Advertisement
Advertisement

रिटर्नी फेडेरेसनद्धारा गोदावरीको लेलेमा पहिरो पिडितलाई राहत वितरण

Advertisement
Advertisement

रिटर्नी फेडेरेसन नेपालले गोदावरी नगरपालिकाको लेलेमा पहिरोबाट बेघरबार भएका ४ घरपरिवारमा राहत वितरण गरेको छ । फेडेरेसनको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठको अगुवाईमा डिहि गाँउ क्षेत्रको प्रत्यक्ष भ्रमण गरेको केन्द्रीय टोलीले राहत वितरण गरेको हो ।

सो पहिरोमा परि गोदावरी गरपालिका वडा नं. ५ मा घरबाट भाग्ने क्रममा २५ वर्षिय सबिता महतको ज्यान गएको थियो । मृतकको श्रीमान हरि महत भने घाईते भएका थिए । उनको १३ महिनाको शिशु र आमाको घटनाबाट मुश्किलले ज्यान बाचेको छ । घर पुर्ण क्षति भई आफन्तकोमा शरण लिएको अवस्थामा रिटर्नी फेडेरेसनका केन्द्रीय टोलीले उहाहरुलाई चामल, दाल, चिउरा, ब्लान्केन्ट, खाने तेल, कपडा लगायतको सामाग्री हस्तान्तरण गरको हो ।

रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय ईन्चार्ज डा. कृष्ण केसीले घटना धेरै बिभत्स भएको र धेरै घरपरिवारमा पहिरोले अपुरणिय क्षति पुर्‍याएको बताएका छन् । रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष उत्तम अधिकारीले दुःखको बेला घटनास्थलको अवलोकनको लागि स्थानीय रिटर्नीहरुसंग आएको बेला केही सामाग्री वितरण गरेको बताएका छन् । हृदयविदारक अवस्थामा अप्ठ्यारो अवस्थाको साथीको रूपमा संगठनका सदस्यहरुसङ्ग संकलन गरिएको रकमबाट खाधान्न र लत्ताकपडासहित सो क्षेत्रको अवलोकन समेत गरेको वहाँले बताउनुभयो ।

घटनास्थलको अवलोकन र केही राहत समेत वितरण गर्न केन्द्रीय पदाधिकारी , बाग्मती प्रदेश र ललितपुर जिल्लाको समन्वयमा रिटर्नी फेडेरेसनबाट स्वयंसेवकको रूपमा केन्द्र र प्रदेशका पदाधिकारीहरु सो क्षेत्रमा पुगि घरबार बिहिन भैइ अरुको सहारामा बाच्नुपर्ने अवस्थामा पुगेकालाई सहयोग प्रदान गरिएको फेडेरेसनका बाग्मती प्रदेश अध्यक्ष हेम राईले जानकारी दिए ।

राहत बितरणका लागि उक्त स्थान जाने क्रममा धेरै स्थानमा ठूलो क्षति भएको पाइएको छ । यसैगरि पहिरोले क्षति पुर्याएको रुपेश सिलवाल र दिपेश सिलवालको २ परिवार र सन्तोष सिलवालको परिवारलाई फेडेरेसनको तर्फबाट राहत सामाग्री हस्तान्तरण गरिएको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठले बताएका छन ।

यस अघि असोज १५ गते बसेको रिटर्नी फेडेरेसन नेपालको सचिवालय बैठकले प्रकोपले क्षति पुर्याएका हरेक प्रदेशमा आवश्यकता अनुसार अप्ठ्यारोमा परेकाको उद्धारमा जुटन आग्रह गरेको थियो । रिटर्नी फेडेरेशन नेपालले प्राकृतिक प्रकोपबाट पिडितहरुको यथासिघ्र राहत र पुनर्निमाणमा सहयोग गर्न सरकार संग माग गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×