
विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ “नेपहप जात्रा डान्सपार्टी भोलुम-२” सुवनमा हुने भएको छ।
नेपहपका चर्चित ऱ्यापर आशिश राना AKA लाउरे,सुजन क्षेत्री(VYOMA)र सम्पुर्ण टिमको साथै कोरियामा रहेका चर्चित डिजे RX,डिजे शुशान्त र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुती रहने डान्सपार्टी युवा पुस्ताको र्याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न नसकिएको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा ऱ्यापर आशिश राना(लाउरे) र सुजन क्षेत्री(VYOMA) को प्रस्तुतिले नेपाली र्याप गीत संगीतको पारखीलाई भरपूर मनोरञ्जन दिने भएकोले कार्यक्रम थप उत्साहजनक र ब्यापक हुनेमा आयोजक फिटनेस नेपालका संयोजक अन्जन थापामगर ले बताए।
नेपाली र्याप गीत संगीतको मनोरञ्जनमा सहभागी भइदिनहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध समेत गरेको छ ।
बिस्तृत जानकारीको लागि:
अन्जन थापा मगर :010-82689574,कुबेर न्यौपाने:010-75399605, प्रशान्त राज:010-688232444,सुमन कार्की :010-51499888,इश्वर कठायत:010-25029663,









