दक्षिण कोरियाको जिन्छनमा आगामी नोभेम्बर २८ तारिख शनिबार नेपाली चलचित्र ‘कबड्डी ५’ को विशेष प्रदर्शन हुने भएको छ। बासुरी फिल्म्स प्रोडक्सनको प्रस्तुति रहेको उक्त चलचित्रको प्रदर्शन जिन्छन बस टर्मिनलस्थित मेगाबक्स (MEGABOX) मा हुन लागेको हो।
चलचित्रको प्रदर्शन साँझ ७ बजे (इभिनिङ शो) सुरु हुनेछ। दक्षिण कोरियाको जिन्छन तथा आसपासका क्षेत्रमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाली चलचित्र हेर्न उपस्थितिका लागि अनुरोध गरिएको छ।
रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रमा नेपाली कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको पोस्टरमा ‘After the Final Match’ उपशीर्षकसमेत राखिएको छ।
कार्यक्रममा पोखरा रेस्टुरेन्ट तथा लालिगुराँस फेमिली रेस्टुरेन्टको रेस्टुरेन्ट पार्टनरका रूपमा सहयोग रहनेछ भने जेन हिमालय ट्राभल एन्ड टुर्स ट्राभल पार्टनर, सामसुङ लाइफ इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर र हानपास रेमिट पार्टनरका रूपमा जोडिएका छन्। त्यस्तै, तमुधिन दक्षिण कोरियाको पनि सहकार्य रहेको पोस्टरमा उल्लेख छ।
चलचित्र प्रदर्शनसम्बन्धी थप जानकारी तथा टिकटका लागि तेज (010-9665-8945), संगम (010-5957-1497), जाभी (010-4197-9501), लालिगुराँस (010-5560-4495) र राजन (010-2156-6033) लाई सम्पर्क गर्न सकिनेछ।
दक्षिण कोरियामा नेपाली चलचित्रको प्रदर्शनमार्फत नेपाली कला, संस्कृति र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष शोमा सहभागी भई कार्यक्रम सफल बनाउन कोरियावासी नेपाली समुदायलाई अनुरोध गरिएको छ।










