Advertisement
Advertisement

कालाग्नि रुद्रपीठको ६.५ केजी चाँदीको निशानी भक्तजनका लागि दर्शनार्थ

Advertisement
Advertisement

पनौती, काभ्रे – श्रावण २७ शिवभक्तको आस्था र राष्ट्रप्रेमको अद्वितीय संगम बनेको कालाग्नि रुद्रपीठ लड्केश्वर धामले आज आफ्नो गौरवमा अर्को ऐतिहासिक अध्याय थपेको छ । विश्वकै अग्लो शिव त्रिशूल निर्माणपछि, ७७ जिल्लाको भव्य रथयात्रा र राष्ट्रिय कोटिहोम सम्पन्न भइसकेको यस धाममा आज ६.५ केजी शुद्ध चाँदीको “निशानी” अनावरण भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डे र श्री १००८ स्वामी रमणानन्द जी महाराजको संयुक्त करकमलबाट अनावरण भएको यो निशानी केवल धातुको कलाकृति मात्र होइन, राष्ट्रियता र धार्मिक गौरवको प्रतीक हो । कार्यक्रमलाई विद्वान प्रा.डा. भवानी खतिवडा, भारतको नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो. लक्ष्मण पन्थी, राजनीतिज्ञ मधु आचार्य, पनौती नगरपालिकाका मेयर रामसरण भण्डारी लगायतका सम्मानित अतिथिहरूले गरिमामय बनाए ।

पीठाधीश श्री मुकुन्द शर्मा हुमागाईको संकल्पअनुसार अब “राष्ट्र र राष्ट्रियता प्रति श्रद्धा एवं संकल्प यात्रा” देशका सबै ७७ जिल्लामा पुग्नेछ । यात्रामा शास्त्रीय परम्परा अनुसार लड्केश्वरको गरिमाको निशानी साथ लैजाने र दर्शन गर्न नपाएका भक्तजनलाई त्यसको पुण्यफल प्रदान गर्ने योजना छ । गृह मन्त्रालयको समन्वयमा जिल्ला प्रशासन कार्यालयहरूमार्फत यात्राको सुरक्षा सुनिश्चित गरिनेछ ।

श्री १००८ स्वामी रमणानन्द महाराजले आफ्ना आशिर्वचनमा राष्ट्रदेवसँग क्षमा याचना गर्दै एकताबद्ध भएर देशलाई समृद्ध बनाउन आह्वान गर्नुभयो । मन्त्री पाण्डेले लड्केश्वर धामलाई राष्ट्रिय धार्मिक–पर्यटकीय गन्तव्यको सूचीमा राखी पशुपतिनाथ दर्शनसँगै शिवको पाशुपतास्त्र (त्रिशूल) दर्शन गर्न सहज वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस अनावरणले लड्केश्वर धामलाई केवल एक धार्मिक स्थल मात्र नभई राष्ट्रिय गर्वको प्रतीकका रूपमा स्थापित गरेको छ, जसको प्रतिध्वनि अब ७७ जिल्लामा प्रत्यक्ष सुनिनेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×