विशाल आवाज: नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको मल्टिस्टारर फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियाको किम्हे बुसानकोCGVमा पनि जनवरी २६ तारिख प्रदर्शन हुने भएको छ।
नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ उल्सान नेपाली समाजले आपतकालीन सहयोग कोष अभिवृद्धि गर्ने उदेश्यले किम्हे बुसान स्थित सुबिधा सम्पन्न CGV हलमा जनवरी २६ तारिख आइतबारका दिन दिउँसो १:३० बजे प्रदर्शन गर्ने भएको हो। यसअघि पनि धेरै कार्यक्रमहरु आयोजना गरि अनुभव बटुली सकेको यस उल्सान नेपाली समाजले पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको चलचित्र किम्हे बुसानमा प्रदर्शन गर्न लागेको हो। किम्हे बुसानको सुविधा सम्पन्न हल CGV मा प्रदर्शन हुने फिल्म हेर्न दर्शकले प्रवेश शुल्क २५००० कोरियन वन तिर्नुपर्ने आयोजकले जनाएको छ।

स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह्रस्व दीर्घ’ ले नेपालमा एक हप्तामै ७ करोडमाथि कमाइसकेको छ।चन्द्र पन्त निर्देशित ‘ह्रस्व दीर्घ’ अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन्। फिल्ममा उनीहरूका साथमा प्रदीप रावत, ब्रह्मानन्दम, विपना थापा, सुनील वर्मा, कबीर दुहान, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ।

नीता फिल्म्सको ब्यानरमा बनेको फिल्मको कथा र पटकथा हरिहरको हो भने संवाद प्रतीक पौडेलले लेखेका हुन्। फिल्म भारतीय छायांकार कवीरलालले छायांकन गरेका हुन्।











