Advertisement
Advertisement

MAMF 2026 मा प्रस्तुति दिन नेपालबाट गायिका बबिना किराती कोरिया आइपुगिन्, आइतबार मगर संस्कृतिको भव्य परेड!

Advertisement
Advertisement

दक्षिण कोरियाको २१औँ बहुसांस्कृतिक उत्सव MAMF 2026 मा विशेष सांगीतिक प्रस्तुति दिन नेपालकी लोकप्रिय गायिका बबिना किराती दक्षिण कोरिया आइपुगेकी छन्। अक्टोबर २५ तारिख आइतबार छाङवनस्थित योङजी कल्चरल पार्कमा आयोजना हुने कार्यक्रममा नेपाली समुदायले नेपालको कला, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने तयारी गरेको छ।
यस वर्षको कार्यक्रममा युवा पुस्तामाझ लोकप्रिय गायिका बबिना किरातीको विशेष सांगीतिक प्रस्तुतिसँगै मगर समुदायको मौलिक संस्कृति, कौरा तथा सालैजो समेटिएको सांस्कृतिक झाँकी र परेड मुख्य आकर्षणका रूपमा रहनेछन्। साथै सगरमाथा समाजको मौलिक पञ्चेबाजा, सुदूरपश्चिम समाजको देउडा प्रस्तुति, थारु समुदायको सामूहिक सांस्कृतिक नृत्य तथा NCB Nepali Students को विशेष नृत्यसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
१६ देशका संस्कृतिबीच नेपालको मौलिक पहिचान प्रस्तुत गरिनः
MAMF 2026 मा नेपालसहित १६ देशका समुदायले आ–आफ्ना मौलिक कला, संस्कृति र परम्परासहित सांस्कृतिक परेडमा सहभागिता जनाउनेछन्। विभिन्न देशका नागरिकबीच सांस्कृतिक आदानप्रदान र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले आयोजना हुने यस उत्सवमा नेपाली समुदायले आफ्नो जातीय विविधता, भेषभूषा, भाषा, संगीत र परम्परालाई विश्वसामु चिनाउने अवसर पाउनेछ।
यस वर्ष मगर समुदायको सांस्कृतिक परेडलाई विशेष महत्त्वका साथ हेरिएको छ। नेपाल मगर संघ थेगु शाखाका अध्यक्ष दीक्षा मगरको अगुवाइमा नेपाली समुदायको तर्फबाट मगर समुदायको मौलिक संस्कृति प्रस्तुत गर्ने तयारी गरिएको छ।
कोरियामा मगर समुदायले विभिन्न समयमा भूमे पूजा, कौरा साँझ तथा खेलकुदलगायतका कार्यक्रममार्फत आफ्नो कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको छ। यसपटक सोही सांस्कृतिक एकतालाई सिङ्गो नेपालको प्रतिनिधित्व गराउँदै अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न लागिएको हो।
७० देखि ७५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षाः
कार्यक्रममा करिब ७० हजारदेखि ७५ हजार दर्शक प्रत्यक्ष उपस्थित भई अवलोकन गर्न सक्ने अध्यक्ष खवासले बताउनुभएको छ। उहाँका अनुसार MAMF को सांस्कृतिक परेड तथा एसियन कन्सर्ट संसारको जुनसुकै स्थानबाट MAMF को YouTube च्यानल र MBC टेलिभिजनमार्फत प्रत्यक्ष हेर्न सकिनेछ।
महान् पर्व दसैँको अवसरसमेत पारेर आयोजना हुन लागेको कार्यक्रममा दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली संघ–संस्था, समुदाय, विद्यार्थी, कलाकार तथा नेपाली दाजुभाइ–दिदीबहिनीलाई परिवारसहित उपस्थित हुन आयोजकले आग्रह गरेको छ। सम्भव भएसम्म आफ्नो जातीय वा राष्ट्रिय पोसाकमा सहभागी भएर नेपालको विविध संस्कृति र पहिचानलाई अझ भव्य रूपमा प्रस्तुत गर्नसमेत अनुरोध गरिएको छ।
कार्यक्रम विवरण
📅 मिति: २०२६ अक्टोबर २५, आइतबार
📍 स्थान: योङजी कल्चरल पार्क (용지문화공원), छाङवन, दक्षिण कोरिया
MAMF 2026 नेपाली समुदायका लागि केवल सांस्कृतिक उत्सवमा सहभागिता जनाउने अवसर मात्र नभई विदेशको भूमिमा नेपाली कला, संस्कृति र राष्ट्रिय पहिचानलाई एकताबद्ध रूपमा प्रस्तुत गर्ने महत्त्वपूर्ण मञ्चसमेत बन्ने अपेक्षा गरिएको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×