Advertisement
Advertisement

धर्म सस्कृति

MAMF 2026 मा प्रस्तुति दिन नेपालबाट गायिका बबिना किराती कोरिया आइपुगिन्, आइतबार मगर संस्कृतिको भव्य परेड!

MAMF 2026 मा प्रस्तुति दिन नेपालबाट गायिका बबिना किराती कोरिया आइपुगिन्, आइतबार मगर संस्कृतिको भव्य परेड!

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियाको २१औँ बहुसांस्कृतिक उत्सव MAMF 2026 मा विशेष सांगीतिक प्रस्तुति दिन नेपालकी लोकप्रिय गायिका बबिना किराती दक्षिण कोरिया आइपुगेकी छन्। अक्टोबर २५ तारिख आइतबार छाङवनस्थित योङजी कल्चरल पार्कमा आयोजना हुने कार्यक्रममा नेपाली समुदायले नेपालको कला, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने तयारी गरेको छ।यस वर्षको कार्यक्रममा युवा पुस्तामाझ लोकप्रिय गायिका बबिना किरातीको विशेष सांगीतिक प्रस्तुतिसँगै मगर समुदायको मौलिक संस्कृति, कौरा तथा सालैजो समेटिएको सांस्कृतिक झाँकी र परेड मुख्य आकर्षणका रूपमा रहनेछन्। साथै सगरमाथा समाजको मौलिक पञ्चेबाजा, सुदूरपश्चिम समाजको देउडा प्रस्तुति, थारु समुदायको सामूहिक सांस्कृतिक नृत्य तथा NCB Nepali Students को विशेष नृत्यसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।१६ देशका संस्कृतिबीच नेपालको मौलिक पहिचान प्रस्तुत गरिनःMAMF 2026 मा ...
दक्षिण कोरियाको याङ्सानमा अक्टोबर २५ मा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै

दक्षिण कोरियाको याङ्सानमा अक्टोबर २५ मा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, मनोरञ्जन
दक्षिण कोरियामा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले याङ्सान नेपाली परिवारको आयोजनामा विजयादशमी २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ। आयोजकका अनुसार कार्यक्रम आगामी अक्टोबर २५ तारिख आइतबार मध्याह्न १२ बजेदेखि दक्षिण कोरियाको याङ्सानस्थित 양주근린공원 (중부동 727) मा आयोजना हुनेछ। कार्यक्रममा विजयादशमीको टीका ग्रहण तथा शुभकामना आदानप्रदान, नेपाली परिकारको खानपिन तथा स्थानीय कलाकारहरूको नृत्य र गायन प्रस्तुतिलगायतका गतिविधि समावेश गरिएका छन्। विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्दै नेपालीहरूबीच आपसी मेलमिलाप तथा सहयोगको भावना अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो। याङ्सान नेपाली परिवारले दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई दसैँको खुसी ...
आइतबार बडा दसैँ टीका, जमरा ग्रहण तथा नेपाली मौलिक पञ्चेबाजासहित दोङ्देमुनबाट बिहान १०ः३० बजे सांस्कृतिक र्‍याली आयोजना हुने

आइतबार बडा दसैँ टीका, जमरा ग्रहण तथा नेपाली मौलिक पञ्चेबाजासहित दोङ्देमुनबाट बिहान १०ः३० बजे सांस्कृतिक र्‍याली आयोजना हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, देश, धर्म सस्कृति, धर्म/ज्योतिश, मनोरञ्जन, मनोरन्जन
दक्षिण कोरियामा नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आइतबार सउलमा नेपाली मौलिक पञ्चेबाजासहितको सांस्कृतिक र्‍याली आयोजना हुने भएको छ। सनातन साहित्य संगीत साधना समूह (पाँच ‘स’), दक्षिण कोरियाको आयोजनामा अक्टोबर २५, आइतबार आयोजना हुने बडा दसैँ टीका, जमरा ग्रहण तथा सांस्कृतिक कार्यक्रमको अवसरमा उक्त र्‍याली सञ्चालन गर्न लागिएको हो। र्‍याली बिहान १०:३० बजे दोङ्देमुन स्टेशनको गेट नम्बर १ बाट सुरु हुनेछ। नेपाली मौलिक पञ्चेबाजासहितको र्‍याली दोङ्देमुनबाट कार्यक्रमस्थलसम्म सञ्चालन गरिनेछ। विदेशी भूमिमा नेपाली राष्ट्रिय पहिचान झल्काउने तथा मौलिक कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको र्‍यालीमा सहभागी हुन आयोजकले कोरियामा रहनुभएका सम्पूर्ण नेपालीलाई आह्वान गरेको छ। सहभागीहरूलाई सम्भव भएसम्म दौरा–सुरुवाल, साडी–चोली वा आ–आफ्नो जात...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज कार्यक्रम–२०२६ आयोजना हुने भएको छ । “भाषा, धर्म र संस्कृति नेपालीहरूको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता” भन्ने मूल नाराका साथ आयोजना हुने उक्त कार्यक्रम नेपाल मगर संघ दक्षिण कोरिया केन्द्र, थेगु शाखा, जेजु शाखा, मोक्पो–छल्लादो शाखा, DSME मगर समाज गजेदो तथा अठार मगरात खाम भाषी सम्पर्क मञ्च दक्षिण कोरियाको संयुक्त आयोजनामा सम्पन्न हुन लागेको हो । आयोजकका अनुसार कार्यक्रम आगामी जुन १३ र १४ (२०२६) मा 경남 창녕군 부곡면 온천로 594 (इल्सुङ कोंडो) मा सञ्चालन हुनेछ । कार्यक्रममा कोरियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई भेटघाट, सांस्कृतिक आदानप्रदान तथा मनोरञ्जनमा सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ । कार्यक्रमला...
आनसानमा पाँच-स, दक्षिण कोरियाले फेब्रुअरी १५ तारिक महाशिवरात्रि विशेष पूजा-अर्चना तथा रुद्राभिषेक आयोजना गर्दै

आनसानमा पाँच-स, दक्षिण कोरियाले फेब्रुअरी १५ तारिक महाशिवरात्रि विशेष पूजा-अर्चना तथा रुद्राभिषेक आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
सनातन मूल्य–मान्यता, धार्मिक अनुशासन र सांस्कृतिक चेतनाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स), दक्षिण कोरिया ले महाशिवरात्रि पर्वको पावन अवसरमा विशेष धार्मिक कार्यक्रम आयोजना गर्ने भएको छ। आयोजकका अनुसार कार्यक्रममा विधिवत शिवपूजा, रुद्राभिषेक, आरती तथा भजनकीर्तन समावेश रहनेछ। सामूहिक आध्यात्मिक अभ्यासलाई निरन्तरता दिने लक्ष्यका साथ आयोजना गरिन लागेको यस अनुष्ठानमा दक्षिण कोरियामा रहेका सम्पूर्ण सनातनप्रेमी श्रद्धालु भक्तजनलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिएको छ। कार्यक्रम सन् फेब्रुअरी 15, आइतबार बिहान 08:30 बजे देखि आन्सानस्थित सनातन मन्दिर तथा आन्सान नेपाली पुस्तकालय (경기도 안산시 단원구 원곡공원로 14-1, 원곡동 741-3) मा सञ्चालन हुनेछ। आयोजकले शिवपूजा तथा रुद्राभिषेकमा कर्ताको रूपमा सहभागी हुन इच्छुक श्रद्धालुहरूलाई बिहानै उपस्थित भई सहभाग...
फेब्रुअरी ०१ तारिख आन्सानमा सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स) दक्षिण कोरियाद्वारा पवित्र धार्मिक परम्परा अनुसार ”श्री स्वस्थानी व्रत कथा“ विधिवत पूजा–अर्चना तथा समापन (साङ्गेता) कार्यक्रम आयोजना गर्दै

फेब्रुअरी ०१ तारिख आन्सानमा सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स) दक्षिण कोरियाद्वारा पवित्र धार्मिक परम्परा अनुसार ”श्री स्वस्थानी व्रत कथा“ विधिवत पूजा–अर्चना तथा समापन (साङ्गेता) कार्यक्रम आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
नेपाली मौलिक संस्कार, संस्कृति तथा सनातन परम्पराको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित सनातन साहित्य सङ्गीत साधना समूह (पाँच–स), दक्षिण कोरिया द्वारा यस वर्ष पनि पवित्र धार्मिक परम्पराअनुसार “श्री स्वस्थानी व्रत कथा” विधिवत पूजा–अर्चना तथा समापन (साङ्गेता) कार्यक्रम आयोजना गरिने भएको छ। विगतका वर्षहरूमा झैँ यस वर्ष पनि श्रद्धा, आस्था र धार्मिक अनुशासनका साथ आयोजना गरिन लागेको उक्त कार्यक्रममार्फत सनातन मूल्य–मान्यता, सांस्कृतिक चेतना तथा सामूहिक आध्यात्मिक अभ्यासलाई निरन्तरता दिने उद्देश्य राखिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा पूर्वाङ्ग पूजा, स्वस्थानी कथा वाचन, रुद्राभिषेक, उत्तराङ्ग पूजा, आरती तथा भजनकीर्तन जस्ता विविध धार्मिक तथा सांस्कृतिक गतिविधिहरू समावेश रहनेछन्। आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण सनातन प्रेमी, श्रद्धालु तथा नेपाली समुदायलाई क...
आजको राशिफल: २०८२ मंसिर २६ गते शुक्रबार

आजको राशिफल: २०८२ मंसिर २६ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ।  सिहं (मा,मी,मू,मे,म...
आजको राशिफल: २०८२ मंसिर २५ गते बिहीबार

आजको राशिफल: २०८२ मंसिर २५ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिल...
आजको राशिफल: २०८२ मंसिर २४ गते बुधबार

आजको राशिफल: २०८२ मंसिर २४ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धैर्यपूर्वक निर्णय लिनुपर्ने दिन हो। साथी वा सहकर्मीबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा थोरै उतारचढाव आउन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यात्राको सम्भावना छ। नयाँ मान्छे भेट्न सक्नुहुन्छ जसले भविष्यमा सहयोग पुर्‍याउनेछ। बोलचालमा संयमता आवश्यक छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग सम्बन्ध मजबुत हुने दिन हो। पुराना विवाद वा गलतफहमी हट्ने संकेत छ। आर्थिक लाभको सम्भावना पनि छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा प्रतिस्पर्धा बढ्नेछ तर आत्मविश्वासका कारण सफलता हात लाग्नेछ। अहंकार नियन्त्रणमा राख्नुहोला। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामको चाप ...
आजको राशिफल: २०८२ मंसिर २३ गते मंगलबार

आजको राशिफल: २०८२ मंसिर २३ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज उत्साह र जोश उच्च रहनेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। पुरानो प्रयास सफल हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा न्यानोपन अनुभव हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आत्मविश्वास बढ्नेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्ध मधुर रहनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा प्रगति हुनेछ। नयाँ अवसर हात लाग्नेछ। योजना सफलतापूर्वक अघि बढाउने मौका मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश र उमङ्ग उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसरलाई प्रयोग गरेर फाइदा लिन सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्य...