Advertisement
Advertisement

अन्तिम चुनावि प्रतिबेदन पेश गर्दै निर्वाचन आयोग,४० दलको धरौटी जफत ।

Advertisement
Advertisement

निर्वाचन आयोगले आज चुनावी प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गर्ने भएको छ । गएको ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावको अन्तिम प्रतिवेदन बिहान १० बजे राष्ट्रपति भण्डारी समक्ष पेस गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएको २५ दिनपछि आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो ।

चुनाव–२०७९ को अन्तिम परिणाम सहितको प्रतिवेदन पेस हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । नतिजाको पूर्णविवरण सहित परिणाम घोषणा भएको ७ दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान छ । प्रदेशको हकमा आयोगका पदाधिकारीले प्रदेश प्रमुखसमक्ष आउँदो पुस  २  गते प्रदेश सभा सदस्य चुनावको प्रतिवेदन प्रस्तुत गर्नेछन् । समानुपातिक  निर्वाचन  प्रणालीतर्फको  मतगणना  मङ्सिर  तेस्रो  हप्ता मात्रै सकिएकाले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।

आयोगको अन्तिम परिणाम अनुसार प्रतिनिधि सभातर्फ २ सय ७५ र प्रदेश सभातर्फ ५ सय ५० जना गरी कुल ८ सय २५ जना निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ  १ सय ६५  र  समानुपातिकतर्फ  १ सय १०  जना  प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । जसमा प्रतिनिधि सभातर्फ १८४ जना पुरुष निर्वाचित भएका छन् । प्रदेश सभातर्फ ३ सय ५० जना पुरुष निर्वाचित भएका छन् । प्रतिनिधि सभामा ९१ जना महिला र प्रदेश सभामा दुई सय जना महिला निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा सदस्य चुनावमा ८६ वटा राजनीतिक दल दर्ता भएका थिए । जसमध्ये प्रत्यक्षतर्फ ६१ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल सहभागी भएका थिए । समानुपातिक  निर्वाचन प्रणालीतर्फ  कुनै  राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्था छ । जसमध्ये बन्दसूची पेस गर्ने ४७ दलमध्ये ४० दलको धरौटी जफत भएको छ । प्रदेश सभातर्फ प्रदेश १ मा ३०, मधेसमा २६, बाग्मतीमा ३३, गण्डकीमा २४, लुम्बिनीमा २२, कर्णालीमा २२ र सुदूरपश्चिममा २८ वटा दलको धरौटी जफत भएको छ ।

चुनाव–२०७९  बाट  ७ वटा  दलले  राष्ट्रिय  दलको  मान्यता  पाएका  छन् । राष्ट्रिय दलको मान्यता पाउन राजनीतिक दलले प्रतिनिधि सभामा  समानुपातिकतर्फ  कुल  सदर  मतको तीन प्रतिशत प्राप्त गरेको र प्रत्यक्षतर्फ एक सिट जितेको हुनुपर्छ ।

प्रदेश सभातर्फको समानुपातिकमा प्रतिनिधित्वका लागि दलले कुल सदर मतको १ दशमलव ५ प्रतिशत मत ल्याउनुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधि सभातर्फ संसदमा १२ दलको प्रतिनिधित्व भएकोमा ७ दल कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टी राष्ट्रिय दल बनेका छन् । नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेमकिपा र राष्ट्रिय जनमोर्चाको जमानत जफत भएको छ । प्रत्यक्षमा एक सिट पनि नजित्ने ३५ वटा दल छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?

Co dělat, když dojde k přerušení internetu během bonusového kola?Jmenuji se Jan Novák a jako expert na online hry a technologie vá...

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot Casino

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot CasinoJmenuji se Jan Novák a dnes vám přináším podrobnou re...

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?Witam, nazywam się Marcin Kowalski i w dzisiejszym artykule pr...

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?Nazywam się Krzysztof Nowak, a dzisiaj chciałbym podzielić się z W...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×