प्रिय बालेन तिमी मेरो राजधानी को मेयर हो प्रिय बालेन तिमी नेपाल को भबिस्य को प्रधानमन्त्री हो कुनै संकोच छैन ।प्रिय बालेन तिमी युवा को एउटा खम्बा हो ।।प्रिय बालेन तिमी एउटा निडर लिडर हो ।।। प्रिय बालेन तिमि एउटा आस्था हो ।।।प्रिय बालेन तिमी एक युवा पनि त हो ।।। प्रिय बालेन तिमिलाइ राम मान्ने धेरै छ्न तर तिमिलाइ रावण मान्ने पनि त छन् ।।। बालेन तिमी यो संघीय लोकतान्त्रिक ब्याबस्थाको मेयर हो तिमी यो ब्याबस्था मा चाहेर पनि धेरै काम गर्न सक्दैनौं किन कि यहाँ पार्टी को लहरो छ तिमी यो लहरो चुडालेरै मेयर त भयौ तर तिमी सङ्ग-संगै काम गर्ने सबै पार्टीको कार्यकर्ता वा सरकार का कर्मचारी छन् तिमी एक्लो छौ बालेन ।।।तिमि मा जोस छ ज्ञान छ सीप छ क्षमता छ साथमा युवा छ तर तिमिलाइ यो system ले काम गर्न दिदैन बालेन । तिमि यो युवाहरुको मन मस्तिष्क लाई बुझिदेउ बालेन तिमी आफ्नो बाटो रोज्नै पर्छ। बालेन तिमी यो देशक...
१८ पुष २०८१, बिहीबार १४:२३१८ पुष २०८१, बिहीबार १४:२३१८ पुष २०८१, बिहीबार १४:२३ by विशाल श्रेष्ठNo Comments
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको उपनिर्वाचनमा आएको मतपरिणामबाट पूर्वी नेपालले माओवादीलाई पहिलो पार्टी बनाइसकेको उल्लेख गरेका छन् । पार्टी प्रवेश, बधाई तथा उदयपुर जिल्लाका नेता कार्यकर्ताहरूसँग बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा भएको भेटमा उनले आगामी निर्वाचनका लागि यो महत्त्वपूर्ण संकेत भएको बताएका हुन् ।
यसपटकको उपनिर्वाचनमा कोशी प्रदेशमा जितेका स्थान र लोकप्रिय मत दुवै हिसाबले हाम्रो पार्टी पहिलो बनेको छ’, उनले भने, ‘वडा मात्रै होइन, यसपटक पहिले तेस्रो भएको स्थानमा गाउँपालिकामा नै अत्यधिक मतले विजयी हुनु निकै महत्त्वपूर्ण संकेत हो, अब पार्टीलाई एकताबद्ध बनाउँदै मेहनत गरेर जाने हो भने आगामी निर्वाचनमा देशभरि नै पहिलो पार्टी बन्ने आधार तयार भएको छ ।’
उदयपुरमा यसअघि हारेका दुई वटा वडामा अत्यधिक मतका साथ विजयी हुनु उल्लेख प्रगति भएको स्पष्...
३० मंसिर २०८१, आईतवार १३:५३३० मंसिर २०८१, आईतवार १३:५३३० मंसिर २०८१, आईतवार १३:५३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपाली मन्च (onf) बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाको ७ औ अधिबेशन किम्हेमा सम्पन्न भएको छ।
आइतबार किम्हे शहरको न्यु लिटिल नेपाली रेष्टुरेन्टको हलमा सम्पन्न प्रवासी नेपाली मञ्च बुसान क्षेत्रिय कमिटीको सातौ अधिवेशनले सर्वसम्मत रुपमा शिव विश्वकर्माको नेतृत्वमा १३ सदस्यिय नया कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको अध्यक्षमा शिव विश्वकर्मा उपाध्यक्षमा तेजु गुरुङ ,सचिवमा धनञ्जय न्यौपाने ,उपसचिवमा सुमन अधिकारी र सदस्यहरुमा अञ्जु गुरुङ,उत्सव चौधरी,अजय गुरुङ,जिवन तामाङ ,केपी जोशी,सागर पराजुली र बद्री पौडेल चयन भएका छन्। यसैगरी एक जना सदस्य पछि चयन गर्ने कमिटीले जनाएको छ।
प्रवासि नेपालि मन्च अन्तराष्ट्रीय कमिटि सदस्य तथा दक्षिण कोरिया इन्चार्ज डा.सन्जु पौडेलको प्रमुख अतिथ्यमा तथा प्रवासि नेपालि मन्च दक्षिण कोरिया राष्ट्रीय कमिटि अध्यक्...
२५ मंसिर २०८१, मंगलवार ११:१९२५ मंसिर २०८१, मंगलवार ११:१९२५ मंसिर २०८१, मंगलवार ११:१९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपालि मन्च (onf) किम्हे बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाले आफ्नो संगठनको ७ औ अधिबेशन डिसेम्वर १५ मा गर्ने भएको छ ।
किम्हे बुसान समितिको बैठक ले डिसेम्वर १५ तारिक आइतबारका दिन ठिक १२ बजे किम्हे शहरको न्यु लिटिल नेपाली रेष्टुरेन्टको हलमा अधिबेशन गर्ने निर्णय भएको जनाइएको छ ।
मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सम्पन्न भैसकेकोले onf को अधिवेशन गर्न लागियको बुसान कमिटिका अध्यक्ष तगेन राइले जानकारि दिनु भयो।
कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो ।
किम्हे बुसान आसपासमा रहनु हुने एमालेमा आस्था राख्ने लगायत सम्पूर्ण साथिभाइ तथा शुभचिन्तक र व्यवसायि ,...
१७ मंसिर २०८१, सोमबार ०२:५४१७ मंसिर २०८१, सोमबार ०२:५४१७ मंसिर २०८१, सोमबार ०२:५४ by विशाल श्रेष्ठNo Comments
नुवाकोट । नुवाकोटको ककनी गाउँ पालिका २ मा माओवादीले बिरासत फर्काएकाे छ। ककनी–२ मा उपनिर्वाचन अन्तर्गत भएको मतदानको मतगणना अनुसार नेकपा माओवादी केन्द्र विजयी भएको हाे।
गत २०७९ को स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवार तीलकबहादुर लामासँग थोरै मतले पराजित भएका माओवादी केन्द्रका ३८ वर्षीय कृष्ण घिमिरे मिलन विजयी भएका छन् । गत २०७९ को निर्वाचनमा वडाध्यक्षमा विजयी भएका तीलक लामाको गत वर्ष निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो । मत परिणाम अनुसार नुवाकोटको ककनी–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार घिमिरे झण्डै दोब्बर मतले विजयी भएका हुन् । सो वडामा दुईहजार दुई सय ५५ अर्थात् ७१ दशमलव ०६ प्रतिशत मत खसेको थियो । ५१ मत वदर भएको छ । गत २०७९ को निर्वाचनमा भने घिमिरेले कांग्रेसकै तीलक लामासँग १ सय ५४ मतले हार ब्यहोरेका थिए । २ हजार २ सय ५५ मतगणनामा घिमिरे १ हजार ८५ मत प्राप्त गरेर विजयी भ...
१९ आश्विन २०८१, शनिबार ०४:४५१९ आश्विन २०८१, शनिबार ०४:४५१९ आश्विन २०८१, शनिबार ०४:४५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजःअविरल वर्षासँगै आएको बाढी पहिरोले देश यतिबेला आक्रान्त छ। नागरिकका घर जमिन र परिवारका सदस्य गुमेर अन्न अनाज र आफन्तविहीन भएका छन् तर पूर्व भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत भइसक्नुभएको एमाले केन्द्रिय सचिव पद्माकुमारी अर्याल भने यतिबेला एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशनको लागि दक्षिण कोरिया आइपुग्नुभएको छ।
अर्याल अक्टोबर ६ तारिख आइतबारका दिन सौलमा हुने नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथिको रूपमा दक्षिण कोरिया आइपुग्नुभएको हो। नेपालमा भने विभिन्न स्थानमा आएको प्राकृतिक विपत्ति बाढी पहिरो डुबानले गर्दा २३६ जनाले ज्यान गुमाइसकेका छन् भने कयौँ बेपत्ता छन्।हजारौँ घरपरिवार घरविहीन भइसकेका छन्,अरबौंको भौतिक संरचना नष्ट भएका छन्। व्यक्तिगत रुपमा करोडौंक...
१५ आश्विन २०८१, मंगलवार ०८:४९१५ आश्विन २०८१, मंगलवार ०८:४९१५ आश्विन २०८१, मंगलवार ०८:४९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशन अक्टोबर ६ तारिख आइतबारका दिन सौलमा हुने निश्चित भए सँगै संगठनको अध्यक्षका आकांक्षीहरू देखा पर्न थालेका छन्।
पूर्वमन्त्री समेत रहेकी एमाले सचिव पद्मा अर्यालसँगै पूर्वी एसिया तथा असियानाका इन्चार्ज डा. सूर्य पाठक , प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटि अध्यक्ष सन्जय थापा को आतिथ्यतामा समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान प्रवासबाट लगानी प्रवासमै मतदान भन्ने मूल नाराका साथ अक्टोबर ६ तारिख बिहान ११ बजेबाट दक्षिण कोरियामा रहेको सौलस्थित 서울특별시 종로구 386 1 충 मा संगठनको आठौं राष्ट्रिय अधिवेशन हुँदैछ ।
प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशन नजिकिए सगै संगठनको आगामी अध्यक्षको आकांक्षीहरू पनि देखा पर्न थालिसकेका छन्। पछिल्लो समय संगठनको नयाँ अध्यक्षको लागि संजीव कुमार राई,अन...
१० असार २०८१, आईतवार ०२:३७१० असार २०८१, आईतवार ०२:३७१० असार २०८१, आईतवार ०२:३७ by विशाल श्रेष्ठNo Comments
नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरियाले आफ्नो संगठनको अधिबेशन गर्ने भएको छ ।
यहि शनिबार बसेको संगठनको पुर्ण केन्द्रिय समितिको बैठक ले आठौ महिना अर्थात् अगष्ट १८ तारिकका दिन राजधानी सौल मा सभ्य र भब्य रुपमा अधिबेशन सम्पन्न गर्ने निर्णय भएको जनाइएको छ ।
मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै क्षेत्रीय संगठन हरुको अधिबेशन सम्पन्न गरेर राष्ट्रिय अधिबेशनको तयारी थालेको थियो । मन्च ले यसलाइ आफ्नो छैठौ अधिबेशनको रुपमा मानेको छ ।
कोरियामा बिगत लामो समय देखि स्थापित रहेको जनप्रगतिशिल मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो । कोरियामा हाल १ हजारको आसपासमा माओवादी संगठित र समर्थित सदस्य हरु रहेको संगठन ले जनाएको छ ।...
९ असार २०८१, शनिबार १४:१८९ असार २०८१, शनिबार १४:१८९ असार २०८१, शनिबार १४:१८ by विशाल श्रेष्ठNo Comments
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सस्थापक गुट वाटअसन्तुष्ट पक्षको आयोजनामा जुलाई २७ र जुलाई २८ मा भव्य पिकनिकको आयोजना हुने भएको छ । कोरियामा रहेका लोकतन्त्रप्रेमी दाजुभाइ, दिदीबहिनीहरु तथा कोरियामा रहेको सामाजिक, जिल्लागत, क्षेत्रगत संघसंस्थाहरुलाई आमन्त्रण गर्दै कार्यक्रमको आयोजना गरिने सह महामन्त्री तथा कार्यक्रम संयोजक विकास मल्लले जनाएका छन् । संगठनभित्र भएका विभिन्न गतिविधिहरु र आगामी कार्ययोजना तर्जुमा गरी संगठनलाई चलायमान बनाउने कार्यक्रमको उदेश्य रहेको कार्यक्रम संयोजक मल्लले बताए । सह महामन्त्री मल्ल संयोजक रहेको आयोजक समितिमा सम्पूर्ण क्षेत्रीय सभापतिहरु सदस्य रहेका छन् ।
कार्यक्रम सफल पार्नको लागि जनसम्पर्क समितिको कार्यसमिति सदस्यहरु, क्रियाशील सदस्यहरु लगायत जनसम्पर्क समितिमा आस्था राख्ने करिब एक सय पचास (१५०) भन्दा बढी व्यक्तिहरु जोडिइसकेको र थप साथीहरु जोडिने क्रम ज...
१५ माघ २०८०, सोमबार ०५:३९१५ माघ २०८०, सोमबार ०५:३९१५ माघ २०८०, सोमबार ०५:३९ by विशाल श्रेष्ठNo Comments
जापान । नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचित भएका छन्। मञ्चले टोकियोमा सम्पन्न अधिवेशनमार्फत लेखा अनुशासन आयोग सहितको ४३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसअनुसार मञ्चको वरिष्ठ उपाध्यक्षमा श्यामहरी पाण्डे, उपाध्यक्षहरूमा बाबुराम पौडेल, जनक सुबेदी, शिवु थापा, आर एच गौतम श्रवण सत्याल, भुवन हुमागाईँ र रामकृष्ण भण्डारी रामप्रसाद गैरे रहेका छन् । यसै गरी महासचिवमा दावा लामा, उपमहासचिवमा अर्जुन अम्गाइँ , डिलाराम न्युरे, प्रमीला राई र सचिवहरूमा गोपाल लामिछाने (जिपी ), जीवन पोखरेल , राज पुरी, राकेश बिमली, बालबिक्रम तिगेला, गोविन्द प्रसाद पौडेल रहेका छन् । त्यस्तै कोषाध्यक्षमा गौरी सापकोटा, सहकोषाध्यहरुमा सालिकराम मरहट्ठा ,भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारी रहेका छन् भने बाँकी १८ जनालाई केन्द्रीय कार्यसमितिमा चयन गरिएको निर्वाचन कमिटीका संयोजक डा....