Advertisement
Advertisement

भर्खरै

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

जानकारी, भर्खरै, मनोरञ्जन, रचना, राजनीति, लेख, समाचार, साहित्य
बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्रान्तिले के जित्यो, र जनताले के पाए? म यही प्रश्नसँग संवाद गरिरहेको छु। नवक्रान्तिको फिलिङ्गो निभिसकेको हो कि, वा खरानीमुनि अझै सल्किरहेको छ— भेउ पाएँ भने अवश्य सुनाउनेछु। अहिलेलाई भने म समयको क्षितिजभरि दूर-दूरसम्म नियालिरहेछु। सबैलाई अधिकार चाहिएको छ, तर कर्तव्य बोक्ने काँध कम छन्। सबैलाई छुट मन परेको छ, तर कर तिर्ने हात थोरै छन्। विकास चाहिन्छ, तर कर तिर्न मन छैन। सेवा चाहिन्छ, तर जिम्मेवारी स्वीकार्न मन छैन। संविधानका पानामा अधिकारका अक्षर खोजिरहन्छौं, तर कर्तव्यका हरफहरू आँखाले देखे पनि मनले पढ्दैनौं। कर तिर्नुपर्दा सरकार चोर देखिन्छ, छुट बाँडिँदा त्यही सरकार भगवान्। भाषणमा देश उडिरहेको छ, आश्वासनमा दौडिरहेको छ। सामाजि...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढिलो गरी भएको यो अधिवेशनको रौनक र गर्मागर्मी कुनै केन्द्रीय महाधिवेशनभन्दा कम थिएन। संस्थापन पक्षबाट वर्तमान सभापति भजिन्द्र क्षेत्री र परिवर्तनको नारासहित उपसभापति लक्ष्मण दाहाल गरी दुई स्पष्ट प्यानल चुनावी मैदानमा उत्रिए। यो प्रतिस्पर्धा केवल दुई व्यक्तिबीचको मात्र थिएन; यो एकातिर दक्षिण कोरियाका व्यवसायीक घरानाका नेताहरूको सिन्डिकेट र अर्कोतिर पसिना बगाउने श्रमजीवी मजदुरहरू बिचको लडाइँ जस्तो थियो। संगठनलाई सीमित व्यक्तिको कब्जाबाट मुक्त गर्ने अठोटका साथ चुनावी मैदानमा उत्रिएको नयाँ पक्षले कडा टक्कर दिए पनि, अन्ततः थोरै मतान्तरले पुरानै नेतृत्वको विजय भयो। परिणामलाई सहर्ष स्वीकार गर्ने काँग्रेसको लोकतान्त्रिक संस्कार हो। जुन यो अधिबेशनले स्थापित गर्यो।तर पनि यस ...
नेपाली जनसम्पर्क समिति द. कोरियाको उपसभापतिमा सागर माङमुको उम्मेदवारी घोषणा, “समर्पण, सेवा र परिवर्तन”लाई मुख्य एजेन्डा

नेपाली जनसम्पर्क समिति द. कोरियाको उपसभापतिमा सागर माङमुको उम्मेदवारी घोषणा, “समर्पण, सेवा र परिवर्तन”लाई मुख्य एजेन्डा

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सातौँ केन्द्रीय अधिवेशन आगामी जुलाई १२, २०२६ मा राजधानी सोलमा हुँदैछ। अधिवेशनअन्तर्गत उपसभापति पदका लागि सागर माङ्मु (विशाल) ले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्दै माङ्मुले “समर्पण, सेवा र परिवर्तन” लाई आफ्नो मूल चुनावी प्रतिबद्धताका रूपमा अघि सारेका छन्। संगठनलाई अझ सशक्त, पारदर्शी, उत्तरदायी र सबै सदस्यको साझा संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित आफू उपसभापति पदमा उम्मेदवार बनेको उनले बताएका छन्। उनले संगठनलाई विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सञ्चालन गर्दै सदस्यहरूको विश्वास जित्ने, जनमुखी कार्यशैली अपनाउने, वार्षिक कार्ययोजना निर्माण गर्ने तथा प्रवासी श्रमिक, व्यवसायी र विद्यार्थीका साझा समस्या तथा सरोकारलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स...
अगस्ट १५ र १६ मा दक्षिण कोरियामा सुदूरपश्चिमेलीहरूको बृहत् भेटघाट, देउडा सांस्कृतिक तथा बनभोज कार्यक्रम हुँदै

अगस्ट १५ र १६ मा दक्षिण कोरियामा सुदूरपश्चिमेलीहरूको बृहत् भेटघाट, देउडा सांस्कृतिक तथा बनभोज कार्यक्रम हुँदै

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली नेपालीहरूबीच आपसी एकता, सद्भाव र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले सुदूरपश्चिम समाज दक्षिण कोरियाको समन्वय तथा सुदूरपश्चिम समाज बुसानको आयोजनामा बृहत् भेटघाट, देउडा सांस्कृतिक तथा बनभोज कार्यक्रम–२०२६ आयोजना हुने भएको छ। कार्यक्रम आगामी अगस्ट १५ र १६ गते आयोजना गरिने आयोजकले जनाएको छ। सुदूरपश्चिम समाज बुसानका अध्यक्ष केशव जोशीका अनुसार कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न देवराज बडुलाई कार्यक्रम संयोजक तथा डा. पनेरुलाई उपसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ। कार्यक्रममा सुदूरपश्चिमका मौलिक परिकारको स्वादसँगै देउडा सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहनेछ। साथै, दक्षिण कोरियाभर रहेका सुदूरपश्चिमेली नेपालीहरूबीच आपसी चिनजान, अनुभव आदानप्रदान र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ। का...
दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चिम समाज दक्षिण कोरिया ले आगामी अगस्ट १५, २०२६ (शनिबार) पिकनिक कार्यक्रम आयोजना गर्ने भएको छ। समाजका अध्यक्ष दिपेन्द्र रोकायाको अध्यक्षतामा सम्पन्न बैठकले उक्त पिकनिक कार्यक्रम आयोजना गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो। समाजका अनुसार कार्यक्रम साँझ ६ बजेदेखि सञ्चालन हुनेछ। पिकनिक कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सफल बनाउन विभिन्न जिम्मेवारीसहितको कार्यसमिति समेत गठन गरिएको छ। गठन गरिएको समितिअन्तर्गत महेश बजगाईंलाई कार्यक्रम संयोजक, नवराज तिमिल्सेनालाई आर्थिक संयोजक, नरेश रावललाई सांस्कृतिक संयोजक, कृष्ण भण्डारीलाई कार्यक्रम व्यवस्थापन संयोजक, रुक्मा बमलाई स्वागत तथा सत्कार संयोजक, डम्बर न्यौपानेलाई भान्सा व्यवस्थापन संयोजक तथा अशोक बोहरालाई स्वयं...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ। आगामी अगस्ट १६ तारिख मा फेन्थेकस्थित निरामाया दोहोरी साँझको हलमा हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले ८ लाख कोरियन वन, द्वितीय हुने टोलीले ४ लाख वन तथा तृतीय हुने टोलीले ३ लाख वन नगद पुरस्कार प्राप्त गर्नेछन्। कार्यक्रममा चर्चित लोकगायक दिनेश थापा प्रस्तोताका रूपमा तथा लोकप्रिय गायक सूर्य खड्का निर्णायकका रूपमा सहभागी रहनेछन्। कार्यक्रमको प्रवेश शुल्क ३५ हजार वन (खानासहित) तथा दोहोरी टिम दर्ता शुल्क ५० हजार वन तोकिएको छ। महिला वा पुरुष जोसुकैले पनि एकल रूपमा सहभागिता जनाउन सक्नेछन्। भाका मिलाउने साथी नभए आयोजकले आवश्यक व्यवस्थापन गर्ने जनाएको छ। ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले “अम्बर गुरुङ स्मृति फुटसल कप २०२६” आयोजना गर्ने भएको छ। नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा सञ्चालन हुने प्रतियोगिता जुलाई ५, २०२६ (आइतबार) मा छनानस्थित म्याचअप फुटसल फिल्ड मा हुनेछ। महिला तथा पुरुष दुवै विधामा सञ्चालन हुने प्रतियोगिताको टिम दर्ता शुल्क ३ लाख ५० हजार कोरियन वोन तोकिएको छ। सहभागी टोलीहरूले जुन २७ साँझ ५ बजेसम्म उरी बैंकको खाता नम्बर 1005-004-816418 मा शुल्क जम्मा गरी दर्ता गर्न सक्नेछन्। प्रतियोगिताको विजेताले ४० लाख वोन, उपविजेताले २० लाख वोन तथा सेमिफाइनल पुग्ने दुई टोलीले जनही ४ लाख वोन प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १ लाख वोन पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। आयोजक...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन्न “प्रथम पोखरा फुटसल कप २०२६” को उपाधि कास्की एफसी कोरियाले जितेको छ। “एकता हाम्रो पहिचान, स्वास्थ्य हाम्रो अभियान” भन्ने मूल नारासहित जुन १४ तारिख आइतबार कोरियाको छनान् स्थित मेचीअप फुटसल फिल्डमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा कास्की एफसीले लालीगुराँस एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै नगद ३५ लाख कोरियन वोनसहित च्याम्पियन बन्न सफल भएको हो। उपविजेता बनेको लालीगुराँस एफसीले नगद २० लाख कोरियन वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगितामा दक्षिण कोरियाभरिका ३८  नेपाली फुटबल टोलीहरूको सहभागिता रहेको थियो। सेमिफाइनलसम्म पुग्न सफल ब्लु लायन एफसी “A” र इन्छन एफसीले जनही ४ लाख कोरियन वोन पुरस्कार प्राप्त गरेका छन्। व्यक्तिगत विधातर्फ लालीगु...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजित रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्य तथा ऐतिहासिक रूपमा सम्पन्न भएको छ। “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ स्थापना भएको संस्थाले आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रालाई विशेष समारोहका साथ मनाएको हो। कार्यक्रममा दक्षिण कोरियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, व्यवसायी तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क बिष्ट रहनुभएको थियो भने सभापतित्व बाग्लुङ समाज दक्षिण कोरियाका अध्...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेतृत्व चयनको प्रक्रिया टुंगो लाग्न नसकेको अवस्थामा २०२६ जुन ७ तारिख आइतबार आन्सानस्थित याक रेष्टुरेन्टको सभाहलमा सम्पन्न कार्यक्रममार्फत नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। संघको छैटौँ महाधिवेशन २०२५ अक्टोबर ५ तारिखमै सम्पन्न भएको थियो। तर विभिन्न कारणवश नयाँ कार्यसमिति चयन हुन नसक्दा नेतृत्व हस्तान्तरण प्रक्रिया लामो समयसम्म रोकिएको थियो। करिब आठ महिनापछि जुन ७ मा आयोजित कार्यक्रममार्फत सातौँ कार्यसमिति गठन गर्न सफल भएको संघले जनाएको छ। निर्वाचन मण्डलका संयोजक युगेल तेन्डुप शेर्पा को नेतृत्वमा सम्पन्न चयन प्रक्रियाबाट भोजपुर निवासी दोर्ची शेर्पा पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दोर्जी शेर्पा तथा उपाध्...