किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा, दक्षिण कोरियाको पाँचौँ ऐतिहासिक अधिवेशन–२०२६ को सम्पूर्ण तयारी पूरा भएको छ। अधिवेशन भोलि शनिबार, अक्टोबर २४ मा जेजु सहरमा आयोजना हुँदैछ।
आयोजकका अनुसार अधिवेशन जेजुस्थित 애월읍 평화로 2482 मा बेलुका ६ बजेदेखि सुरु हुनेछ। आफ्नो भाषा, लिपि, संस्कार, संस्कृति तथा मौलिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको अधिवेशनले दक्षिण कोरियामा रहेका किरात याक्थुङ समुदायबीच आपसी एकता, सद्भाव र भाइचारालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। ‘हामी हाम्रो पहिचान र अस्तित्वका लागि एक हौँ’ भन्ने मूल भावनाका साथ आयोजना हुन लागेको यस अधिवेशनलाई समुदायको साझा पहिचान र सांस्कृतिक परम्पराको संरक्षणका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
आयोजकले दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण आदाङ्मा, आदाङ्बा तथा किरात याक्थुङ समुदायका सदस्यहरूलाई अधिवेशनमा सहभागी भई कार्यक्रम सफल बनाउन हार्दिक निमन्त्रणा गरेको छ।
‘हाम्रो पहिचान, हाम्रो एकता, हाम्रो गौरव’ भन्ने सन्देशका साथ हुन लागेको अधिवेशनले विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कृति र ऐतिहासिक पहिचानलाई जीवन्त राख्न तथा भावी पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।









