विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया, ख्याङसाङ बुसान साखाको आयोजनामा जनवरी २९ तारिखका दिन किम्हेमा हुने “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम”का लागि तिन कलाकार दक्षिण कोरियामा आइपुगेका छन्।
भाषा, कला,संस्कार र संस्कृति हाम्रो शान, विश्वभरिको तामाङ एकता हाम्रो अभियान भन्ने मूल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाको आयोजनामा जनवरी २९ तारिख बुधबारका दिन किम्हे बुसान स्थित 김해시 활청로 294 (사단법인 운석 문화회) मा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२५ का लागि नेपालबाट ख्याति प्राप्त राष्ट्रिय कलाकारहरू विश्व दोङ,सुरेश लामा, आस्मान लोप्चन दक्षिण कोरिया आइपुगेका हुन्।

मञ्जुश्री संम्वत २८६१ “सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम” सफल पार्नको लागि इन्छन् विमानस्थलमा आइपुगेका कलाकारहरूलाई तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रका अध्यक्ष राजकुमार स्याङताङ लगायत पदाधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए।
नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरूको साथमा हुने कार्यक्रम दिउँसो १२ बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रमको प्रवेश शुल्क ३० हजार वन तोकिएको कार्यक्रममा कलाकारहरूको बेजोड प्रस्तुतिसँगै खानाको पनि व्यवस्था गरिएको छ।

“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८६०डुक/ मु पुख्री ल्हो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६१ डुल/सा पुख्री ल्हो (सर्प)बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको नयाँ वर्षको विशेष अवसरमा आयोजित कार्यक्रममा तामाङ लगायत गैर तामाङ दक्षिण कोरिया बासि सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाइ उपस्थित भएर कार्यक्रम लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ।









