Advertisement
Advertisement

नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं -अध्यक्ष उम्मेदवार सञ्जीव राई

Advertisement
Advertisement

नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं -अध्यक्ष उम्मेदवार सञ्जीव राई

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न, नयाँ नेतृत्वको स्वाद चखाउन सन्जिब कुमार राइले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा जित हासिल गर्ने अड्कल बाजि गर्दै अध्यक्ष हुने दावि समेत गरेका छन्।

एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ। सबै ४० मुनिका युवा छौं त्यसैले त नयाँ नेतृत्वको स्वाद चखाउन आतुर छौं !! भन्दै राइ सवै ४० उमेर समुह मुनिका युवा हरुको जम्बो टोलिनै खडा गरेर चुनावमा बेजोड तरिकामा होमिएका छन्।

सन् २०१३ सालमा e-9 भिषामा दक्षिण कोरिया प्रवेश गरेका राइ हाल पनि दक्ष‌ कामदार भिषा e-7 मै कार्यरत छन्। मजदुर हरुको कुरा सुनेकाले भन्दा भोगेकाले मजदुर हरुको बास्तबिक पिडा र भोगाई महसुस गर्न सक्छन् त्यसकारण पनि आफु मजदुर भएकैले यसपाली एनआरएनए दक्षिण कोरियाको अध्यक्ष‌ पदमा होमिएको बताउँछन् राइ। मजदुरहरु सधैं प्रयोग मात्र भइरह्यो अरु हरु को लागी भर्याङ मात्र भइरह्यौ त्यसैले हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने सधैं भर्याङ मात्र भैेरहनेकि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो त्यसैले ४० उमेर समुह मुनिका युवा हरुको जम्बो टोलिनै खडा गरेर चुनावमा बेजोड तरिकामा होमिएका विशाल आवाज संग बताउँछन् सन्जिब कुमार राइ।

हाल वर्तमान कार्यसमितिको निर्विरोध निर्वाचित वरिष्ठ उपाध्यक्ष समेत रहेका सन्जिब राई (२०१९-२०२१)मा सर्बाधिक मतसहित उपाध्यक्षमा विजयि भएका थिए। स्पष्ट निडर बक्ता सन्जिब राईले साईन्स एण्ड टेक्नोलोजिमा मास्टर समेत गरेका छन।निति निर्माण र कार्यन्वयनलाई प्राथमिकता राख्ने सन्जिब राईकै पहलमा दुतावासको घुम्ति सेवा लगाएत अन्य बिभिन्न कार्यक्रम हरु सन्चालनमा आईरहेको बताउँछन्।सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका राइ अनेक समस्याहरु आइपर्दा ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ जुन ठाउँमा गयो त्यही सहजै घुलमिल हुनसक्ने खुबी भएका कारण अहिलेपनि बुसान वरपरका क्षेत्रमा प्रचलित छन्।उसो त जहां समस्या त्यहा सन्जिब राइ भनेजस्तै भएको छ राइ। राइले हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन्।यसका साथै कोरियामा आयोजना हुने अधिकांश कार्यक्रम हरुमा सहयोगी बनेर आर्थिक नैतिक र भौतिक रुपमा सक्रिय सहभागिता मा सहयोग गर्दै आउने राइको परिचय नै बनेको छ। ‘समृद्धि सुरक्षा र समर्पण’ आफ्नो ट्याग लाइन भएको राइ विभिन्न सामाजिक संघ सस्था हरुमा सक्रिय रुपमा आवद्ध छन्।सन्जिब कुमार राइ आवद्ध सस्था हरु:

एनआरएनए दक्षिण कोरियाको सदस्य हुदै उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्ष भएर काम गर्दा यस कार्यसमितिले धेरै अप्ठेरो समयको सामना गर्नु पर्यो त्यसलाई आफुले अवसरका रुपमा लिएर र सक्रिय भएको भान राइले गरेका छन् । यो कार्यसमिति विवाद बढाउने होइन समस्याको समाधान गर्ने दिशामा सधै सक्रिय रह्यो र व्यक्तिगतरुपमा पनि आफ्नो यात्रा जारी नै रहेको बताउँदै राइले सामाजीक सद्भाव बढाउन कोरियावासी नेपाली को बसाइ यहां वस्ने पुस्ता अर्थात नेपाली समुदाय विच भाषा, संस्कृत्तिको माध्यमवाट आपसी सहयोग बढाउने, नेपालपनि हाम्रो लागि टाढा नहोस, पराई नहोस भन्ने भान गराउन पनि यसपाली अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउछन्।

यस पटक NRNA कोरियालाई दक्षिण कोरिया मा रहने सबैको साझा,सबैको अपनत्व र पारदर्शि बनाउनको लागि विशेषतः मजदुर,विध्यार्थि र सम्पुर्ण कोरियामा रहनुहुने नेपालि समुदायको प्रतिनिधित्व गर्दै आफ्नो टिमको उम्मेदवारी रहेको बताउछन् राइ। पैसाले भोट र उम्मेदवार किन्नेले भोलि फेरि त्यो पैसा तपाई हामि बाटै कुनै न कुनै बहाना मा अशुल्नेछ! तसर्थ एक पटक परिवर्तनको निम्ति स्वविवेक प्रयोग गरि मजदुर ,विध्यार्थिको पक्षमा मतदान गरि इतिहास सङ्गै नेतृत्व परिवर्तन गर्न आवश्यक भएको कारण आफु हरु संग व्यबसायिहरु जस्तो पैसा खर्च गर्ने क्षमता नहोला तर समाज परिवर्तन गर्न सक्ने क्षमता र भिजन भएको बताउछन्।एनआरएनए कोरियाको इतिहासमै पहिलो पटक ४० उमेर समुह मुनिका युवा हरुको जम्बो टोलि मजदुर, बिद्यार्थी मैत्री टिम एनआरएनए कोरियालाइ साँच्चै परिवर्तन गर्न चाहनु हुन्छ भने आफ्नो टिमलाइ अत्यधिक बहुमतले बिजयी गराई दिनुहुनको लागि दक्षिण कोरिया बासि नेपाली जनसमुदायमा हार्दिक अनुरोध गरेका छन्

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×