विशाल आवाज: “बीरगञ्ज कृषि औजार कारखाना पुन: स्थापना तथा महावीरपुन सहयोगार्थ” जुलाई ७ तारिखका दिन किम्हे स्थित लुम्बिनी रेस्टुरेन्टमा आयोजना हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम को सम्पूर्ण तयारी पुरा भएको छ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) ख्याङसान क्षेत्रीय कमिटीको आयोजनामा हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १३ लाख र ७ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ७० हजार कोरियन वोन सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ। पुल प्रतियोगिताको तेश्रो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको अध्यक्ष सुबोध भण्डारीले विशाल आवाजलाई बताउनुभयो ।
६६ जना पुल खेलाडिले प्रतियोगितामा आफ्नो नाम दर्ता गरिसकेको छ भने खेलसम्बन्धी टाईसिट जुलाइ ६ तारिक बेलुकी ६ बजे पछाडि प्रत्यक्ष प्रसारण गरिने र प्रतियोगिता ७ तारिखका दिन बिहान ८ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । पुल प्रतियोगिता कार्यक्रम सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई सहयोगको अपिल गर्दै उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।
नाम दर्ता गरेका खेलाडीहरू :