रममा संयोजक प्रचण्डले विश्व इतिहास अहिले एक संवेदनशील मोडमा उभिएको बताउँदै भू–राजनीतिक तनाव, आर्थिक असमान...
मगर संघ थेगु शाखाको छैटौँ अधिवेशन सम्पन्न;अध्यक्षमा अमर दर्लामी मगर सर्वसम्मत निर्वाचित

मगर संघ थेगु शाखाको छैटौँ अधिवेशन सम्पन्न;अध्यक्षमा अमर दर्लामी मगर सर्वसम्मत निर्वाचित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको छैटौँ अधिवेशनबाट अमर दर्लामी मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दुर्गा थापा मगर, उपाध्यक्षमा भुवन राना मगर र सीता रोका मगर चयन भएका छन्। त्यसैगरी महासचिवमा रमेश रेश्मी मगर, सचिवमा मुना थापा मगर, कोषाध्यक्षमा हेमन्त थापा मगर र सहकोषाध्यक्षमा कृष्ण पुन मगर चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा मोहन मास्की मगर, देव थापा मगर, बलप्रसाद पुन मगर, हरि थापा मगर, नेम पुन मगर, प्रकाश आले मगर, प्रतिमान थापा मगर, सबिना सोमे मगर र धन रोका मगर रहेका छन्। त्यस्तै, कुशल राना मगर मनोनीत सदस्यका रूपमा चयन भएका छन्। नेपाल मगर संघ दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष अञ्जन थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा थेगु क्षेत्रमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिह...
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा बिरेन तुम्खेवा निर्वाचित

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा बिरेन तुम्खेवा निर्वाचित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको चौधौँ महाधिवेशनबाट बिरेन तुम्खेवा अध्यक्षमा निर्वाचित भएका छन्।नोभेम्बर १५ तारिख आइतबार पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा सम्पन्न महाधिवेशनले तुम्खेवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अमित नेम्वाङ चयन भएका छन् भने उपाध्यक्षहरूमा डि.बी. योङहाङ, राजन सौदेन, घनेन्द्र केरुङ, ऋतु सङ्मी, रुबिना आङ्बो, मिलन फुदुङ र प्रमेश मादेन रहेका छन्।त्यसैगरी महासचिवमा महेन्द्र हाङसरुम्बा, सचिवमा इन्द्र केरुङ, सहसचिवमा सर्वण कुमार तुम्बापो, कोषाध्यक्षमा बुद्धिबल थोक्लेन र सहकोषाध्यक्षमा समीर योङहाङ चयन भएका छन्।त्यस्तै कार्यसमिति सदस्यहरूमा सागर खजुम, यमुना इजम, सम्झना माङ्मु, निर्मल नेम्वाङ, मक्खु योङहाङ, विप्लव तुम्बापो, मिथुन तुम्बापो, युवराज लिम्बू, राजन सम्बाहाम्फे, प्रभात साँवा लिम्बू, नुगेन आङदेम्बे, दिक...
यहि नोभेम्बर २८ तारिख जिन्छनको मेगाबक्समा नेपाली सुपरहित चलचित्र “कबड्डी’ प्रदर्शन हुदै

यहि नोभेम्बर २८ तारिख जिन्छनको मेगाबक्समा नेपाली सुपरहित चलचित्र “कबड्डी’ प्रदर्शन हुदै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियाको जिन्छनमा आगामी नोभेम्बर २८ तारिख शनिबार नेपाली चलचित्र ‘कबड्डी ५’ को विशेष प्रदर्शन हुने भएको छ। बासुरी फिल्म्स प्रोडक्सनको प्रस्तुति रहेको उक्त चलचित्रको प्रदर्शन जिन्छन बस टर्मिनलस्थित मेगाबक्स (MEGABOX) मा हुन लागेको हो। चलचित्रको प्रदर्शन साँझ ७ बजे (इभिनिङ शो) सुरु हुनेछ। दक्षिण कोरियाको जिन्छन तथा आसपासका क्षेत्रमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाली चलचित्र हेर्न उपस्थितिका लागि अनुरोध गरिएको छ। रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा नेपाली कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको पोस्टरमा ‘After the Final Match’ उपशीर्षकसमेत राखिएको छ। कार्यक्रममा पोखरा रेस्टुरेन्ट तथा लालिगुराँस फेमिली रेस्टुरेन्टको रेस्टुरेन्ट पार्टनरका रूपमा सहयोग रहनेछ भने जेन हिमालय ट्राभल एन्ड टुर्स ट्राभल पार्टनर, सामसुङ लाइफ इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर र हानपास रेमिट ...
दक्षिण कोरियाको Eonyang मा यही नोभेम्बर २९ तारिख नेपाली सुपरहित चलचित्र “कबड्डी” को बिषेश प्रदर्शन हुने

दक्षिण कोरियाको Eonyang मा यही नोभेम्बर २९ तारिख नेपाली सुपरहित चलचित्र “कबड्डी” को बिषेश प्रदर्शन हुने

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
अन्याङ नेपाली समाज उल्सान, दक्षिण कोरियाको आयोजनामा आगामी नोभेम्बर २९ तारिख आइतबार दक्षिण कोरियाको उल्सानमा नेपाली कथानक चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को विशेष प्रदर्शन हुने भएको छ। आपत्कालीन राहतकोष स्थापना तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त प्रदर्शन आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार चलचित्र प्रदर्शन 울산광역시 울주군 삼남읍 울산역로 345 (3층) मा हुनेछ। नोभेम्बर २९ मा हुने प्रदर्शनका लागि दिउँसो १२:३० बजे कार्यक्रम सुरु हुनेछ। 언양시외버스터미널 बाट पैदल हिँडेर करिब ७ मिनेटमा कार्यक्रमस्थल पुग्न सकिने आयोजकले जनाएको छ। चलचित्रको प्रवेश शुल्क सामान्यतर्फ ३० हजार वन र विद्यार्थीका लागि २५ हजार वन निर्धारण गरिएको छ। टिकट खरिद गर्ने प्रत्येक दर्शकलाई एक बोतल मिनरल वाटर निःशुल्क उपलब्ध गराइनेछ। उक्त चलचित्र प्रदर्शनबाट प्राप्त सहयोग रकम आपत्कालीन राहतकोषमा जम्मा गरिने आयोजकले जनाएको छ।...
कोरियामा एक वर्ष नपुगी काम छाडे विदेशी कामदारले 퇴직금 नपाउने, सरकारी नियममा यस्तो व्यवस्था

कोरियामा एक वर्ष नपुगी काम छाडे विदेशी कामदारले 퇴직금 नपाउने, सरकारी नियममा यस्तो व्यवस्था

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, विदेश, समाचार
दक्षिण कोरियामा एउटै रोजगारदातासँग लगातार एक वर्ष काम पूरा नगरी रोजगारी अन्त्य गर्ने विदेशी कामदारले सामान्यतया सेवा समाप्ति भत्ता अर्थात् 퇴직금 पाउने योग्यता हासिल गर्दैनन्। कोरियाली सरकारको रोजगार अनुमति प्रणाली (EPS) तथा सम्बन्धित कानुनी व्यवस्थाले पनि यसलाई स्पष्ट पारेका छन्। कोरियाको रोजगार तथा श्रमसम्बन्धी सरकारी जानकारीअनुसार, विदेशी कामदारलाई रोजगारीमा राख्ने रोजगारदाताले लागू हुने नियमअनुसार प्रस्थान अवधि बीमा (출국만기보험) मा सहभागी भई प्रत्येक महिना रकम जम्मा गर्नुपर्छ। यो बीमा विदेशी कामदारले योग्यताअनुसार पाउने सेवा समाप्ति भत्ताको व्यवस्थासँग सम्बन्धित छ। सरकारी रोजगार सेवा पोर्टलका अनुसार, विदेशी कामदारले एउटै कार्यस्थलमा एक वर्ष पूरा नगरेको अवस्थामा रोजगारदाताले बीमामा जम्मा भएको रकम फिर्ता लिन सक्ने व्यवस्था छ। एक वर्ष वा सोभन्दा बढी काम गरेका योग्य कामदारले भने निर्धारित प्रक्...
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन नोभेम्बर १५ सउलमा हुने

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन नोभेम्बर १५ सउलमा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १४औँ महाधिवेशन आगामी नोभेम्बर १५ तारिख आइतबार आयोजना हुने भएको छ। याक्थुङ (लिम्बू) समुदायको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, परम्परा, पहिचान तथा अस्तित्वको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्थाले महाधिवेशनमार्फत भावी कार्यदिशा तय गर्ने, सांगठनिक गतिविधिलाई थप सुदृढ बनाउने तथा नयाँ नेतृत्व चयन गर्ने जनाएको छ। महाधिवेशनले याक्थुङ समुदायको एकता, सहकार्य र आपसी सद्भावलाई थप मजबुत बनाउनुका साथै समुदायको मौलिक हक, अधिकार तथा राजनीतिक अधिकार प्राप्तिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास संस्थाले लिएको छ। संस्थाले दक्षिण कोरियामा बसोबास गर्ने सम्पूर्ण याक्थुङ समुदायका सदस्य, अग्रज तथा शुभेच्छुकहरूलाई महाधिवेशनमा उपस्थित भई आफ्ना अमूल्य सुझाव, सल्लाह तथा शुभकामना प्रदान गर्न हार्दिक निमन्त्रणा गरेको छ। समुदायको पहिचान, अस्तित्व र अधिका...
दक्षिण कोरियामा ३१ हजारभन्दा बढी विदेशी विद्यार्थी अवैध रूपमा बसोबास गरिरहेको तथ्यांक सार्वजनिक

दक्षिण कोरियामा ३१ हजारभन्दा बढी विदेशी विद्यार्थी अवैध रूपमा बसोबास गरिरहेको तथ्यांक सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा विद्यार्थी तथा भाषा अध्ययनका लागि जारी गरिने भिसामा आएका ३१ हजार ६६५ विदेशी नागरिक अनुमति प्राप्त बसाइ हैसियतबाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ। दक्षिण कोरियाको न्याय मन्त्रालयबाट प्राप्त विवरणअनुसार सन् २०२६ अगस्टसम्मको तथ्यांकमा विश्वविद्यालयमा अध्ययन गर्ने र भाषा प्रशिक्षणका लागि आएका विदेशी नागरिकहरू समावेश छन्। तथ्यांकअनुसार विश्वविद्यालयमा डिग्री हासिल गर्ने उद्देश्यले जारी गरिने डी–२ (D-2) भिसामा आएका ९ हजार ९४६ जना र भाषा अध्ययनका लागि जारी गरिने डी–४ (D-4) भिसामा आएका २१ हजार ७१९ जना अवैध बसोबासको अवस्थामा रहेका छन्। यसरी हेर्दा कुल संख्याको करिब ६८.६ प्रतिशत डी–४ भिसामा आएका व्यक्तिहरू छन्। भिसाको प्रकारअनुसार अवैध बसोबासको दरमा पनि ठूलो अन्तर देखिएको छ। भाषा प्रशिक्षणका लागि दक्षिण कोरियामा रहेका ७४ हजार ४५० जनामध्ये २९.२ प्रतिशत अनुमति प्राप्त बसाइ हैसियतबाह...