संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने

संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले कोरियाली महान् चाड छुसकमा “डान्स पार्टी महा धमका” आयोजना गर्ने निर्णय गरेको छ।
यस अघि पनि २०२० को जनवरी मा कोरियामा आपत्कालिन राहत कोष स्थापना तथा जिल्लामा छात्रवृत्ति कोष वृद्धि गर्ने उदेश्य राखेर आयोजना गरेको कार्यक्रम बाट संकलित रकम बाट नेपालमा हाल १० लाख रुपैयाँको कोष स्थापना गरी छात्रवृत्ति वितरण गर्दै आइरहेको मा यस पटक उक्त कोषलाई वृद्धि गरी थप बिध्यार्थी हरुलाई लाभान्वित गर्ने उदेश्य रहेको संस्थाका अध्यक्ष बम बहादुर घलेले बताउनुभयो। हाल कोरियामा रहेका नेपाली हरू मा आइपर्ने आपत्कालिन अवस्थामा सहयोग एवं राहत पुर्याउने उदेश्यले संचालनमा रहेको कोषमा समेत केही प्रतिशत रकम रहने गरी छलफल भइरहेको समेत वहाँले बताउनुभयो। कार्यक्रम आगामी सेप्टेम्बर २९ तारिख शुक्रबार राति सदोङ नाइट क्लब सउल मा गर्ने निर्णय भइसकेको र सोही अनुरूप तयारी समेत थालिएको संस्थाले जानकारी गराएको छ।
कार्यक्रमको सम्पुर्ण इभेन्ट म्यानेजमेन्ट दक्षिण कोरियामा अफिसियल रुपमा दर्ता भएको युविन श्रेष्ठ को इभेन्ट म्यानेजमेन्ट कम्पनी KTM2SEOUL ले गर्ने आयोजकले जनाएको छ।

संस्थाका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवं NRNA युवा संयोजक युविन श्रेष्ठले सबै जिल्लावासी तथा नेपालीहरूमा कार्यक्रम सफल बनाउन सहयोगको अपिल गर्नुभएको छ। कार्यक्रम बारे थप जानकारी आगामी दिनहरूमा दिँदै जाने समेत वहाँले जानकारी दिनुभयो।









