MAMF 2026 मा प्रस्तुति दिन नेपालबाट गायिका बबिना किराती कोरिया आइपुगिन्, आइतबार मगर संस्कृतिको भव्य परेड!
दक्षिण कोरियाको २१औँ बहुसांस्कृतिक उत्सव MAMF 2026 मा विशेष सांगीतिक प्रस्तुति दिन नेपालकी लोकप्रिय गायिका बबिना किराती दक्षिण कोरिया आइपुगेकी छन्। अक्टोबर २५ तारिख आइतबार छाङवनस्थित योङजी कल्चरल पार्कमा आयोजना हुने कार्यक्रममा नेपाली समुदायले नेपालको कला, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने तयारी गरेको छ।यस वर्षको कार्यक्रममा युवा पुस्तामाझ लोकप्रिय गायिका बबिना किरातीको विशेष सांगीतिक प्रस्तुतिसँगै मगर समुदायको मौलिक संस्कृति, कौरा तथा सालैजो समेटिएको सांस्कृतिक झाँकी र परेड मुख्य आकर्षणका रूपमा रहनेछन्। साथै सगरमाथा समाजको मौलिक पञ्चेबाजा, सुदूरपश्चिम समाजको देउडा प्रस्तुति, थारु समुदायको सामूहिक सांस्कृतिक नृत्य तथा NCB Nepali Students को विशेष नृत्यसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।१६ देशका संस्कृतिबीच नेपालको मौलिक पहिचान प्रस्तुत गरिनःMAMF 2026 मा ...




