Advertisement
Advertisement

काभ्रेका ६ सय विद्यार्थीलाई काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको सहयोग

Advertisement
Advertisement

विशाल श्रेष्ठ :काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले काभ्रेपलान्चोक जिल्लाको १३ वटै स्थानीय तहका ३५ वटा विद्यालयमा  अध्ययनरत झण्डै ६०० गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेको छ।

काभ्रे सम्पर्क समिति दक्षिण कोरिया संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा आर्थिक स्थिति कमजोर विद्यार्थीहरुलाई  स्कुल ब्याग, क्याल्कुलेटर, ज्यामिति बक्स, कापी ,डट्पेन,पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको थियो।  शैक्षिक सामाग्री बितरणका लागि संस्थाले १३ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुनेगरी छुट्टाछुट्टै संयोजक चयन गरेर मापदण्ड निर्धारण तथा जिम्मेवारी बाँडफाँड गरेका थिए ।

जिल्लाभरिको ७ गाउँपालिकामध्ये प्रत्येक गाउँपालिकाबाट ३/३ वटाको दरले  विद्यालय छनोट गरि, जिल्लाको तुलनात्मकरुपमा सुगम रहेको ३ वटा नगरपालिकाबाट १/१ वटा मात्र विद्यालय छनोट गरेको थियो।बाकी २ वटा नगरपालिकाबाट भने २/२ वटा विद्यालय छनोट गरि शैक्षिक सामाग्री वितरण गरेको थियो।जिल्लाभर शैक्षिक अभियानको रुपमा सबै गाउँ/नगरसम्म पुगेर निशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षाका लागि सहयोग र सहकार्य गर्न पाँउदा गौरवान्वित महसुस भएको काभ्रे सम्पर्क समितिका अध्यक्ष प्रकाश योन्जनले बताए।

छनोटमा परेका प्रत्येक विद्यालयबाट न्युनतम १५ जना  गरिब तथा जेहन्दार विद्यार्थीहरु छानिएका थिए।प्रति विद्यार्थी एक ओटा झोला,पाँच कापी,एक क्यालकुलेर,एक जियोमेट्री बक्स,एक ड्ट्पेन,दुई पेन्सिल वितरण गरेका हुन् । प्राथमिक तहमा अध्ययनरत विध्यार्थीहरुको लागि जियोमेट्री बक्स थियो भने माध्यमिक तहका विद्यार्थी हरु को लागी क्यालकुलेटर सहित अन्य शैक्षिक सामाग्री वितरण गरिएको थियो।काभ्रे सम्पर्क समिति द.कोरियाले पहिलो पटक जिल्लाभर सबै दुरदराजका गाउँ देखि नगरसम्मलाई समेटेर बृहत् परोपकारी कार्यक्रम गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष मनोज मगरले जानकारी दिए।

नेपालबाट शैक्षिक सामाग्री ब्यबस्थापन संस्थाका सल्लाहकार हरिकृष्ण श्रेष्ठले जिम्मेवारी लिएका थिए भने वितरण सहजीकरणमा पुर्व सल्लाहकार रामकृष्ण आचार्य,कार्यसमितिको तर्फबाट आशिष तामाङ,दिवाकर चौलागाईंले सहयोग गरेका थिए।काभ्रे सम्पर्क समिति द.कोरियाले कार्यसमितिका सदस्यबाट नियमित रुपमा संकलन गर्दै आएको लेवि,सदस्यता शुल्क तथा विभिन्न कार्यक्रम गर्दा बचत हुन गएको रकमबाट स्रोत ब्यवस्थापन गरेको उपाध्यक्ष सुमन चौलागाईंले बताए।

यस अभियानमा साथ,सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ समृद्ध देश निर्माणको मुख्य आधार रहेको सार्वजनिक शिक्षा निशुल्क, गुणस्तरीय र सर्वसुलभ बनाउनको लागि राज्यलाई खबरदारी गर्ने र आगामी दिनमा पनि सक्दो सहयोगको काम गर्दै जाने संस्थाका अध्यक्ष योन्जनले प्रतिबद्धता ब्यक्त गरेका छन् ।काभ्रे सम्पर्क समिति द.कोरिया स्थायी घर काभ्रे भइ दक्षिण कोरियामा कार्यरत नेपालीहरुको दु:ख सुखदुःखमा एक दशकभन्दा लामो समय देखि हातेमालो गर्दै आइरहेको कोरियाको पुरानो सामाजिक परोपकारी संस्था हो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?Jmenuji se Martin Novák a dnes se podíváme na online kasino 22...

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den Shop

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den ShopMein Name ist Lukas Müller, und ich möchte Ihnen heute das ICE Ca...

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?

Potřebuji poradit? Jak funguje e-mailová asistenční podpora na online casino?Jsem Jan Novák, odborník na online hazardní hry a hrá...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×