Advertisement
Advertisement

समाचार

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ स्थापना भएको संस्थाले आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रालाई विशेष समारोहका साथ मनाएको हो। कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, व्यवसायी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क बिष्ट रहनुभएको थियो भने सभापतित्व बाग्लुङ समाज दक्षिण कोरियाका अध्...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेतृत्व चयनको प्रक्रिया टुंगो लाग्न नसकेको अवस्थामा २०२६ जुन ७ तारिख आइतबार आन्सानस्थित याक रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममार्फत नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। संघको छैटौँ महाधिवेशन २०२५ अक्टोबर ५ तारिखमै सम्पन्न भएको थियो। तर विभिन्न कारणवश नयाँ कार्यसमिति चयन हुन नसक्दा नेतृत्व हस्तान्तरण प्रक्रिया लामो समयसम्म रोकिएको थियो। करिब आठ महिनापछि जुन ७ मा आयोजित कार्यक्रममार्फत सातौँ कार्यसमिति गठन गर्न सफल भएको संघले जनाएको छ। निर्वाचन मण्डलका संयोजक युगेल तेन्डुप शेर्पा को नेतृत्वमा सम्पन्न चयन प्रक्रियाबाट भोजपुर निवासी दोर्ची शेर्पा पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दोर्जी शेर्पा तथा उपाध्...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज कार्यक्रम–२०२६ आयोजना हुने भएको छ । “भाषा, धर्म र संस्कृति नेपालीहरूको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रम नेपाल मगर संघ दक्षिण कोरिया केन्द्र, थेगु शाखा, जेजु शाखा, मोक्पो–छल्लादो शाखा, DSME मगर समाज गजेदो तथा अठार मगरात खाम भाषी सम्पर्क मञ्च दक्षिण कोरियाको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको हो । आयोजकका अनुसार कार्यक्रम आगामी जुन १३ र १४ (२०२६) मा 경남 창녕군 부곡면 온천로 594 (इल्सुङ कोंडो) मा सञ्चालन हुनेछ । कार्यक्रममा कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई भेटघाट, सांस्कृतिक आदानप्रदान तथा मनोरञ्जनमा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ । कार्यक्रमला...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्रथम पोखरा फुटसल कप २०२६” आयोजना हुने भएको छ। कास्की एफसीको प्रस्तुति तथा कास्की परिवार दक्षिण कोरियाको आयोजनामा प्रतियोगिता आगामी जुन १४ तारिख आइतबार सञ्चालन हुन लागेको हो। नेपाल फुटबल महासंघ कोरियाको मुख्य सहजीकरणमा “एकता हाम्रो पहिचान, स्वास्थ्य हाम्रो अभियान” भन्ने मूल नारासहित आयोजना हुने उक्त प्रतियोगिता छनान् स्थित मेचीअप फुटसल फिल्ड (천안시 동남구 신방동 645-1) मा हुने आयोजकले जनाएको छ। कास्की परिवार दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष सन्तोष गुरुङका अनुसार प्रतियोगिताले दक्षिण कोरियामा रहेका नेपाली खेलाडी तथा फुटबलप्रेमीहरूलाई एउटै मैदानमा जोड्दै खेलकुदमार्फत सामुदायिक सम्बन्ध अझ सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। संस्थाका संरक्षक खोम प्रसाद गुरुङले...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली प्रदेश समाज दक्षिण कोरिया अन्तर्गत ख्यङसाङ शाखाले आगामी जुन १३ र १४ तारिखमा “बृहत् वनभोज तथा भेटघाट कार्यक्रम” आयोजना गर्ने भएको छ। कोरियाको रमणीय प्राकृतिक स्थलमा आयोजना गरिने उक्त कार्यक्रममार्फत कर्णालीको मौलिक कला, संस्कृति, संस्कार तथा परम्परालाई प्रवासमा जगेर्ना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ। कार्यक्रममा मनोरञ्जनात्मक गतिविधि, नेपाली खानाका परिकार, नाचगान तथा आपसी चिनजान र भेटघाटलाई विशेष प्राथमिकता दिइनेछ। कार्यक्रम 경북 성주군 가천면 포천계곡로 750 मा अवस्थित ग्रिननारे पेन्सनमा सञ्चालन हुनेछ। आयोजकका अनुसार खुल्ला सफा खोलामा पौडी खेल्ने, मनोरञ्जनात्मक कार्यक्रम तथा सामूहिक वनभोज कार्यक्रम मुख्य आकर्षणका रूपमा रहनेछन्। सहभागिता शुल्क पुरुषका लागि ८०...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले “Nepal Korea Driving License” नामक मोबाइल एप सार्वजनिक गरेका छन्। सन् २०१७ मा EPS मार्फत कोरिया आएका थिङले नेपाली समुदायको आवश्यकतालाई मध्यनजर गर्दै उक्त एप निर्माण गरेका हुन्। हाल कोरियामा नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। विशेषगरी E-7 भिसा भएकाहरूले नेपाली ड्राइभिङ लाइसेन्सको आधारमा बिना लिखित परीक्षा नै कोरियन लाइसेन्समा ट्रान्सलेट गर्न पाउने व्यवस्था भए पनि अन्य भिसा भएका नेपालीहरूले भने नेपाली लाइसेन्स भए पनि अनिवार्य रूपमा लिखित परीक्षा दिनुपर्ने अवस्था छ। साथै, कोरियामै पहिलोपटक ड्राइभिङ सिकेर लाइसेन्स निकाल्न चाहने नेपालीहरूका लागि पनि लिखित परीक्षा चुनौतीपूर्ण बन्ने गरेको छ। यही कठिनाइलाई सहज बनाउने उद्देश्यले थिङले अंग्रेजी र नेपाली भा...
सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” को सम्पूर्ण तयारी पूरा उपाधिको लागि ३२ टिम भिड्दै, टाइसिट तथा खेल नियम सार्वजनिक

सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” को सम्पूर्ण तयारी पूरा उपाधिको लागि ३२ टिम भिड्दै, टाइसिट तथा खेल नियम सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको किम्हे–बुसान क्षेत्रमा आगामी मे २४ तारिख आयोजना हुन लागेको “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” को सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल फुटबल महासंघ दक्षिण कोरिया तथा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाको आयोजनामा हुन लागेको प्रतियोगिताको टाइसिट र खेलसम्बन्धी नियमहरू समेत सार्वजनिक गरिएको आयोजकले जनाएको छ। सार्वजनिक गरिएको टाइसिटअनुसार प्रतियोगिता ग्राउन्ड ‘A’ र ‘B’ मा सञ्चालन हुनेछ। प्रतियोगितामा दक्षिण कोरियाका विभिन्न नेपाली फुटसल क्लबहरूको सहभागिता रहनेछ। खेल बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ। ग्राउन्ड ‘A’ मा Sacheon NFC “A”, Tamang Ghedung Busan, Gimhae Origin FC, Haman FC, Samrat FC “Chhangdo”, Dynamite FC, Magar FC, Goryang FC, Myeongdong FC “Red”, Namji FC “A”, Waegwan FC “A”, Sangdong Veteran FC, Jangnim FC “Red”, Ulsan FC, Himalayan FC ...
किरात राई यायोक्खा दक्षिण कोरियाद्वारा मे २४ सुवनमा मनाइने उँभौली साकेला को सम्पूर्ण तयारी पूरा, सुवन स्टेसनबाट लाग्छ यि नम्बरका बस हरु

किरात राई यायोक्खा दक्षिण कोरियाद्वारा मे २४ सुवनमा मनाइने उँभौली साकेला को सम्पूर्ण तयारी पूरा, सुवन स्टेसनबाट लाग्छ यि नम्बरका बस हरु

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
किरातीहरुको महान चाड उँभौली साकेलाको अवसरमा किरात राई यायोक्खा, दक्षिण कोरियाले आयोजना गर्न लागेको “यलेदोंग ५०८६ उँभौली साकेला – सुवन” कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यहि मे २४ तारिख आइतबार आयोजना हुने उक्त कार्यक्रममा दक्षिण कोरियाभर रहेका नेपाली तथा किराती, समुदायलाई सहभागिताका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ। सांस्कृतिक पहिचान, परम्परा तथा आपसी सद्भाव झल्किने कार्यक्रमलाई भव्य बनाउन तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो। कार्यक्रम कोरियाको सुवनस्थित 수원시립미술관 क्षेत्रमा बिहान १०:३० बजेदेखि सुरु हुनेछ। कार्यक्रममा पारम्परिक साकेला नृत्य, सांस्कृतिक प्रस्तुति, भेटघाट तथा विविध मनोरञ्जनात्मक कार्यक्रम रहने बताइएको छ। त्यसैगरी सहभागीको लागि सुवन स्टेसनको गेट नम्बर ४, ७, ९ र १० बाट बस नम्बर १३, ६६, ३५ र ८२ मार्फत कार्यक्रम स्थलसम्म पुग्न सकिनेछ। कार्यक्रम स...
ख्याङ्नाम नेपाली समाजद्वारा मे २३ र २४ तारिख हुने “बृहत बनभोज तथा भेटघाट कार्यक्रम २०२६” को सम्पूर्ण तयारी पुरा

ख्याङ्नाम नेपाली समाजद्वारा मे २३ र २४ तारिख हुने “बृहत बनभोज तथा भेटघाट कार्यक्रम २०२६” को सम्पूर्ण तयारी पुरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको ख्याङ्नाम क्षेत्रमा रहेका नेपालीहरूको साझा संस्था ख्याङ्नाम नेपाली समाज ले “बृहत् बनभोज तथा भेटघाट कार्यक्रम २०२६” आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उक्त कार्यक्रम आगामी मे २३ र २४, २०२६ मा 창원시 마산합포구 구산면 괭이바다길 33 मा रहेको रमणीय स्थानमा सञ्चालन हुनेछ। समुद्रको आकर्षक दृश्य, हरियाली पहाड तथा आधुनिक सुविधासहितको पेन्सनमा आयोजना हुने यो कार्यक्रमले सहभागीहरूलाई विशेष अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमस्थलमा स्विमिङ पुल, खेल मैदान तथा रातिको झिलीमिली वातावरणले प्रवासी नेपालीहरूलाई मनोरञ्जन र विश्रामको अवसर दिनेछ। साथै नेपाली परिकार, सांस्कृतिक कार्यक्रम तथा आपसी भेटघाटले कार्यक्रमलाई थप आकर्षक बनाउने आयोजकले जनाएको छ। 💰 सहभागी शुल्क आयोजकका अनुसार कार्यक्रममा सहभागी हुनका लागि शुल्क निर्धारण गरिएको छ: 👨 पुरुष:...
मे ३१ तारिक छङ्ऊपमा आकर्षक पुरस्कारको साथमा ‘दोस्रो 𝐉𝐍 𝐅𝐂 𝐂𝐔𝐏 𝐅𝐨𝐨𝐭𝐛𝐚𝐥𝐥 𝐓𝐨𝐮𝐫𝐧𝐚𝐦𝐞𝐧𝐭 𝟐𝟎𝟐𝟔’ हुदै, टिम दर्ता गर्ने अन्तिम मिति मे २३ सम्म मात्रै

मे ३१ तारिक छङ्ऊपमा आकर्षक पुरस्कारको साथमा ‘दोस्रो 𝐉𝐍 𝐅𝐂 𝐂𝐔𝐏 𝐅𝐨𝐨𝐭𝐛𝐚𝐥𝐥 𝐓𝐨𝐮𝐫𝐧𝐚𝐦𝐞𝐧𝐭 𝟐𝟎𝟐𝟔’ हुदै, टिम दर्ता गर्ने अन्तिम मिति मे २३ सम्म मात्रै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच स्वास्थ्य, भाइचारा र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल फुटबल महासंघ सँगको सहकार्यमा छङ्ऊप नेपलीज फुटबल क्लब (𝐉𝐍𝐅𝐂) ले यहि मे ३१ छङ्ऊपमा आकर्षक पुरस्कारको साथमा ‘दोस्रो 𝐉𝐍 𝐅𝐂 𝐂𝐔𝐏 𝐅𝐨𝐨𝐭𝐛𝐚𝐥𝐥 𝐓𝐨𝐮𝐫𝐧𝐚𝐦𝐞𝐧𝐭 𝟐𝟎𝟐𝟔’ आयोजना हुने भएको छ। प्रतियोगिता छङ्ऊपकै 신태인 추구장 मा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा दक्षिण कोरियाका विभिन्न क्षेत्रमा रहेका नेपाली फुटबल टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले ३६ लाख २१ हजार ५५५ वन नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २१ लाख ११ हजार ५५५ वन हात पार्नेछ। त्यसैगरी सेमिफाइनलसम्म पुग्ने टोलीलाई ५ लाख वन प्रदान गरिने आयोजकले जनाएको छ। व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट मिडफिल्डरलाई जनही १ लाख वन पुरस्कार प्रदा...