रिटर्नी फेडेरेसनद्धारा गोदावरीको लेलेमा पहिरो पिडितलाई राहत वितरण
रिटर्नी फेडेरेसन नेपालले गोदावरी नगरपालिकाको लेलेमा पहिरोबाट बेघरबार भएका ४ घरपरिवारमा राहत वितरण गरेको छ । फेडेरेसनको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठको अगुवाईमा डिहि गाँउ क्षेत्रको प्रत्यक्ष भ्रमण गरेको केन्द्रीय टोलीले राहत वितरण गरेको हो ।
सो पहिरोमा परि गोदावरी गरपालिका वडा नं. ५ मा घरबाट भाग्ने क्रममा २५ वर्षिय सबिता महतको ज्यान गएको थियो । मृतकको श्रीमान हरि महत भने घाईते भएका थिए । उनको १३ महिनाको शिशु र आमाको घटनाबाट मुश्किलले ज्यान बाचेको छ । घर पुर्ण क्षति भई आफन्तकोमा शरण लिएको अवस्थामा रिटर्नी फेडेरेसनका केन्द्रीय टोलीले उहाहरुलाई चामल, दाल, चिउरा, ब्लान्केन्ट, खाने तेल, कपडा लगायतको सामाग्री हस्तान्तरण गरको हो ।
रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय ईन्चार्ज डा. कृष्ण केसीले घटना धेरै बिभत्स भएको र धेरै घरपरिवारमा पहिरोले अपुरणिय क्षति पुर्याएको बताएका छन् । रिटर्नी फ...



