Advertisement
Advertisement

विदेशमा बदनाम बनाउने नेपालीको हर्कत, नेपाली कामदारले अण्डा फ्याक्ट्रीमै अण्डाको खोलमा लेखेको अश्लिल शब्द कोरियन रेस्टुरेन्टसम्म पुगेपछि हंगामा

Advertisement
Advertisement

दक्षिण कोरियाको छङ्जुस्थित एक कोरियन रेस्टुरेन्टमा नेपाली भाषामा आपत्तिजनक शब्द लेखिएको अण्डा फेला परेपछि गम्भीर विवाद सिर्जना भएको छ। उक्त अण्डा रेस्टुरेन्टमा कार्यरत एक नेपाली महिला कामदारले प्रयोगको क्रममा देखेपछि रेस्टुरेन्ट सञ्चालकलाई जानकारी गराएकी थिइन्।

प्रारम्भिक अनुसन्धान तथा परिस्थितिजन्य प्रमाणका आधारमा उक्त अण्डा नेपाली कामदार कार्यरत अण्डा उत्पादन वा प्याकिङ फ्याक्ट्रीमै आपत्तिजनक शब्द लेखेर पठाइएको आशंका गरिएको छ। अण्डाको बाहिरी खोलमा स्पष्ट रूपमा नेपाली भाषामै शब्द लेखिएको देखिएकाले यो कार्य उत्पादन वा प्याकिङ प्रक्रियाकै क्रममा भएको हुन सक्ने देखिन्छ। त्यही अण्डा सप्लाई हुँदै कोरियन रेस्टुरेन्टसम्म पुगेको बताइएको छ।

घटनापछि ती नेपाली महिला कामदारले यसलाई सामान्य मजाकका रूपमा लिन नमिल्ने भन्दै रेस्टुरेन्ट मालिकलाई प्रहरीमा उजुरी दिन आग्रह गरेको बताएकी छन्। उनका अनुसार दैनिक उपभोग्य खाद्य सामग्रीमा यसरी अश्लिल शब्द लेखिनु स्वास्थ्य, सामाजिक मर्यादा र कानुनी दृष्टिले अत्यन्त संवेदनशील विषय हो।

रेस्टुरेन्ट पक्षले पनि घटनालाई गम्भीर रूपमा लिँदै प्रहरीमार्फत सत्यतथ्य पत्ता लगाउन पूर्ण सहयोग गर्ने जनाएको छ। यदि अण्डा फ्याक्ट्रीमा कार्यरत कुनै नेपाली कामदारले जानाजानी यस्तो कार्य गरेको पुष्टि भएमा सम्बन्धित व्यक्तिमाथि कडा कानुनी कारबाही हुन सक्ने बताइएको छ।

यस घटनाले दक्षिण कोरियामा कार्यरत नेपाली कामदार समुदायभित्र चिन्ता र आक्रोश बढाएको छ। समुदायका अगुवाहरूले यस्ता गैरजिम्मेवार र लापरवाहीपूर्ण कार्यले सम्पूर्ण नेपाली कामदारको छवि धूमिल हुने भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। साथै, विदेशमा बसेर काम गर्दा अनुशासन, जिम्मेवारी र सामाजिक मर्यादाको ख्याल गर्न सबै नेपाली कामदारलाई सचेत रहन आग्रह गरिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×