बिशाल आवाज: मेलम्ची नगरपालिका–१२ स्थित श्री सरस्वती आधारभूत विद्यालयमा २०८२ साल साउन २७ गते मंगलबार विशेष कार्यक्रमको आयोजना गरी बैदेशिक रोजगारका लागि कोरिया गएका बाट र विद्यालयको स्टाफ हरुको सहयोगमा ट्र्याक सेट, जुत्ता,मोजा जस्ता सामग्री वितरण गरिएको छ।
कार्यक्रम वडा अध्यक्ष गणेश बहादुर तामाङको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक ,आमा समुह लगायतको उपस्थिति रहेको थियो।
बैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहनु भएका सन्जिब खतिवडा ,सुरेश तामाङ, श्याम तामाङ, होङ व.तामाङ, आशिष बाल कृष्ण लुइटेल, अमित तामाङ बोम्जन लगायतको को सहयोगमा विद्यालयलाई सहयोगस्वरूप कुल रू. ४३००० सहयोग गरेको थियो जसबाट ट्र्याक सेट, जुत्ता,मोजा जस्ता सामग्री वितरण गरिएको हो ।
स्थानीय तहका ...
२८ श्रावण २०८२, मंगलवार १३:५०२८ श्रावण २०८२, मंगलवार १३:५०२८ श्रावण २०८२, मंगलवार १३:५० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज: नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज को पावन अवसरमा, सनातन साहित्य संगीत साधना समूह (पाँच–स) दक्षिण कोरिया ले यस वर्ष पनि विगतको सफल परम्परालाई निरन्तरता दिँदै अगस्ट २४ सुवनमा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम यही २०२५ अगस्ट २४ (आइतबार) बिहान ११:०० बजेबाट Woori Himalaya Restaurant’s Hall, Suwon Station Exit No. 11 मा भव्य रूपमा आयोजना गर्ने भएको छ। यस अवसरमा दीप प्रज्वलन, शान्तिपाठ, तीज तथा ऋषि पंचमी ब्रतको महिमा श्रवण लगायतका आध्यात्मिक क्रियाकलापसँगै नेपाली मौलिक भेषभूषा, गीत–संगीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति हुनेछ। साथै, तीजको स्वादिलो दर को पनि व्यवस्था गरिएको छ।
आयोजक संस्थाले पूर्वीय सनातन धर्म, कला, संस्कार र नेपाली मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको बताएक...
२८ श्रावण २०८२, मंगलवार ११:१३२८ श्रावण २०८२, मंगलवार ११:१३२८ श्रावण २०८२, मंगलवार ११:१३ by एलिनाNo Comments
पनौती, काभ्रे – श्रावण २७ शिवभक्तको आस्था र राष्ट्रप्रेमको अद्वितीय संगम बनेको कालाग्नि रुद्रपीठ लड्केश्वर धामले आज आफ्नो गौरवमा अर्को ऐतिहासिक अध्याय थपेको छ । विश्वकै अग्लो शिव त्रिशूल निर्माणपछि, ७७ जिल्लाको भव्य रथयात्रा र राष्ट्रिय कोटिहोम सम्पन्न भइसकेको यस धाममा आज ६.५ केजी शुद्ध चाँदीको “निशानी” अनावरण भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डे र श्री १००८ स्वामी रमणानन्द जी महाराजको संयुक्त करकमलबाट अनावरण भएको यो निशानी केवल धातुको कलाकृति मात्र होइन, राष्ट्रियता र धार्मिक गौरवको प्रतीक हो । कार्यक्रमलाई विद्वान प्रा.डा. भवानी खतिवडा, भारतको नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो. लक्ष्मण पन्थी, राजनीतिज्ञ मधु आचार्य, पनौती नगरपालिकाका मेयर रामसरण भण्डारी लगायतका सम्मानित अतिथिहरूले गरिमामय बनाए ।
प...
२८ श्रावण २०८२, मंगलवार ०८:२१२८ श्रावण २०८२, मंगलवार ०८:२१२८ श्रावण २०८२, मंगलवार ०८:२१ by एलिनाNo Comments
बिशाल आवाज: दक्षिण कोरियामा क्रियाशील किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो स्थापना भएको २५औँ वर्षको अवसरमा आगामी ६ र ७ सेप्टेम्बर २०२५ मा “रजत जयन्ती विशेष भेटघाट तथा वृहत वनभोज कार्यक्रम” गर्ने भएको छ।
हाम्रो पहिचान र अस्तित्वका लागि एक हौँ भन्ने मूल नारासहित आयोजना हुने यो विशेष कार्यक्रम 충청남도 태안군 원북면 신두해변길 199 स्थित ‘Sky & Sea Ocean Resort’ मा हुनेछ। पहिलो दिन शनिबार दिउसो ५ बजेदेखि सुरु भई, आइतबार बिहान ११ बजेसम्म कार्यक्रम निरन्तर सञ्चालन हुनेछ।
बस छुट्ने समय : ६ सेप्टेम्बर (शनिबार) दिउँसो ४:०० बजे, दोङ्देमुन ३ नम्बर गेटबाट।
कार्यक्रममा लिम्बू जातिको मौलिक नाच–के:लाङ, धान नाच (या:लाङ), हाक्पारे, ख्याली लगायतका सांस्कृतिक प्रस्तुति हुनेछन्। साथै, छेलो हान्ने, धनुषकाँड हान्ने, म्युजिकल चेयर, हाँडी फुटाउने, बेलुन फुटाउने (महिला विशेष) तथा पुरुष फुटसलजस्ता रमाइला ख...
२८ श्रावण २०८२, मंगलवार ०३:४५२८ श्रावण २०८२, मंगलवार ०३:४५२८ श्रावण २०८२, मंगलवार ०३:४५ by एलिनाNo Comments
सौलस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै आगामी १५ अगस्ट २०२५ (शुक्रबार) का दिन दूतावास बन्द रहने जनाएको छ। सो दिन कोरियामा “National Liberation Day of Republic of Korea” सार्वजनिक बिदा पर्ने भएकाले दूतावासका सबै सेवा स्थगित हुने सुचनामा जनाइएको छ ।
सूचना अनुसार, सामान्यतया हरेक शुक्रबार दिउँसो ३ बजे खुल्ने e-Passport Online Pre-enrollment Form सेवा यसपटक एक दिन अघि १४ अगस्ट बिहीबार दिउँसो ३ बजे नै सञ्चालन गरिनेछ ।
यस्तै, सेवाग्राहीहरूको गुनासो लाई मध्यनजर गर्दै शुक्रबार ३ बजे खोलिने फर्म अब देखी e-Passport Online Pre-enrollment Form शुक्रबार दिनको ५ बजे मात्र खोलिने दूतावासले जनाएको छ।...
२८ श्रावण २०८२, मंगलवार ०२:२७२८ श्रावण २०८२, मंगलवार ०२:२७२८ श्रावण २०८२, मंगलवार ०२:२७ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भन...
२८ श्रावण २०८२, मंगलवार ०१:११२८ श्रावण २०८२, मंगलवार ०१:११२८ श्रावण २०८२, मंगलवार ०१:११ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको ख्यङ्जु (Gyeongju) मा कार्यरत इलामका एक नेपाली युवकको मोटरसाइकल दुर्घटनापछि उपचारकै क्रममा निधन भएको छ।
इलाम जिल्ला, सूर्योदय नगरपालिका–९ रम्फोकका ३४ वर्षीय सागर राई करिब २ वर्ष ३ महिना अघि रोजगारीको लागि ईपीएस (EPS) प्रणालीमार्फत कोरिया आएका थिए। ख्यङ्जुस्थित मोह्वामा कार्यरत राईको २०२५ अगस्ट ९ मा मोटरसाइकल दुर्घटना भएको थियो। गम्भीर घाइते भएपछि उनलाई डोङ्गुक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो।
लगातार उपचार भए पनि अवस्था सुधार नहुँदा दुर्घटनापछि तेस्रो दिन अर्थात् अगस्ट ११ मा उनको असामयिक निधन भएको हो। पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको र अस्पतालमा लामो समय शव राख्न नसकिने भएकाले, परिवार र आफन्तसँगको सहमतिमा शव नेपाल पठाउने तयारी भइरहेको छ।
कोरियामा रहेका सम्पूर्ण नेपालीहरूलाई यातायातका नियम पालना गर्न, सुरक्षा उपकरणको प्रयोग गर्न तथा सडकमा अधिक सतर्क रह...