नेपाली दुतावास दक्षिण कोरियामा विभिन्न माग राख्दै संयुक्त ज्ञापन पत्र बुझाए
बिक्रम बज्यू, दक्षिण कोरिया: दक्षिण कोरियामा रहेको विभिन्न संघ संस्था हरु मिली आज मिति २०२२ डिसेम्वर २६ तारिख सोमबार नेपाली दुतावास सिउलमा संयुक्त ज्ञापन पत्र बुझाएका हुन।
नेपाल सरकार , श्रम तथा रोजगार मन्त्रालय , परराष्ट्र मन्त्रालय र बैदेशिक रोजगार बोर्ड लाई बोधार्थ गारि दक्षिण कोरियामा रहेको विभिन्न संघ संस्थाका पदअधिकारीहरु तथा प्रतिनिधि हरु उपस्थित भए सिउल स्थित नेपाली दुतावास महामहिम राजदुत ज्योति प्याकुरेल भण्डारिको कार्यकक्षामा पुगी महामहिम राजदुत मार्फत नेपाल सरकार परराष्ट्र मन्त्रालय ,श्रम तथा रोजगार मन्त्रालय , बैदेशिक रोजगार बोर्डलाइ संयुक्त ज्ञापन पत्र पेश गरेका हुन।
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय मार्फत श्रम स्वीकृति लिई बिदेशमा बैधानिक तवरले रोजगारी गरिरहेका श्रमिकको कारणवस मृत्यु भएमा परिवारको माग बमोजिम मृतकको शव स्वदेश ल्याउने दाहित्व राज्यको हो l दक्षिण कोरियाम...

