Advertisement
Advertisement

Day: २६ फाल्गुन २०७९, शुक्रबार १४:२४

काभ्रेका ६ सय विद्यार्थीलाई काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको सहयोग

काभ्रेका ६ सय विद्यार्थीलाई काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको सहयोग

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राष्ट्रिय खबर, शिक्षा, समाचार
विशाल श्रेष्ठ :काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले काभ्रेपलान्चोक जिल्लाको १३ वटै स्थानीय तहका ३५ वटा विद्यालयमा  अध्ययनरत झण्डै ६०० गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाइ शैक्षिक सामाग्री वितरण गरेको छ। काभ्रे सम्पर्क समिति दक्षिण कोरिया संस्थाले शैक्षिक पठनपाठनमा अब्बल भएका तर तुलनात्मक रुपमा आर्थिक स्थिति कमजोर विद्यार्थीहरुलाई  स्कुल ब्याग, क्याल्कुलेटर, ज्यामिति बक्स, कापी ,डट्पेन,पेन्सिल लगायतका शैक्षिक तथा स्टेसनरी सामाग्री वितरण गरेको थियो।  शैक्षिक सामाग्री बितरणका लागि संस्थाले १३ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुनेगरी छुट्टाछुट्टै संयोजक चयन गरेर मापदण्ड निर्धारण तथा जिम्मेवारी बाँडफाँड गरेका थिए । जिल्लाभरिको ७ गाउँपालिकामध्ये प्रत्येक गाउँपालिकाबाट ३/३ वटाको दरले  विद्यालय छनोट गरि, जिल्लाको तुलनात्मकरुपमा सुगम रहेको ३ वटा नगरपालिकाबाट १/१ वटा मात्र विद्यालय छनोट गरेको थियो...