रूसमा प्रचण्ड– ‘कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्’
नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसियाको मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गरेका छन् ।
सत्तारूढ पार्टी ‘युनाइटेड रसिया’ द्वारा आयोजित यस कार्यक्रममा आयोजक दलका संयोजक V. Yakushev ले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले लिखित सम्बोधन पठाएका थिए ।
चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत विश्वका ७६ देशबाट ४८० जना प्रतिनिधिहरूको सहभागिता रहेको यस सम्मेलनमा संयोजक प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट अन्तर्राष्ट्रिय संवादका लागि महत्त्वपूर्ण मञ्च तयार गरिदिएकामा आयोजकप्रति हार्दिक आभार प्रकट गरे ।
सम्बोधनका क्रममा संयोजक प्रचण्डले विश्व इतिहास अहिले एक संवेदनशील मोडमा उभिएको बताउँदै भू–राजनीतिक तनाव, आर्थिक असमान...







