Advertisement
Advertisement

आइतबार बडा दसैँ टीका, जमरा ग्रहण तथा नेपाली मौलिक पञ्चेबाजासहित दोङ्देमुनबाट बिहान १०ः३० बजे सांस्कृतिक र्‍याली आयोजना हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आइतबार सउलमा नेपाली मौलिक पञ्चेबाजासहितको सांस्कृतिक र्‍याली आयोजना हुने भएको छ।
सनातन साहित्य संगीत साधना समूह (पाँच ‘स’), दक्षिण कोरियाको आयोजनामा अक्टोबर २५, आइतबार आयोजना हुने बडा दसैँ टीका, जमरा ग्रहण तथा सांस्कृतिक कार्यक्रमको अवसरमा उक्त र्‍याली सञ्चालन गर्न लागिएको हो।
र्‍याली बिहान १०:३० बजे दोङ्देमुन स्टेशनको गेट नम्बर १ बाट सुरु हुनेछ। नेपाली मौलिक पञ्चेबाजासहितको र्‍याली दोङ्देमुनबाट कार्यक्रमस्थलसम्म सञ्चालन गरिनेछ।
विदेशी भूमिमा नेपाली राष्ट्रिय पहिचान झल्काउने तथा मौलिक कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको र्‍यालीमा सहभागी हुन आयोजकले कोरियामा रहनुभएका सम्पूर्ण नेपालीलाई आह्वान गरेको छ। सहभागीहरूलाई सम्भव भएसम्म दौरा–सुरुवाल, साडी–चोली वा आ–आफ्नो जातीय पोशाकमा सजिएर र्‍यालीमा उपस्थित हुन पनि अनुरोध गरिएको छ।
र्‍यालीपछि बिहान ११ बजे सउलस्थित दोङ्म्योआफ स्टेशन नजिक, 서울시 종로구 종로 386 मा बडा दसैँ टीका, जमरा ग्रहण तथा सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ। कार्यक्रमस्थल मेट्रो लाइन नम्बर १ तथा ६ अन्तर्गत पर्ने 동묘앞역 को गेट नम्बर ४ बाट पैदल करिब दुई मिनेटको दूरीमा रहेको आयोजकले जनाएको छ।
सनातन साहित्य संगीत साधना समूहले कोरियामा रहेका नेपालीहरूलाई दसैँको खुसी साटासाट गर्दै नेपाली मौलिक संस्कृति र राष्ट्रिय पहिचान झल्काउने यस कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×