प्रवासमा रहेका नेपालीहरु मध्य पहिलो पटक दक्षिण कोरियावाट नेपाली सिरियल “मायाँको संसार” सार्वजनिक भएको छ ।
जनवरी १८ तारिक २०२५ का दिन कोरियन स्थानिय समय समय ९ बजेर १५ मिनेटमा के छ कोरिया युट्युबमार्फत उक्त सिरियल सार्वजनिक भएको हो । तिलक छन्त्यालको लेखन निर्देशनमा तयार भएको सिरियलमा अध्ययन तथा रोजगारीको शीलशिलामा कोरियामा रहेका नेपालीहरुको अभिनय रहेको छ । प्रेम सर्वुजको प्रोडक्सन मेनेजर तथा विकास नेपाली एक्टिंग डिरिेक्सन गरेको सिरियललाई के छ कोरिया प्रोडक्सन युनिटले तयार गरेको हो । सिरियल हरेक महिनाको पहिलो र तेस्रो शनिवार सोहि समयमा प्रशारण हुनेछ ।

सिरियलमा सरस्वती तामांग, धनु तामांग, विकास नेपाली, कुमार गढाईली, शोभा थापा, लगायत कलकारहरुको अभिनय रहेको छ। सिरियलको शीर्षगीतलाई कम्पोज, एरेन्ज तथा भोकल योगेश काजीले दिएका छन् ।

भिडियो हेर्नुहोस् :










