श्रीमतीलाई नेपाल पठाएको दुई दिनमै कोरियामा सुतेकै अवस्थामा अस्ताए सात जना दिदीहरुको एक्लो भाइ पृतम तामाङ
दक्षिण कोरियामा रोजगारीका लागि आएका काभ्रेपलाञ्चोकका पृतम तामाङको सुतेकै अवस्थामा आकस्मिक निधन भएको छ। ख्याङसाङनाम्दो क्षेत्रमा कार्यरत धुलिखेल नगरपालिका–१, देविटार निवासी तामाङको नोभेम्बर १४ तारिख राति दक्षिण कोरियामा निधन भएको हो।
प्राप्त जानकारीअनुसार श्रीमतीलाई नेपाल पठाउन विमानस्थलसम्म पुर्याएर फर्किएका उनी आनसानस्थित एक साथीको कोठामा बसेका थिए। सोही क्रममा सुतेकै अवस्थामा उनको निधन भएको बताइएको छ।
बिहान अबेरसम्म नउठेपछि साथीहरूले हेर्न जाँदा उनी अचेत अवस्थामा भेटिएका थिए। त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो। अस्पतालले परीक्षणका क्रममा करिब ६ घण्टाअघि नै उनको मृत्यु भइसकेको जानकारी दिएको बताइएको छ।
करिब ८–९ वर्षअघि रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका तामाङ E-7 भिसामा कार्यरत थिए। विदेशमा परिवारको सुखद भविष्य निर्माण गर्ने सपना बोकेर लामो समयदेखि संघर्ष गरिरहेका उनले श्रीमतील...









