Advertisement
Advertisement

श्रीमतीलाई नेपाल पठाएको दुई दिनमै कोरियामा सुतेकै अवस्थामा अस्ताए सात जना दिदीहरुको एक्लो भाइ पृतम तामाङ

Advertisement
Advertisement

दक्षिण कोरियामा रोजगारीका लागि आएका काभ्रेपलाञ्चोकका पृतम तामाङको सुतेकै अवस्थामा आकस्मिक निधन भएको छ। ख्याङसाङनाम्दो क्षेत्रमा कार्यरत धुलिखेल नगरपालिका–१, देविटार निवासी तामाङको नोभेम्बर १४ तारिख राति दक्षिण कोरियामा निधन भएको हो।
प्राप्त जानकारीअनुसार श्रीमतीलाई नेपाल पठाउन विमानस्थलसम्म पुर्‍याएर फर्किएका उनी आनसानस्थित एक साथीको कोठामा बसेका थिए। सोही क्रममा सुतेकै अवस्थामा उनको निधन भएको बताइएको छ।
बिहान अबेरसम्म नउठेपछि साथीहरूले हेर्न जाँदा उनी अचेत अवस्थामा भेटिएका थिए। त्यसपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। अस्पतालले परीक्षणका क्रममा करिब ६ घण्टाअघि नै उनको मृत्यु भइसकेको जानकारी दिएको बताइएको छ।
करिब ८–९ वर्षअघि रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका तामाङ E-7 भिसामा कार्यरत थिए। विदेशमा परिवारको सुखद भविष्य निर्माण गर्ने सपना बोकेर लामो समयदेखि संघर्ष गरिरहेका उनले श्रीमतीलाई शुक्रबार मात्रै नेपाल पठाएका थिए। श्रीमती नेपाल पुगेको दुई दिनमै उनको निधनको खबर आएको हो।
सात जना दिदीका एक्ला भाइ रहेका पृतमको असामयिक निधनले परिवारमा ठूलो बज्रपात परेको छ। श्रीमतीलाई नेपाल पठाएर आफू पुनः कोरियाको कर्मभूमिमा फर्किएका उनको यस्तो अप्रत्याशित निधनले आफन्त, परिवार तथा दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×