लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढिलो गरी भएको यो अधिवेशनको रौनक र गर्मागर्मी कुनै केन्द्रीय महाधिवेशनभन्दा कम थिएन। संस्थापन पक्षबाट वर्तमान सभापति भजिन्द्र क्षेत्री र परिवर्तनको नारासहित उपसभापति लक्ष्मण दाहाल गरी दुई स्पष्ट प्यानल चुनावी मैदानमा उत्रिए। यो प्रतिस्पर्धा केवल दुई व्यक्तिबीचको मात्र थिएन; यो एकातिर दक्षिण कोरियाका व्यवसायीक घरानाका नेताहरूको सिन्डिकेट र अर्कोतिर पसिना बगाउने श्रमजीवी मजदुरहरू बिचको लडाइँ जस्तो थियो। संगठनलाई सीमित व्यक्तिको कब्जाबाट मुक्त गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएको नयाँ पक्षले कडा टक्कर दिए पनि, अन्ततः थोरै मतान्तरले पुरानै नेतृत्वको विजय भयो। परिणामलाई सहर्ष स्वीकार गर्ने काँग्रेसको लोकतान्त्रिक संस्कार हो। जुन यो अधिबेशनले स्थापित गर्यो।तर पनि यस ...