Advertisement
Advertisement

कोरियाको भिसा हुदाहुँदै गाउँमा कृषिकर्म

Advertisement
Advertisement

बाँकेको कोहलपुर नगरपालिका–११, कृषि रोडका ३८ वर्षीय सर्वजित वंशीमगरले करिब नौ वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा बिताउनुभयो ।

तर भिसा अवधि बाँकी रहँदै नेपालमै केही गर्नु पर्छ भन्ने मान्यता राखेर उहाँ दुई वर्षदेखि कृषि व्यवसायमा जुट्नुभएको छ । कोहलपुरसँग सीमा जोडिएको खजुरा गाउँपालिका–४, एफगाउँमा कृषि फार्म सञ्चालन गर्नुभएका वंशीमगरले एक बिघा जग्गामा ड्र्यागन फ्रुट, माछा, बङ्गुर तथा कुखुरापालन र कागती खेती गर्दै आउनुभएको छ ।

वंशीमगर भन्नुहुन्छ, “कोरिया जानुभन्दा पहिले पनि गाउँमै केही गरौँ भन्ने सोच थियो, बाध्यताले कोरिया पुगियो । आठ/नौ वर्ष बसेपछि फेरि गाउँमै केही गरौँ भन्ने लागेर डेढ वर्ष बाँकी रहेको भिसा रद्द गरी यो काममा लागेको छु ।”

कोरियामा कार्पेट बनाउने कम्पनीमा कार्यरत उहाँको अहिलेको दैनिकी भने फरक छ । ड्र्यागन फ्रुट र कागती, स्थानीय जातका कुखुरा, बङ्गुरको रेखदेख र माछालाई दानापानी दिने तथा फार्ममै माछा काटेर बिक्री गर्दै उहाँको दैनिकी बित्ने गरेको छ । बायोफ्लक प्रविधिमार्फत माछापालन गर्दै आउनुभएका वंशीमगरले माछा बजार पठाउन थाल्नुभएको छ । बङ्गुर र कुखुरा तथा ड्र्यागन फल र कागतीको उत्पादन बजारमा पठाउन केही समय लाग्ने उहाँको भनाइ छ ।

आफूले गरेका कामबाट सन्तुष्ट रहनुभएका वंशीमगर व्यवसाय थप विस्तार गर्ने, फार्मभित्रै अर्गानिक रेस्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बताउनुहुन्छ । दुई वर्षको अवधिमा सरकारी निकायबाट अनुदान नपाएका उहाँ कोरियाबाट फर्केर कृषिकर्ममा लागेकामा खुसी नै रहेको बताउनुहुन्छ । कोरियामा १५ वर्ष काम गरेर फर्किनुभएका मामा प्रदीपकुमार थापासँग मिलेर वंशीमगरले कृषि फार्मको सुरुवात गर्नुभएको हो ।

– GorkhapatraOnline

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×