Advertisement
Advertisement

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अधिवेशन आईतवार,कोको छन त!अध्यक्षका आकांक्षी

Advertisement
Advertisement

विशाल आवाज:नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशन अक्टोबर ६ तारिख आइतबारका दिन सौलमा हुने निश्चित भए सँगै संगठनको अध्यक्षका आकांक्षीहरू देखा पर्न थालेका छन्।

पूर्वमन्त्री समेत रहेकी एमाले सचिव पद्मा अर्यालसँगै पूर्वी एसिया तथा असियानाका इन्चार्ज डा. सूर्य पाठक , प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटि अध्यक्ष सन्जय थापा को आतिथ्यतामा समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान प्रवासबाट लगानी प्रवासमै मतदान भन्ने मूल नाराका साथ अक्टोबर ६ तारिख बिहान ११ बजेबाट दक्षिण कोरियामा रहेको सौलस्थित 서울특별시 종로구 386 1 충 मा संगठनको आठौं राष्ट्रिय अधिवेशन हुँदैछ ‌।

प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशन नजिकिए सगै संगठनको आगामी अध्यक्षको आकांक्षीहरू पनि देखा पर्न थालिसकेका छन्। पछिल्लो समय संगठनको नयाँ अध्यक्षको लागि संजीव कुमार राई,अन्जन कुलुङ राई, सुजन ज्ञावाली, अनित थपलिया र आनन्द अधिकारी गरी पाँचजना अध्यक्षका लागि आकांक्षी छन्। विश्वस्त स्रोतका अनुसार संजीव कुमार राई (सर्वसम्मति भए उम्मेदवारी दिने) ,अंजन कुलुङ राई (सचिव भएकाले आफू हुनुपर्छ भन्दै उम्मेदवारी) ,आनन्द अधिकारी(उपाध्यक्ष भएकाले आफू हुनुपर्छ भन्दै उम्मेदवारी),सुजन ज्ञावली (उपाध्यक्ष भएकाले आफू हुनुपर्छ भन्दै उम्मेदवारी) ,अनित थपलिया (नयाँ र संगठनलाई गति दिन उम्मेदवारी) जनाइएको छ।

अध्यक्षका आकांक्षिहरूलाई नजिकबाट नियाल्दा:
संजीव कुमार राई:


सन् २०१३ सालमा e-9 भिषामा दक्षिण कोरिया प्रवेश गरेका राइ हाल पनि दक्ष‌ कामदार भिषा e-7 मै बुसानमा कार्यरत छन्। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटि हुदै जिल्ला कमिटि देखि केन्द्र सम्म पुगिसकेका राइ सँग युवासंघ ठमेलका इन्चार्ज तथा पार्टीको सम्पर्क कमिटि हरुमा समेत काम गरिसकेको अनुभव छ। प्रवासी नेपाली मञ्च दक्षिण कोरिया बुसान साखाको अध्यक्ष हुदै केन्द्रको सचिव मा काम गरिसकेको र हाल सल्लाहकार समेत रहेका राई Nrna कोरियाको उपाध्यक्ष ,ब.उपाध्यक्षको सफल कार्यकाल पूरा गरी अध्यक्षको लागि चुनावमा समेत प्रतिस्पर्धा गरिसकेका छन्। स्पष्ट निडर बक्ता सन्जिब राईले साईन्स एण्ड टेक्नोलोजिमा मास्टर समेत गरेका छन।

अन्जन कुलुङ राई:

सन् २०१२ मा दक्षिण कोरिया प्रवेश गरेका भोजपुरका अञ्जन कुलुङ राई हाल इन्छन् मा कार्यरत छन्।नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु अन्तर्गत विसं २०६२ साल देखी बिधालय देखि नै राजनिति सुरु गरि २०६४ मा महेन्द्र बहुमुखी क्यापस मा अनेरास्ववियु मा काम गरिसकेको अनुभव बटुली सन् २०११ मा युवा संघ नेपाल बानेश्वर कमिटी सदस्य समेत भइसकेका छन्। सन् २०१४ सालमानै प्रवासी नेपाली मञ्च दक्षिण कोरिया सौल कमिटीको उपाध्यक्ष हुदै २०१५ मा केन्द्रिय कमिटी प्रबक्ता ( प्रचार बिभाग प्रमुख ),२०२० प्रबासी नेपाली एकता मन्च केन्द्रीय कमिटी सदस्य ,नेकपा फुट पछि ONF कोरिया सचिब, तथा ONF को अन्तर्राष्ट्रिय कमिटिको संरचना पछि पुर्बी एसिया कमिटी संस्थापक सदस्य समेत भइसकेका छन्। ७ औँ राष्ट्रिय कमिटिमा फेरि सचिब मा दोहोरिएपछी दोहोरो जिम्मेवारी बाट ONF कोरियाको सचिव नै रोजेका अन्जन कुलुङ राई प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षका एक महत्वपूर्ण आकांक्षी मानिएका छन्।

सुजन ज्ञवाली:


विसं २०६२ सालमानै प्राक सचिब भै विद्यार्थी राजनीति बाट राजनीतिमा प्रवेश गरेका गुल्मी तमघासका सुजन ज्ञवाली प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अध्यक्षका प्रत्याशी मध्ये हालको बलिया दावेदार हुन्। हाल संगठनको उपाध्यक्ष रहेका ज्ञवाली २०६५‌‌ मा शंकरदेब क्याम्पसमा क्याम्पस कमिटीमा रहि विद्यार्थी राजनीतिमा सक्रिय भइ २०६८ मा Management Student Association of Nepal का उपाध्यक्ष,२०६८ गुल्मी काठमाडौ सम्पर्क मञ्च क्षेत्रीय कमिटी मा सदस्य , २०७० मा सह सचीव,
र ७३ मा अध्यक्ष भइसकेको अनुभव छ। २०७५ दक्षिण कोरिया प्रवेश गरि कोरिया प्रवेश गरेको ६ महिना देखि झन्डै साढे ३ बर्स थेगु नेपाली सेल्टर ब्यबस्थापन (सन्चालन गरि) गरेका ज्ञवालीले सङ्स ट्रेडयुनियनमा दोभासे गर्दै आएका छन्। Yeungnam University Global Leadership Department मा अध्यनरत ज्ञवाली प्रवासी नेपाली एकता मञ्च थेगु कमिटीका अध्यक्ष हुदै प्रवासी नेपाली मञ्च दक्षिण कोरिया केन्द्रको एक कार्यकाल सदस्य र हालको उपाध्यक्ष हुँदै २/२ पटक कार्यबाहक अध्यक्ष भइ संगठन सम्हालिसकेको अनुभव छ।

अनित थपलिया:

चितवन बासी थपलिया बिगत ९ वर्ष देखि कोरियामा बसोबास गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थामा आवद्ध रही समाजको वृहत्तर हितमा सरिक छन् । अध्यक्षका आकांक्षी पाँचजनामध्ये थपलिया सौलबासी एकमात्र हुन्। राजनीतिक पारिवारिक माहोल बाटै हुर्केका थपलिया विद्यालय स्तरदेखि नै राजनीतिमा सक्रिय भई ONF BELGIUM बाट ONF KOREA मा स्थानान्तरण भइ प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटीको नै ज्ञानसिप तथा प्रविधि विभागको सचिव समेत रहेका छन्। उनी रोटरी इन्टरनेसनल अन्तर्गतको इनटर्याक्ट क्लब अफ पशुपतीको अध्यक्ष (सन् २००८-२००९) अध्यक्ष, रोटर्याक्ट क्लब अफ पशुपतीको अध्यक्ष (सन् २०१४-२०१५), रोटर्याक्ट डिस्ट्रिट ३२९२ नेपाल/भुटानको विदेश बिभाग निर्देशक हुदै हाल रोटरी क्लब अफ पशुपती सक्रिय छन। पेसाले रेल्वे इन्जिनियर थपलिया हाल ब्रिटिस रेल्वे कम्पनीको कोरिया शाखामा कार्यरत छन्। गैर आवासीय नेपाली संघमा सन् २०१५ देखि आवद्ध भएका थपलियाले दुई कार्यकाल राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको निर्वाचन सदस्यमा रहेर काम गरेका थिए भने २०१९ देखि २०२१ सम्म राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सदस्य बनेर जिम्मेवारी निर्वाह गरेका थपलियाले २०२१ देखि २०२३ सम्म युवा संयोजकको जिम्मेवारी निर्बाह गरिसकेका छन् ।

आनन्द अधिकारी:

सन् २०१४  मा EPS मार्फत कोरिया प्रवेश गरेका झापाका आनन्द अधिकारीले नेपालबाट नै राजनीति सुरु गरि  कोरिया आउनासाथ २०१५ वाट नै ONF सउल क्षेत्रीय कमिटि को सह सचिव मा रहि प्रवासको राजनिति सुरु गरेका हुन्। प्रवासको राजनितिमा  लामो समय योगदान दिएको उमेद्वार मध्य एक हुन् आनन्द अधिकारी ।विधार्थि राजनितिमा स्कुल वाटनै प्राक मा रहि काम गरि क्याम्पस स्तरमा अनेरास्ववियु धुलावारि क्याम्पस सदस्य , मेचि वहुमुखि क्याम्पस प्रा क सदस्य  हुदै भुगोलको राजनितिमा तत्कालिन धाइजन वडा कमिटि सचिव , गाउँ कमिटि सदस्य रहेर काम गरि सकेको अनुभव बटुलेका अधिकारी गाउकमिटिमा रहदा रहदै रोजगारिको सिलसिलामा कोरिया प्रवेस गरेका हुन् । अधिकारी २०१६ वाट प्रवासी नेपाली मञ्चदक्षिण कोरिया केन्द्रीय कोषाध्यक्ष को जिम्मेवारी सफलता पुर्वक पुरागरि   निरन्तर कमिटिमा रहि काम गर्दै हाल कमिटीको उपाध्यक्ष को जिम्मेवारीमा छन्।  सन् २०१५ देखि हाल सम्म पार्टीको प्रवास कमिटिमा रहि सफलता पुर्वक जिम्मेवारी निर्बाह गरिसकेका अधिकारी कोरियाका हरेक सामाजिक गतिविधिमा सक्रिय रुपमा सहभागी रहने गरेका छन ।‌‌संगठनको अध्यक्ष का प्रत्यासि अधिकारी सँग दक्षिण कोरियामा रहेको सक्रिय संस्थामध्ये एक  जिल्लागत सस्था झापामिलन समाजको सचिवको जिम्मेवारी पनि सफलताका साथ पुरा गरिसकेको अनुभव छ। 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZ

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZПосле того как вы выполнили вход в свой аккаунт на платформе Mostbet ...

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?Witam! Nazywam się Michał Kowalski i jako ekspert w dzie...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×