सौलस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै आगामी १५ अगस्ट २०२५ (शुक्रबार) का दिन दूतावास बन्द रहने जनाएको छ। सो दिन कोरियामा “National Liberation Day of Republic of Korea” सार्वजनिक बिदा पर्ने भएकाले दूतावासका सबै सेवा स्थगित हुने सुचनामा जनाइएको छ ।
सूचना अनुसार, सामान्यतया हरेक शुक्रबार दिउँसो ३ बजे खुल्ने e-Passport Online Pre-enrollment Form सेवा यसपटक एक दिन अघि १४ अगस्ट बिहीबार दिउँसो ३ बजे नै सञ्चालन गरिनेछ ।
यस्तै, सेवाग्राहीहरूको गुनासो लाई मध्यनजर गर्दै शुक्रबार ३ बजे खोलिने फर्म अब देखी e-Passport Online Pre-enrollment Form शुक्रबार दिनको ५ बजे मात्र खोलिने दूतावासले जनाएको छ।

Post Views: 264









