Advertisement
Advertisement

कोरियामा नेपाली राजदूतको सक्रियता बढदो 

Advertisement
Advertisement

कोरियाको समुन्द्र पारि एउटा सुन्दर टापू जेजुदो छ l झन्डै २ हजार नेपाली विभिन्न पेसामा कार्यरत छन l गत मे ११ तारिख नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना तथा एनआरएनए जेजु प्रान्त क्षेत्रीय कार्यासमितिको व्यवस्थापन अर्थात सह-आयोजनामा राहदानी घुम्ती सेवा तथा अन्तरक्रिया सम्पन्न भएको थियो l 

उक्त घुम्ती सेवामा सहभागी हुन् दूतावास टिम सहित राजदूत डा. शिवमाया तुम्बाहाङफे अघिल्लो दिन सनिबार नै जेजुदो अवतरण गर्नु भएको थियो l 

सनिबार दिनभर जेजुदो बासि नेपाली मुलका कोरियन नागरिक ,पर्यटन व्यवसायी, कृषि व्यवसायी, इपीएस बाट आएका विभिन्न कामदारहरु बिच अनौपचारिक भेट गर्नु भएको थियो l 

राजदूतले व्यवसायीहरुलाइ नेपालमा समेत लगानी गर्न आग्रह गर्नु भएको थियो l साथै इपीएस कामदारहरुलाइ आफुले सिकेको सिप स्वदेशमा सदुपयोग गर्न सुझाब दिनु भएको थियो l 

आइतबार बिहान ९ बजे बाट सुरु भएको घुम्ती सेवामा जेजु बासि नेपाली सेवाग्राहीको उल्लेखीय सहभागिता थियो l कुल १०९ जना सेवाग्राहीहरुले सेवा लिएका मध्ये ९७ जना राहदानी नबिकरण , १० जना ड्राइभिङ लाइसेन्स प्रमणिकरण, साथै १ जनाले इन्सुरेन्स सम्बधि सेवा प्राप्त गरेका थिए l 

 

कार्यक्रम हल बाहिर पालो पर्खेर बसेका सेवाग्राहीहरु सग कुरा गर्दै राजदूत डा. शिवमाया तुम्बाहाङफे ले दूतावासको सेवा कस्तो रहेको र के के सुझाब छन भनेर सोध्नु भएको थियो l एकजना सहभागीले आफु कुनै सेवा लिन न आएको तर राजदूत स्ययंम आउने खबरले साहु सग छुटी मागेर हजुरको कुरा सुन्न आएको बताए साथै हजुरको व्यक्तित्वको हिसाबले कोरियामा धेरै काम गर्न सक्ने आश रहेको पनि सुनाएका थिए l 

राजदूतले औपचारिक कार्यक्रम हुनु पूर्व आगन्तुक प्रत्येक सेवाग्राही सग कुरा गर्नु भएको थियो l 

औपचारिक कार्यक्रमको सभापतित्व एनआरएनए जेजु प्रान्तका अध्यक्ष गोकुल शर्माले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा महामहिम नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङफे को गरिमामय उपस्थिति रहेको थियो l 

कार्यक्रममा विशिष्ट अतिथि एनआरएनए आइसिसी सदस्य भीम गुरुङ, एनआरएनए दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष बुद्धि गुरुङ तथा उपाध्यक्षहरू हरिप्रसाद भट्टराई र सुनिल कन्दङवा हरुको उपस्थिति पनि उल्लेखनीय रह्यो। यसैगरी, ग्लोबल आइएमई बैंकका प्रतिनिधि किशोर धामी तथा न्यूज़ केन्द्रबिन्दुका प्रबन्ध निर्देशक श्रवण श्रेष्ठको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै एनआरएनए जेजु प्रान्तका संस्थापक अध्यक्ष कोमल प्याकुरेलले राजदूत आफैमा सक्षम व्यक्ति भएकोले उहाको कार्यकालमा आफु थुप्रै राम्रा काम भएको हेर्न चाहेको सन्देश दिनुभएको थियो।

उक्त अवसरमा किरात याक्थुङ चुम्लुङ र एनआरएनए जेजु शाखाले महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङफेलाई मायाको चिनोसहित सम्मान समेत प्रदान गरेका थिए।

कार्यक्रमको अन्तरक्रिया सत्रमा श्रमिकका समस्या, विद्यार्थीका चुनौतीहरू, र जेजुमा नियमित रूपमा घुम्ती सेवा सञ्चालन गर्ने आवश्यकताबारे गम्भीर छलफल भयो। सहभागी विभिन्न प्रश्नकर्ताको जवाफ दिदै राजदूत तुम्बाहाङफेले बैधानिक बिप्रेसण र कानुनको पालना गर्न सुझाव दिनु भएको थियो l साथै आफु र आफ्नो टिम बोल्ने मात्र होइन काम गरेर देखाउन कटिबद्द रहेको उद्घोष गर्नु भएको थियो l 

एनआरएनए जेजु शाखाका अध्यक्ष गोकुल शर्माले ईतिहासमै राजदूत स्वयंम जेजू आएर पहिलो पटक सेवा दिएकोमा आफू कृतज्ञ रहेको सुनाएका थिए साथै राजदूतावासको सेवा क्यालेन्डरमा जेजु प्रान्तलाई नियमित रूपमा समावेश गर्न विशेष अनुरोध पनि गर्नुभएको थियो।

कार्यक्रमको सफलता सम्भव बनाउन खटिनुभएका सम्पूर्ण स्वयंसेवक, आयोजक टोली, सहयोगी संस्था ग्लोबल आइएमई बैंक, जीएमई रेमिटेन्स र सम्पूर्ण सहभागी समुदायलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ।

यो कार्यक्रमले जेजुमा बसोबास गर्ने नेपालीहरूको सेवाप्रतिको पहुँचलाई अझ सहज बनाएको मात्र होइन, एनआरएनए र राजदूतावास बीचको सहकार्य, सद्भाव र सामूहिकताको सशक्त सन्देश पनि दिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×