विशाल आवाजःनेकपा एमाले प्रबास संगठन प्रवासी नेपालि मन्च (onf) किम्हे बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाले आफ्नो संगठनको ७ औ अधिबेशन डिसेम्वर १५ मा गर्ने भएको छ ।
किम्हे बुसान समितिको बैठक ले डिसेम्वर १५ तारिक आइतबारका दिन ठिक १२ बजे किम्हे शहरको न्यु लिटिल नेपाली रेष्टुरेन्टको हलमा अधिबेशन गर्ने निर्णय भएको जनाइएको छ ।

मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सम्पन्न भैसकेकोले onf को अधिवेशन गर्न लागियको बुसान कमिटिका अध्यक्ष तगेन राइले जानकारि दिनु भयो।
कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो ।
किम्हे बुसान आसपासमा रहनु हुने एमालेमा आस्था राख्ने लगायत सम्पूर्ण साथिभाइ तथा शुभचिन्तक र व्यवसायि ,जातिय क्षेत्रिय संघ सस्थाहरुलाइ उपस्थिति भै अधिवेशन भव्य सफल पारि दिन अध्यक्ष तगेन राइले हार्दिक अपिल गर्नु भयको छ।










