Advertisement
Advertisement

मुलुक बाढी पहिरोले आक्रान्त, पूर्व भूमि व्यवस्था मन्त्री भने अधिवेशनका लागि कोरियामा

Advertisement
Advertisement

विशाल आवाजःअविरल वर्षासँगै आएको बाढी पहिरोले  देश यतिबेला आक्रान्त छ। नागरिकका घर जमिन र परिवारका सदस्य गुमेर अन्न अनाज र आफन्तविहीन भएका छन् तर पूर्व भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत भइसक्नुभएको  एमाले केन्द्रिय सचिव पद्माकुमारी अर्याल भने यतिबेला एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशनको लागि दक्षिण कोरिया आइपुग्नुभएको छ। 

अर्याल अक्टोबर ६ तारिख आइतबारका दिन सौलमा हुने नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथिको रूपमा दक्षिण कोरिया आइपुग्नुभएको हो। नेपालमा भने विभिन्न स्थानमा आएको प्राकृतिक विपत्ति बाढी पहिरो डुबानले गर्दा २३६ जनाले ज्यान गुमाइसकेका छन् भने  कयौँ बेपत्ता छन्।हजारौँ घरपरिवार घरविहीन भइसकेका छन्‌,अरबौंको भौतिक संरचना नष्ट भएका छन्। व्यक्तिगत रुपमा करोडौंको भौतिक क्षतिहरु भएका छन्।‌ 

बाढी पहिरोमा परी ४ हजार ६६७ घरहरु पूर्णरुपमा क्षति पुगेको छ भने आंशिक क्षति पुगेका घरहरुको संख्या भने ५ हजार ३१० छ । १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन् । ११ वटा जलविद्युत आयोजना, ६ वटा सिंचाइ आयोजना, १० राजमार्ग ४४ वटा सस्पेन्सन ब्रिजमा क्षति पुगेको छ । ९६ वटा विद्यालय र ६६ वटा स्वास्थ्य संंस्थामा पनि बाढी पहिरोले क्षति पुगेको छ। यस प्रकारको घटनाले नेपालको मुख्य चाड दशैँको सम्मुखमै  देशलाई शोकमा डुबाएको छ। यसैगरी आवतजावत गर्ने सबै खाले माध्यमहरू जोखिमपूर्ण बनेका छन्। 

 

नेकपा एमालेको केन्द्रीय सचिव समेत रहनुभएको अर्याल भने यतिबेला एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशनको लागि दक्षिण कोरिया आइपुग्नुभएको छ। यसअघि अर्यालले कृषि तथा पशुपंक्षी विकास मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री रहि लामो समय कार्यसम्पादन समेत गरिसक्नुभएको छ।

पद्मा कुमारी अर्याल को प्रमुख अतिथ्यतामा नेकपा एमाले केन्द्रीय सदस्य ,प्रवासी नेपाली मञ्च पूर्वी एसिया तथा ओसियाना इन्चार्ज डा. सूर्य पाठक र प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष डा. संजय थापा को विशेष उपस्थितिमा अक्टोबर ६ तारिख बिहान ११ बजेबाट दक्षिण कोरियामा रहेको सौलस्थित 서울특별시 종로구 386 1 충 मा  संगठनको आठौं राष्ट्रिय अधिवेशन हुँदैछ ‌।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×