नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको छैटौँ अधिवेशनबाट अमर दर्लामी मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दुर्गा थापा मगर, उपाध्यक्षमा भुवन राना मगर र सीता रोका मगर चयन भएका छन्। त्यसैगरी महासचिवमा रमेश रेश्मी मगर, सचिवमा मुना थापा मगर, कोषाध्यक्षमा हेमन्त थापा मगर र सहकोषाध्यक्षमा कृष्ण पुन मगर चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा मोहन मास्की मगर, देव थापा मगर, बलप्रसाद पुन मगर, हरि थापा मगर, नेम पुन मगर, प्रकाश आले मगर, प्रतिमान थापा मगर, सबिना सोमे मगर र धन रोका मगर रहेका छन्। त्यस्तै, कुशल राना मगर मनोनीत सदस्यका रूपमा चयन भएका छन्।
नेपाल मगर संघ दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष अञ्जन थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा थेगु क्षेत्रमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
प्रवासमा रहेर पनि मगर समुदायको भाषा, धर्म, कला र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्नुका साथै आपसी सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउने प्रतिबद्धतासहित अधिवेशन सम्पन्न भएको हो।










