Advertisement
Advertisement

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

Advertisement
Advertisement

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढिलो गरी भएको यो अधिवेशनको रौनक र गर्मागर्मी कुनै केन्द्रीय महाधिवेशनभन्दा कम थिएन। संस्थापन पक्षबाट वर्तमान सभापति भजिन्द्र क्षेत्री र परिवर्तनको नारासहित उपसभापति लक्ष्मण दाहाल गरी दुई स्पष्ट प्यानल चुनावी मैदानमा उत्रिए। यो प्रतिस्पर्धा केवल दुई व्यक्तिबीचको मात्र थिएन; यो एकातिर दक्षिण कोरियाका व्यवसायीक घरानाका नेताहरूको सिन्डिकेट र अर्कोतिर पसिना बगाउने श्रमजीवी मजदुरहरू बिचको लडाइँ जस्तो थियो। संगठनलाई सीमित व्यक्तिको कब्जाबाट मुक्त गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएको नयाँ पक्षले कडा टक्कर दिए पनि, अन्ततः थोरै मतान्तरले पुरानै नेतृत्वको विजय भयो। परिणामलाई सहर्ष स्वीकार गर्ने काँग्रेसको लोकतान्त्रिक संस्कार हो। जुन यो अधिबेशनले स्थापित गर्यो।तर पनि यस चुनावले भित्रभित्रै धेरै प्रकृयामा लोकतन्त्रको चिरहरण गरेको तीतो यथार्थलाई भने ढाकछोप गर्न सकिँदैन।

एउटा जिम्मेवार प्रतिनिधि र केन्द्रीय सदस्यको उम्मेदवार हुनुको नाताले म यस अधिवेशनमा देखिएका हेर्दा सामान्य तर भयानक र केहि नियोजित खालका त्रुटिहरूमाथि मौन बस्न सक्दिनँ। बहुमत प्रतिनिधिको हस्ताक्षरले निर्माण गरेको विशेष महाधिवेशनको जगमा उभिएको नेतृत्वले थेगु क्षेत्रको आन्तरिक विवाद सच्याउन २/३ कार्यसमितिले गरेको हस्ताक्षरयुक्त आग्रहलाई बदनियतपूर्वक बेवास्ता गर्‍यो। विडम्बना त के भने, प्रमुख अतिथि आफैं कानुनका ज्ञाता हुँदाहुँदै पनि यो बलमिच्याइँको अगाडि लाचार र नतमस्तक देखिनु आँफैमा गम्भीर प्रश्न हो। अर्को कुरा विधानमा सभापतिले आफूखुसी १२ जना प्रतिनिधि मनोनित गर्न पाउने अनौठो व्यवस्थाले नाममा मात्र सिमित काँग्रेसहरू पनि प्रतिनिधिको रूपमा अधिवेशनमा आएको प्रस्ट थियो। अझ संसारको कुनै पनि प्रजातान्त्रिक विधानमा नभएको, उपसभापति जस्तो कार्यकारी पदलाई सभापतिले सोझै मनोनित गर्ने व्यवस्था कायम राखिनु संगठनको आत्मामाथि घोर प्रहार थियो। यो ब्यवस्थाको पनि भरपुर फाईदा लिएको देखियो।

निर्वाचन प्रक्रिया त झनै बिचित्रको षडयन्त्रपुर्ण बन्यो।मतपत्रमा सिरियल नम्बर राखेर कुन मतदाताले कसलाई भोट हाल्छ भनी ट्रयाकिङ गर्ने निर्वाचन आयोगको बदनियतपूर्ण खेल पर्दाफास भयो। मतदाताको कडा प्रतिवादपछि गल्ती सच्याउने नाटक गरिए पनि कसैको डर पैदा गर्ने उद्देश्य पूरा भइसकेको थियो।

यता नेपाल जाने महाधिवेशन प्रतिनिधिहरूको रूपमा प्यानल नै बनाएर उम्मेदवारी घोषणा गर्नेहरूको दोहोरो चरित्र झनै अनौठो देखियो। उनीहरू आफूलाई नयाँ नेतृत्वको पक्षधर दाबी गर्थे, तर त्यो दाबि २ घन्टा पनि कायम नराखि कता गएर बिसाए उनैले जानुन।आफु खडा भएको प्यानलमा उभिएर १ भोट माग्ने आँट कसैमा थिएन। यस्ता द्वैध चरित्रका प्रतिनिधिहरूले भोलि नेपाल पुगेर कुन नैतिकताको वकालत गर्लान, यो पनि गम्भीर प्रश्न हो।

अधिवेशनभर सउलका व्यवसायीहरूको एउटा तप्का कम्पनीमा पसिना बगाउने मजदुरले संगठन हाँक्न सक्दैन भन्ने हेपाहा र भ्रमपूर्ण भाष्य स्थापित गर्न अहोरात्र खटियो। जित हासिल गर्न अनेकौं तिकडमहरू अपनाउनुपर्‍यो। यो जित प्राविधिक रूपमा जसको भए पनि कांग्रेस र लोकतन्त्रकै जित मान्नुपर्छ र यसलाई हामी सबैले स्विकार गरेर अगाडि बढ्नै पर्छ।तर, विधि र पद्धतिको दुहाई दिने पार्टीमा इमानदार कार्यकर्ताको आस्थामाथि खेलबाड गर्ने यस्ता हर्कतहरूलाई समयले कहिल्यै माफी दिने छैन। प्राविधिक जित हासिल गर्नेहरूले जितको आत्मसमीक्षा गर्न जरूरी छ।पराजित हुनेहरूले आफ्ना कमजोरीका पाटाहरू मुल्याङकन गर्न जरूरी छ।
आगामि दिनहरूमा बिधानमा देखिएका यस्ता त्रुटिहरूलाई सच्च्याउदै आम कार्यकर्ताको भावनालाई बुझ्दै अगाडि बढ्नुहुनेछ भन्ने बिश्वास सहित निर्वाचित टिमलाई शुभकामना ब्यक्त्त गर्दछु।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Популярные казахстанские тематические слоты и их влияние на игроков: Обзор онлайн-казино JoyCasino

Популярные казахстанские тематические слоты и их влияние на игроков: Обзор онлайн-казино JoyCasinoМеня зовут Алексей Кузнецов, и я...

Yep Casino Instant Games: Warum schnelle Crash-Games im deutschen Raum begeistern

Yep Casino Instant Games: Warum schnelle Crash-Games im deutschen Raum begeisternMein Name ist Max Müller, und ich möchte Ihnen he...

Top Real Money Online Casino Canada Featuring Best Slots with High RTP

Top Real Money Online Casino Canada Featuring Best Slots with High RTPMy name is Adam Thompson, and as an expert in online casinos...

Stake Valeur à Long Terme du Programme VIP

SommaireComprendre les Fondements du Programme VIP de StakeLes Étapes Concrètes pour Progresser dans les Niveaux VIPAvantages VIP ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×