धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा सञ्चालन हुँदै आएको “Harka Sampang: A Revolution” अभियान अब विदेशमा समेत फैलिन थालेको छ। सोही अभियानअन्तर्गत दक्षिण कोरियाको राजधानी सिओलमा पहिलो संगठन निर्माण कार्यक्रम सम्पन्न भएको छ।
“चेतना र पसिना, औजार र विचारको क्रान्ति” भन्ने नाराका साथ अघि बढाइएको अभियानको कोरियास्थित संगठन गठन कार्यक्रम पूर्वी नेपाल समाजको सभाहल, दोङ्देमुन गेट नं. ३ मा आज (अक्टोबर ६) विशेष रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न क्षेत्र र सहरबाट श्रम, सेवा र राष्ट्रिय भावना बोकेर आएका नेपालीहरूले “हामी जुट्ने छौं, हामी उठ्ने छौं, श्रमको पसिना बगाउने छौं” भन्ने उत्साहका साथ सहभागिता जनाएका थिए।
कार्यक्रममार्फत चन्द्रहाङ राईको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमिति:
• अध्यक्ष: चन्द्रहाङ राई
• वरिष्...
२८ श्रावण २०८२, मंगलवार ०३:४५२८ श्रावण २०८२, मंगलवार ०३:४५२८ श्रावण २०८२, मंगलवार ०३:४५ by एलिनाNo Comments
सौलस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै आगामी १५ अगस्ट २०२५ (शुक्रबार) का दिन दूतावास बन्द रहने जनाएको छ। सो दिन कोरियामा “National Liberation Day of Republic of Korea” सार्वजनिक बिदा पर्ने भएकाले दूतावासका सबै सेवा स्थगित हुने सुचनामा जनाइएको छ ।
सूचना अनुसार, सामान्यतया हरेक शुक्रबार दिउँसो ३ बजे खुल्ने e-Passport Online Pre-enrollment Form सेवा यसपटक एक दिन अघि १४ अगस्ट बिहीबार दिउँसो ३ बजे नै सञ्चालन गरिनेछ ।
यस्तै, सेवाग्राहीहरूको गुनासो लाई मध्यनजर गर्दै शुक्रबार ३ बजे खोलिने फर्म अब देखी e-Passport Online Pre-enrollment Form शुक्रबार दिनको ५ बजे मात्र खोलिने दूतावासले जनाएको छ।...
१३ जेष्ठ २०८२, सोमबार ०४:०४१३ जेष्ठ २०८२, सोमबार ०४:०४१३ जेष्ठ २०८२, सोमबार ०४:०४ by एलिनाNo Comments
महोत्तरी, १२ जेठ –
मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो ।
बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल 'जेबी'ले ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ ।
पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ २५ जनाको टोलीले संस्कृतिको धुनमा स्वास्थ्य सन्देश गुञ्जायमान पारे ।
‘उल्टो’ तरिकाबाट ‘सीधा’ सन्देश दिन खोज्ने यो अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो ।
पछिल्लो समय गिनिज बुकमा नाम लेखाउने सपना बोकेर अघि बढिरहेका जेबीलाई सहरको भीडले होइन, गाउँको संस्कृति र जनताको माया तानिरहेछ ।
“हामी आफैंमा शक्ति छ, त्यो चिनाउन यो उल्टो यात्रा प्रतीक हो,” पोखरेलको नजरमा यो केवल यात्रा थिएन – अभियान थियो ।...
२ जेष्ठ २०८२, बिहीबार १०:४०२ जेष्ठ २०८२, बिहीबार १०:४०२ जेष्ठ २०८२, बिहीबार १०:४० by एलिनाNo Comments
कोरियाको समुन्द्र पारि एउटा सुन्दर टापू जेजुदो छ l झन्डै २ हजार नेपाली विभिन्न पेसामा कार्यरत छन l गत मे ११ तारिख नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना तथा एनआरएनए जेजु प्रान्त क्षेत्रीय कार्यासमितिको व्यवस्थापन अर्थात सह-आयोजनामा राहदानी घुम्ती सेवा तथा अन्तरक्रिया सम्पन्न भएको थियो l
उक्त घुम्ती सेवामा सहभागी हुन् दूतावास टिम सहित राजदूत डा. शिवमाया तुम्बाहाङफे अघिल्लो दिन सनिबार नै जेजुदो अवतरण गर्नु भएको थियो l
सनिबार दिनभर जेजुदो बासि नेपाली मुलका कोरियन नागरिक ,पर्यटन व्यवसायी, कृषि व्यवसायी, इपीएस बाट आएका विभिन्न कामदारहरु बिच अनौपचारिक भेट गर्नु भएको थियो l
राजदूतले व्यवसायीहरुलाइ नेपालमा समेत लगानी गर्न आग्रह गर्नु भएको थियो l साथै इपीएस कामदारहरुलाइ आफुले सिकेको सिप स्वदेशमा सदुपयोग गर्न सुझाब दिनु भएको थियो l
आइतबार बिहान ९ बजे बाट सुरु भएको घुम्ती सेवामा...
१६ माघ २०८१, बुधबार १३:३२१६ माघ २०८१, बुधबार १३:३२१६ माघ २०८१, बुधबार १३:३२ by एलिनाNo Comments
द. कोरिया सउल – नेपाल मुक्तक प्रतिष्ठानले कोरियामा बृहत साहित्य मेला सम्पन्न गरेको छ । शनिबार दोङ्देमुनमा कविता, गजल, मुक्तक र हाइकुलाई बिशेष वाचन सहित कार्यक्रम गरेको हो ।
बिशेष कविको रूपमा उपस्थित सिद्धान्त गौतम (कलमकार) ले आफ्ना ४ वटा कविता सुनाए । बिशेष गजलकारहरू राधेश आचार्य र सुधाकर दाहालले आ-आफ्ना आधा/आधा दर्जन गजलहरू प्रस्तुत गरे । मुक्तक लागि पनि कविता र गजलजस्तै ह्यारी बोण्ड र तिल्ता मगरले आफ्ना एक एक दर्जन मुक्तकहरू सुनाए । त्यस्तै कवि डिइबी सिकारुले पनि आफ्ना दर्जनभन्दा बढी हाइकुहरू सुनाए ।
कार्यक्रममा प्रचण्ड सापकोटा, दीपक स्पन्दन, रुसन सुवेदी, सञ्जय, जीवन भण्डारी, रुद्र कँडेल लगायतले पनि आआफ्ना कविता, गजल, मुक्तकहरू सुनाए ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष निर्दोष सभापति रहेको यस कार्यक्रममा नेपाली दुतावासका द्वितीय सचिव जेनिम अधिकारी प्रमुख अतिथिका रूपमा थिए ...
१३ माघ २०८१, आईतवार १३:२०१३ माघ २०८१, आईतवार १३:२०१३ माघ २०८१, आईतवार १३:२० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया, ख्याङसाङ बुसान साखाको आयोजनामा जनवरी २९ तारिखका दिन किम्हेमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”का लागि तिन कलाकार दक्षिण कोरियामा आइपुगेका छन्।
भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९ तारिख बुधबारका दिन किम्हे बुसान स्थित 김해시 활청로 294 (사단법인 운석 문화회) मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ का लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू विश्व दोङ,सुरेश लामा, आस्मान लोप्चन दक्षिण कोरिया आइपुगेका हुन्।
मञ्जुश्री संम्वत २८६१ “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” सफल पार्नको लागि इन्छन् विमानस्थलमा आइपुग...
९ माघ २०८१, बुधबार ०१:४८९ माघ २०८१, बुधबार ०१:४८९ माघ २०८१, बुधबार ०१:४८ by एलिनाNo Comments
दक्षिण कोरियाको राजधानी सउलस्थित दोंगदेमुनमा शेयर सम्बन्धि गोष्ठि सम्पन्न भएको छ Fonemoney रेमिटयान्स र Laxmi sunrise Bank अनि LS Capital को सहकार्यमा जनवरी १९ तारिख आईतबार सो शेयर सम्बन्धि जानकारीमुलक कार्यक्रम भएको हो ।
कार्यक्रममा लक्ष्मी सनराईज बैंकको प्रतिनिधिले बैंकिग प्रकृया र शेयर सम्बन्धी आधारभुत जानकारी प्रष्ट पार्नुभएको छ ।
सो अवसरमा विदेशमा बस्ने नेपालीका लागि आरक्षित तथा प्राथमिक शेयर ,SIP, Mutual Fund तथा Secondary Market लगायतको विषयमा जानकारी गराईएको हो ।कार्यलयमा प्रत्यक्ष तथा अनलाईन मार्फत सहभागिता रहेको सो कार्यक्रममा सहभागिहरुले आफूहरुले शेयर सम्बन्धि जानकारी पाएकोमा खुसी व्यक्त गरेका छन ।...
७ माघ २०८१, सोमबार ११:३५७ माघ २०८१, सोमबार ११:३५७ माघ २०८१, सोमबार ११:३५ by एलिनाNo Comments
विशाल आवाज: नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको किम्हे बुसानकोCGVमा पनि जनवरी २६ तारिख प्रदर्शन हुने भएको छ।
नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ उल्सान नेपाली समाजले आपतकालीन सहयोग कोष अभिवृद्धि गर्ने उदेश्यले किम्हे बुसान स्थित सुबिधा सम्पन्न CGV हलमा जनवरी २६ तारिख आइतबारका दिन दिउँसो १:३० बजे प्रदर्शन गर्ने भएको हो। यसअघि पनि धेरै कार्यक्रमहरु आयोजना गरि अनुभव बटुली सकेको यस उल्सान नेपाली समाजले पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको चलचित्र किम्हे बुसानमा प्रदर्शन गर्न लागेको हो। किम्हे बुसानको सुविधा सम्पन्न हल CGV मा प्रदर्शन हुने फिल्म हेर्न दर्शकले प्रवेश शुल्क २५००० कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ।
स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह...
७ माघ २०८१, सोमबार १०:४२७ माघ २०८१, सोमबार १०:४२७ माघ २०८१, सोमबार १०:४२ by एलिनाNo Comments
कोरियाको ख्यङ्गि दो प्रान्त अन्तर्गत ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिनमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले अंग्रेजी नयाँवर्षको अवसर पारेर गत आइतबार १९ जनवरी २०२५ मा कोरियाव्यापी खुला नेपाली कविता प्रतियोगिता सम्पन्न गरेको छ ।
परदेशी भूमिमा नेपाली भाषा तथा साहित्यको उत्थान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा कोरियामा रहनुहुने ३० नेपाली कविहरुले सहभागिता जनाउनु भएको थियो । कवि विजयता भण्डारीको कविता पर्खाईको समयले प्रथम स्थान हासिल गर्दा कवि सरोज भण्डारीको कविता माटो हुने हौँ सब द्वितीय भएको थियो भने कवि डिइबी सिकारुको खुलासा कविताले तृतीय स्थान हात पारेको उक्त प्रतियोगितामा कवि मुक्ति न्यौपानेको थकित योद्धा कविता र कवि राजेन्द्र संयोगीको खबरदार कविता सान्त्वना भएका थिए । विजेता कविहरुलाई क्रमश: ३ लाख वन, २ लाख व...
७ माघ २०८१, सोमबार ०५:५३७ माघ २०८१, सोमबार ०५:५३७ माघ २०८१, सोमबार ०५:५३ by एलिनाNo Comments
बोम्जन गुरुङ :कोरियामा स्थापित अन्याङ नेपाली समाज उल्सानले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर "विशेष पार्टी तथा बनभोज कार्यक्रम २०२५" आयोजना गर्ने भएको छ ।
समाजले 울산 울주군 상북면 배내로 1064-1 (배내골 에델바이스펜션) मा यही जनवरी २९ तारिक बेलुकी ६ बजेदेखि भोलिपल्ट दिनको १२ बजेसम्म सो कार्यक्रमको आयोजना गरिने समाजका अध्यक्ष भुवन राक्क्ष्यले बिशाल आवाजलाइ जानकारी दिएका छन ।
"प्रवासमा विविध समस्याहरु समाधानको निम्ति हाम्रो प्रतिबद्धता, आपसी मेलमिलाप, सद्भाव नेपालीहरुको एकता आजको आवश्यकता" भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सामजले दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेका नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको बताउँदै गत वर्षमा जस्तै यस वर्षमा पनि नियमित कार्यक्रमलाई निरन्तरता दिदै आएको सन्दर्भ उल्लेख गर्दै सो दिनमा सदस्यता वितरण समेत गरिने समाजका ...