Advertisement
Advertisement

अन्तराष्ट्रिय

कोरियामा विद्यार्थी भिसामा आएकी २० वर्षीया युवतीले बच्चा जन्माएर बालगृह अगाडि फ्याँकेपछि पक्राउ 

कोरियामा विद्यार्थी भिसामा आएकी २० वर्षीया युवतीले बच्चा जन्माएर बालगृह अगाडि फ्याँकेपछि पक्राउ 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको थेजन (Daejeon) शहरमा एक २० वर्षीया भियतनामी महिला विद्यार्थीले कोठामै बच्चा जन्माएर त्यसलाई बालगृह (childcare center) अगाडि फ्याँकेकी घटनाले सबैलाई स्तब्ध बनाएको छ। प्रहरीका अनुसार, उक्त युवती (A) ले अक्टोबर २३ तारिख साँझ करिब ७:२० बजे थेजनको युसोंग–गु (Yuseong-gu) क्षेत्रस्थित भाडाको कोठामा छोरा जन्माएकी थिइन्। बच्चा जन्माएको करिब ६ घण्टापछि, अर्थात अक्टोबर २४ बिहान १:२० बजे, उनले नवजात शिशुलाई सिओ–गु (Seo-gu) मा रहेको एक बालगृहको अगाडि छाडेकी थिइन्। सफा गर्ने क्रममा बिहान ७:५० बजे एक फोहोर संकलकले कपडामा बेरिएको शिशु भेट्टाए र तुरुन्तै बालगृहका कर्मचारीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरीलाई खबर गरी शिशुलाई तत्काल अस्पताल पु‍र्‍याइएको थियो। CCTV फुटेजको आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले अक्टोबर २६ तारिखमा ती महिला र उनका प्रेमी (B) लाई पक्राउ गरेको थियो। अनु...
२०औं MAMF–2025 मा सुदूरपश्चिम समाज बुसानद्वारा भव्य देउडा प्रस्तुति 

२०औं MAMF–2025 मा सुदूरपश्चिम समाज बुसानद्वारा भव्य देउडा प्रस्तुति 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
२०औं MAMF (Migrants’ Arirang Multicultural Festival)–2025 मा सुदूरपश्चिम समाज बुसानले आफ्नो क्षेत्रको मौलिक पहिचान झल्काउने भव्य देउडा नृत्य प्रस्तुत गरेको छ। देउडा खेलमा सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलहरूलाई समेटिएका मार्मिक शब्दहरू प्रयोग गरिएका थिए। सहभागीहरूले मौलिक पहिरनमा सजिएर आकर्षक ढंगले सांस्कृतिक झल्को प्रस्तुत गरे। कार्यक्रममा दुई समूहमा विभाजन भई ५/५ जना सहभागीहरूले तालमेलसहित देउडा खेल प्रस्तुत गरेका थिए। उक्त अवसरमा सुदूरपश्चिम समाज बुसानका अध्यक्ष देवराज बडु स्वयंले देउडा गीत गाएर प्रस्तुति दिनुभएको थियो। सांस्कृतिक विविधताबीच नेपालको सुदूरपश्चिम पहिचानलाई उजागर गर्ने यो प्रस्तुति कार्यक्रममा उपस्थित दर्शकहरूको आकर्षणको केन्द्र बनेको थियो।...
९६० पटकपछि दक्षिण कोरियाली महिलाले ड्राइभिङ परीक्षा पास गरिन्! 

९६० पटकपछि दक्षिण कोरियाली महिलाले ड्राइभिङ परीक्षा पास गरिन्! 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियाको दक्षिणी सहर चोङ्जुकी ६९ वर्षीया चा सा-सुन (Cha Sa-soon) नामकी महिलाले अन्ततः आफ्नो ड्राइभिङ लाइसेन्स प्राप्त गरेकी छिन् — त्यो पनि ९६०औं प्रयासपछि!  सन् २००५ मा पहिलो पटक लिखित परीक्षा दिएकी चा सा-सुनले बारम्बार असफलता झेल्दै पनि हार मानिनन्। आफ्नो तरकारी व्यवसायका लागि लाइसेन्स अत्यावश्यक भएको बुझेर उनले दिनहुँजसो परीक्षा दिने निरन्तर प्रयास जारी राखिन्। तीन वर्षको अवधिमा मात्रै उनले ७८० पटक परीक्षा दिइन्। अन्ततः उनले लिखित परीक्षा पास गरेपछि व्यावहारिक (road test) चरण पनि सफलतापूर्वक पार गर्दै आफ्नो सपना साकार पारिन्। उनकी प्रशिक्षकका अनुसार, “जब उनले अन्ततः लाइसेन्स पाइन्, हामी सबैले उनलाई फूल र बधाईका साथ स्वागत गर्‍यौँ। त्यो हाम्रो लागि पनि ठूलो राहत र प्रेरणाको क्षण थियो।” उनको दृढता र हार नमान्ने आत्मबलको सम्मानस्वरूप Hyundai मोटर्स कम्पनीले उनलाई नयाँ...
आज कोरियन लिपी दिवस — भाषा, संस्कृति र चेतनाको गौरवको दिन

आज कोरियन लिपी दिवस — भाषा, संस्कृति र चेतनाको गौरवको दिन

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, समाचार
दक्षिण कोरियामा हरेक वर्ष अक्टोबर ९ तारिखका दिन “कोरियन लिपी दिवस” (한글날 / Hangeul Day) विभिन्न कार्यक्रमहरूका साथ भव्य रूपमा मनाइन्छ। यो दिन कोरियाली लिपि हाङ्गुल को आविष्कार र प्रयोगको सुरुवात भएको सम्मानमा मनाउने गरिन्छ। इतिहासअनुसार, सन् १४४३ मा राजा सेजोंग महान् (세종대왕) र उनका विद्वानहरूको टोलीले आम जनताका लागि सजिलो र बुझ्न सकिने लेखन प्रणालीको रूपमा “हाङ्गुल” लिपिको विकास गरेका थिए। त्यसअघि कोरियालीहरू आफ्नो विचार चिनियाँ अक्षरहरूमा व्यक्त गर्थे, जुन जटिल र सामान्य जनताका लागि कठिन थियो। हाङ्गुलको मूल नाम “훈민정음 (Hunmin Jeongeum)” हो, जसको अर्थ हुन्छ — “जनताका लागि सही ध्वनिहरू।” सन् १४४३ मा राजा सेजोंग महान् (세종대왕) र उनका विद्वानहरूको टोलीले आम जनताका लागि सजिलो र बुझ्न सकिने लेखन प्रणालीको रूपमा हाङ्गुलको विकास गरेका थिए। ती अक्षरहरू यसरी बनाइएका थिए कि बोल्दा मुख, जिब्रो...
चौथो एन.पी.एस. भलिबल कप २०२५,बागलुङ समाजलाई पराजित गर्दै गुल्मी सम्पर्क समिति कप उचाल्न सफल

चौथो एन.पी.एस. भलिबल कप २०२५,बागलुङ समाजलाई पराजित गर्दै गुल्मी सम्पर्क समिति कप उचाल्न सफल

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको थेगु खुजीमा नेपाली परोपकार समाज (NPS) द्वारा आयोजित चौथो एन.पी.एस. भलिबल कप २०२५ भव्य रूपमा सम्पन्न भएको छ। भलिबल प्रतियोगितामा कोरियाभरका विभिन्न संघ–संस्था र क्लब गरी २६ टोलीको सहभागिता रहेको थियो। प्रारम्भिक चरणदेखि नै प्रतिस्पर्धात्मक देखिएको प्रतियोगिताको अन्तिममा गुल्मी सम्पर्क समितिले उत्कृष्ट प्रदर्शन गर्दै बागलुङ समाजलाई पराजित गर्दै उपाधि जित्न सफल भयो। फाइनलमा रोमाञ्चक भिडन्तपछि गुल्मी सम्पर्क समितिले ३० लाख वनसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दै च्याम्पियन बनेको हो। उपविजेता बनेको बागलुङ समाजले २० लाख वनसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। सेमी फाइनलिस्ट आयोजक 𝐍𝐏𝐒 र विश्वाकर्मा दुई टोलीले ५/५ लाख वन नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, लिबरो, कोच र सर्भरलाई पनि नगद प...
सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइसिट सहित

सेप्टेम्बर २१ मा हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को तयारि पुरा, टाइसिट सहित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज–सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर २१ तारिकका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा आयोजना हुने ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ को सम्पुर्ण तयारि पुरा भइ टाइसिट पनि सार्वजानिक गरिएको छ। आइतबारका दिन सुवन स्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रम गर्दै आयोजक संस्थाले टाईसिट सार्वजनिक गरेको हो। दक्षिण कोरियामा रहेको विभिन्न २४ वटा टिम दर्ता रहेको प्रतियोगितापोल ए र पोल बि गरी दुईवटा पोलमा खेलाइने आयोजकले जनाएको छ भने प्रतियोगिता २१ तारिख आइतबार बिहान ८ बजेदेखि सुरु हुनेछ। सन् २०१४ मा “आपसी सहयोग, सद्भाव र सदाचार‌सिन्धुपाल्चोक बासीको मिलनको आधार” भन्ने मूल नारासहित स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही २०२५ सेप्टेम्बर २१‌तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा ‘प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५’ खेलाइदै ...
इन्छनमा रहस्यमयी घटना : मृतकको शरीरमै हरायो २० तोला सुन, ५ जना प्रहरीको अनुसन्धानमा

इन्छनमा रहस्यमयी घटना : मृतकको शरीरमै हरायो २० तोला सुन, ५ जना प्रहरीको अनुसन्धानमा

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको इन्छनमा घटेको एक रहस्यमयी घटनाले प्रहरीसमेत शंकाको घेरामा पारेको छ। अगस्ट २० तारिख दिउँसो करिब २ बजे इन्चोन शहरको नामदोंगुस्थित एक भिलामा ५० वर्षीय पुरुष ए씨 मृत अवस्थामा भेटिएका थिए। प्रारम्भिक खबर अनुसार उनलाई श्वास नचल्ने अवस्थामा फेला पारिएपछि दमकल टोली घटनास्थल पुगेको थियो। तर घटनास्थलमै उनको मृत्यु भइसकेको पुष्टि भएपछि प्रहरीले लिएको थियो। तर, घटनास्थलमा मृतकले लगाएको २० तोला बराबरको सुनको हार (बजार मूल्य झन्डै १ करोड १० लाख वोन) गायब भएको तथ्य बाहिर आएपछि थप रहस्य गहिरिएको छ। नामदोंग प्रहरीको पहिलो प्रतिवेदन अनुसार, घटनास्थलमा खिचिएको प्रारम्भिक फोटोमा मृतकको शरीरमा सो सुनको हार प्रष्टै देखिन्छ। तर केही बेरपछि इन्चोन प्रहरीको अनुसन्धान टोलीले खिचेका तस्बिरमा भने हार देखिँदैन। यसपछि घटनास्थलमै रहेका प्रहरीहरूले आपसमा नै एक–अर्काको शारीरिक खानतलासीसमेत गरेका...
आत्महत्या गर्न वाध्य बनाइएका तुल्सि पुन मगरको मुद्दामा न्याय : बङ्गुर फर्म मालिक र टोली प्रमुख जेल सजाय

आत्महत्या गर्न वाध्य बनाइएका तुल्सि पुन मगरको मुद्दामा न्याय : बङ्गुर फर्म मालिक र टोली प्रमुख जेल सजाय

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको यङामस्थित बङ्गुर फर्ममा काम गर्दै आएका नेपाली श्रमिक तुल्सि पुन मगरलाई निरन्तर कुटपिट र अपमानका कारण गत फेब्रुअरी महिनामा आत्महत्या गर्न बनाइएको पीडादायी घटना अझै पनि प्रवासी समुदायको मनमा ताजा छ। यो घटनापछि श्रमिक अधिकारका लागि लामो समयदेखि संघर्षरत migrant Workers’ Union (एमटियु)ले पीडितका पक्षमा मुद्दा दायर गरेको थियो, जसको परिणाम स्वरूप अन्ततः न्यायालयले दोषीहरूलाई सजाय सुनाएको छ। अगस्ट २० मा मोक्पो अदालतले निर्णय गर्दै बङ्गुर फर्म मालिकलाई दुई वर्षको जेल सजाय र दश लाख वोन जरिवाना तोकेको छ भने, तुल्सिलाई प्रत्यक्ष सताउने टोली प्रमुखलाई आठ महिनाको कैद सजाय सुनाएको छ। यो फैसला सहजै आएको होइन, लामो समयसम्म प्रवासी श्रमिक र अधिकारकर्मीहरूले देखाएको दबाब र निरन्तर आन्दोलनकै कारण आज कानुनले आवाजविहीन श्रमिकको पक्षमा निर्णय लिएको हो।  तर प्रवासी श्रमिकको वास्तविकता अझै प...
दक्षिण कोरियामा बाढी–पहिरोको प्रकोप, ३ जनाको मृत्यु

दक्षिण कोरियामा बाढी–पहिरोको प्रकोप, ३ जनाको मृत्यु

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा हिजो परेको भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३ जनाको ज्यान गएको छ। राजधानी क्षेत्रमा केन्द्रित वर्षाले ठुलो जनधनको क्षति गरेको कोरियाली अधिकारीहरूले जनाएका छन्। यसअघि गत जुलाईमा आएको बाढी र पहिरोले १९ जनाको ज्यान लिएको थियो भने ९ जना अझै वेपत्ता रहेका छन्। यस वर्ष मात्र बाढी र पहिरोका कारण कुल २२ जनाको मृत्यु भइसकेको छ र ९ जना अझै हराइरहेका छन्। हालको वर्षा–जन्य विपत्तिबाट कोरियामा रहेका नेपाली समुदाय भने सुरक्षित रहेको जनाइएको छ। कोरियाली मौसम विभागले अझै केही दिन भारी वर्षा जारी रहने सम्भावना बताउँदै संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।...
१५ अगस्ट शुक्रबार नेपाली दूतावास सौल बन्द रहने ,बिहीबार नै e-पासपोर्ट फारम खुल्ने

१५ अगस्ट शुक्रबार नेपाली दूतावास सौल बन्द रहने ,बिहीबार नै e-पासपोर्ट फारम खुल्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सौलस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै आगामी १५ अगस्ट २०२५ (शुक्रबार) का दिन दूतावास बन्द रहने जनाएको छ। सो दिन कोरियामा “National Liberation Day of Republic of Korea” सार्वजनिक बिदा पर्ने भएकाले दूतावासका सबै सेवा स्थगित हुने सुचनामा जनाइएको छ ।   सूचना अनुसार, सामान्यतया हरेक शुक्रबार दिउँसो ३ बजे खुल्ने e-Passport Online Pre-enrollment Form सेवा यसपटक एक दिन अघि १४ अगस्ट बिहीबार दिउँसो ३ बजे नै सञ्चालन गरिनेछ ।   यस्तै, सेवाग्राहीहरूको गुनासो लाई मध्यनजर गर्दै शुक्रबार ३ बजे खोलिने फर्म अब देखी e-Passport Online Pre-enrollment Form शुक्रबार दिनको ५ बजे मात्र खोलिने दूतावासले जनाएको छ।...