Advertisement
Advertisement

मोक्षदा एकादशी अर्थात् गीता जयन्ती आज मनाउँदै

Advertisement
Advertisement

काठमाडौं ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आइतवार गीता जयन्ती पर्व मनाइँदैछ ।

वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो ।

५ हजार १३० वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौं अवतारका रूपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रहिआएको छ । भगवान्ले नै अर्जुनमार्फत हामीलाई गीताको ज्ञान दिएका हुन् ।

कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

‘त्यसबेला कौरवका ११ अक्षयोनी सेना थिए, पाण्डवका ७ अक्षयोनी सेना, भगवान् कृष्ण पाण्डवका पक्षमा हुनुहुन्थ्यो, अर्जुनको सारथीका रूपमा, कौरवका पक्षमा हजुरबा भीष्मपितामह नै सेनापति देखेपछि अर्जुनले युद्ध गर्ने विषयमा शंका गरे, विश्वस्त बनाउन उपदेशका रूपमा गीता सुनाइएको हो,’ उनले भने ।

४ वेदका १ हजार १३१ शाखामध्ये हाल १२ वटामात्र अस्तित्वमा रही अरु लोप भएजस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको जियर शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार अधिकारीले बताए ।

‘ऋग्वेदका २१ शाखामध्ये हाल २, यजुर्वेदका १०१ शाखामध्ये ४, सामवेदका १ हजार शाखामध्ये ४, अथर्ववेदका ९ शाखामध्ये २ शाखा मात्र हाल उपलब्ध छन्, अरु लोप भइसके, गीताले पनि यस्तै नियति भोग्नु नपरोस् भनी जनजागरण गर्न गीता जयन्ती कार्यक्रम मनाउन शुरू गरिएको हो,’ उनले भने ।

प्रतिष्ठानले ९ वर्षअघिदेखि मोक्षदा एकादशी अर्थात् आजका दिन गीता जयन्ती मनाउँदै आएको छ । यसैगरी गीता मन्दिर स्वयम्भूमा पनि आज कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

विश्व हिन्दू महासंघ र यसका विभिन्न शाखाले पनि गीता जयन्तीकै अवसरमा आज राजधानीमा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । यस अवसरमा विभिन्न मन्दिरमा गीता पाठलगायत कार्यक्रमसमेत गरिने भएको छ । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZ

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZПосле того как вы выполнили вход в свой аккаунт на платформе Mostbet ...

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?Witam! Nazywam się Michał Kowalski i jako ekspert w dzie...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×