किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको चौधौँ महाधिवेशनबाट बिरेन तुम्खेवा अध्यक्षमा निर्वाचित भएका छन्।
नोभेम्बर १५ तारिख आइतबार पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा सम्पन्न महाधिवेशनले तुम्खेवाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अमित नेम्वाङ चयन भएका छन् भने उपाध्यक्षहरूमा डि.बी. योङहाङ, राजन सौदेन, घनेन्द्र केरुङ, ऋतु सङ्मी, रुबिना आङ्बो, मिलन फुदुङ र प्रमेश मादेन रहेका छन्।
त्यसैगरी महासचिवमा महेन्द्र हाङसरुम्बा, सचिवमा इन्द्र केरुङ, सहसचिवमा सर्वण कुमार तुम्बापो, कोषाध्यक्षमा बुद्धिबल थोक्लेन र सहकोषाध्यक्षमा समीर योङहाङ चयन भएका छन्।
त्यस्तै कार्यसमिति सदस्यहरूमा सागर खजुम, यमुना इजम, सम्झना माङ्मु, निर्मल नेम्वाङ, मक्खु योङहाङ, विप्लव तुम्बापो, मिथुन तुम्बापो, युवराज लिम्बू, राजन सम्बाहाम्फे, प्रभात साँवा लिम्बू, नुगेन आङदेम्बे, दिकेन्द्र लिम्बू, निश्चल तुम्खेवा, बिर्खमणि नाल्बो, कृत्तराज तुम्वाहाङ्फे, ओमी सुयन लाबुङ, जेम्स तुम्खेवा, बलिहाङ फियाक, सलोन लिम्बू, सुजाता केदेम, जानु मादेन लिम्बू, बबिता सङ्मी र मिस्टेक अञ्जान लिम्बू रहेका छन्।
नवनिर्वाचित कार्यसमितिले याक्थुङ समुदायको भाषा, लिपि, धर्म, संस्कार, संस्कृति तथा मौलिक पहिचान र अस्तित्वको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनका साथै संस्थाको उद्देश्य प्राप्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।










