कोरियन स्टारलाई साइन गर्न पिएसजी सफल
फ्रेन्च क्लब पिएसजी कोरियन स्टार मिडफिल्डर काङ-इन लीलाई भित्राउन सफल भएको छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार काङ-इन ली र पिएसजी बिच दीर्घकालीन सम्झौताको लागि पूर्ण रूपमा मौखिक सहमति भएको छ।
कोरियन स्टार काङ-इन लीलाई पिएसजीले स्पेनिस क्लब मल्लोर्काबाट साइन गरेको हो र रिपोर्ट अनुसार उनले पिएसजी सँगको मेडिकलको महत्त्वपूर्ण भाग पनि पुरा गरेका छन्। उनको लागि पिएसजीले €२० मिलियनको ट्रान्सफर सुल्क तिर्ने रिपोर्ट रहेको छ।
२२ वर्षीय मिडफिल्डर २०२१मा भ्यालेन्सियाबाट मल्लोर्कामा आएका थिए भने मल्लोर्कामा उनको प्रदर्शन निकै प्रभावशाली रहेको छ जसको कारण उनी माथि पिएसजी सहित अन्य धेरै क्लबहरूको नजर रहेको थियो।
२०२१/२२ सिजनमा उनको प्रदर्शन निकै उत्कृष्ट रहेको छ। उनको ड्रीबल गर्ने क्षमता र गोल अवसर सिर्जना गर्ने क्षमताको निकै प्रशंसा ...
२५ जेष्ठ २०८०, बिहीबार १४:२१२५ जेष्ठ २०८०, बिहीबार १४:२१२५ जेष्ठ २०८०, बिहीबार १४:२१ by विशाल श्रेष्ठNo Comments
अनिता गिरिले पाइन् ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३ फिमेल मोडेल’ अवार्ड
आइतबार फर्न इभेन्ट्स द्वारा आयोजित छैठौ ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा मोडेल तथा नायिका अनिता गिरिले ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३ फिमेल मोडेल’ अवार्ड प्राप्त गरेकी छिन । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकि गिरिको नयाँ चलचित्र ‘नम्बरि सुन ‘ रिलिजको क्रममै छ।
नेपाल र भारतको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा सांसद विनोद चौधरी, बलिउड अभिनेत्री भाग्यश्री, बलिउड कलाकार रञ्जित, विन्दु दाह्रा सिंह, भिआइपी कमेडियन, अभिनेत्री वसुन्धरा भुसाल, अभिनेता निर्देशक आकाश अधिकारी, सुर्य मगर, कुमार जोशी लगायतले अवार्ड तथा सम्मान प्रदान गरे । वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, पत्रकार प्रकाश सुवेदी, कृष्ण भुसाल, तुलसी ...
२३ जेष्ठ २०८०, मंगलवार १३:०२२३ जेष्ठ २०८०, मंगलवार १३:०२२३ जेष्ठ २०८०, मंगलवार १३:०२ by विशाल श्रेष्ठNo Comments
छुसकमा "न्यू भिजन सांगितिक सौगात भाग २" हुने
न्यू भिजन ग्रुप दक्षिण कोरियाले यहि आगामी छुसकको दोस्रो दिन यानिकी सेप्टेम्बर 29 मा कोरियाको किम्हेमा `विविध कारणले कोरियामा उपचाररत आर्थिक अभावका नेपालीहरुलाई सहयोगार्थ´ भन्ने मूल उद्देश्यका साथ "न्यू भिजन सांगितिक सौगात भाग २" आयोजना गर्ने भएको छ ।
गत आईतबार संस्थाको अध्यक्ष जीवन शर्माको अध्यक्षतामा बसेको पुर्ण औपचारिक बैठकले भव्य कार्यक्रमको आयोजना गर्ने पक्का निर्णय लिएको छ । कार्यक्रममा चर्चित गायक प्रकाश सपूत र चर्चित गायिका रचना रिमाल आउने टुंगो लागेको छ भने बाँकी कलाकार समेत चाँडै टुंगो लगाउने संस्थाका अध्यक्ष शर्माले बताउनुभयो । फरक र नयाँ उद्देश्यले 2017 मा कोरियामा स्थापना भएको संस्थाले यस अघि 2018 मा भाग १ भव्यताका साथ सम्पन्न गरेको थियो । विविध कारण कोरियामा उपचार अभावमा धेरै नेपालीहरु छटपटाईरहेका हुन्छन त्यही समस्य...
१९ जेष्ठ २०८०, शुक्रबार २३:४३१९ जेष्ठ २०८०, शुक्रबार २३:४३१९ जेष्ठ २०८०, शुक्रबार २३:४३ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० जेठ २० गते (शनिवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने र घरमा अतिथिको आगमन हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि...
१६ जेष्ठ २०८०, मंगलवार ११:१०१६ जेष्ठ २०८०, मंगलवार ११:१०१६ जेष्ठ २०८०, मंगलवार ११:१० by विशाल श्रेष्ठNo Comments
उल्सान शहरमा जुन ११ तारिखमा "जारी" चलचित्र प्रदर्शन हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:आन्याङ नेपाली समाज दक्षिण कोरिया को आयोजनामा आपतकालीन राहत कोष निर्माण तथा सेल्टर सन्चालन सहयोगार्थ दक्षिण कोरियाको उल्सान सहर स्थित 울산과역시 남구 두왕로 277(신정동) 울산 박물관 मा आइतबारका दिन १ बजे जुन ११ तारिखमा प्रदर्शन हुने भएको छ।
आन्याङ नेपाली समाज दक्षिण कोरिया द्वारा प्रदर्शन हुने जारी फिल्मको उल्सान ( शो) प्रदर्शनबाट संकलित रकम लागत खर्च कटौती गरेर बाकी रहन गएको रकम सबैको साझा सल्लाह बमोजिम आपतकालीन राहत कोष निर्माण तथा सेल्टर सन्चालन सहयोगार्थ सहयोग गर्ने आयोजकले विशाल आवाज लाइ जानकारी दिइएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरहरुमा सफलताका साथ भव्य प्रदर्शन भैसकेको चलचित्र हो जारि। सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि उल्सा...
११ जेष्ठ २०८०, बिहीबार ०२:१४११ जेष्ठ २०८०, बिहीबार ०२:१४११ जेष्ठ २०८०, बिहीबार ०२:१४ by विशाल श्रेष्ठNo Comments
मे २८ मा हुने “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को तयारी पुरा टाइसिट विभाजन सहित
विशाल श्रेष्ठ/दक्षिण कोरिया:कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले मे २८ तारिखका दिन आयोजना गर्न लागेको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को तयारी पुरा भएको छ। ख्यङ्साङ बुसानस्थित एक सभाहलमा आयोजना भएको कपको “चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३” को टीम दर्ताको अन्तिम प्रक्रिया तथा गोलाप्रथाबाट टाइसिट विभाजन कार्य सम्पन्न गरिएको हो।
BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ 경남 김해시 김해대로 1798 (조은풋살장) मा सन्चालन गर्न लागिएको हो।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः
"३० लाख र १५ लाख कोरियन वोन प्रदान गरिने बताउँदै अ...
३१ बैशाख २०८०, आईतवार ०७:०२३१ बैशाख २०८०, आईतवार ०७:०२३१ बैशाख २०८०, आईतवार ०७:०२ by विशाल श्रेष्ठNo Comments
मोक्फो शहरमा मे २१ तारिखमा प्रदर्शन हुने "जारी" चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:PARADESHI ENTERTAINMENT को आयोजनामा दक्षिण कोरियाको Mokpo को 전남여성플라자 (전남 무안군 삼향읍 어진누리길 30) मा आइतबारका दिन २ बजे २१ तारिखमा प्रदर्शन हुने सामाजिक कथावस्तुमा आधारित नेपाली कथानक जारी चलचित्रको नाफा बाट विभिन्न सामाजिक काममा सहयोग गर्ने भएको छ।
प्रदेशी इन्टरटेन्मेट द्वारा प्रदर्शनहुने जारी फिल्मको मोक्पो( शो) प्रदर्शनबाट संकलित रकम लागत खर्च कटौती गरेर बाकी रहन गएको रकम सबैको साझा सल्लाह बमोजिम कुनैपनि ग्रामीण क्षेत्रको बिद्यालयमा सहयोग,धरान कोकाह खानेपानी,राष्ट्रीय आवीस्कार केन्द्र हरु मघ्ये उपयुक्त एकमा सहयोग गर्ने आयोजकले विशाल आवाज लाइ जानकारी दिइएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरह...
१२ बैशाख २०८०, मंगलवार ०१:४५१२ बैशाख २०८०, मंगलवार ०१:४५१२ बैशाख २०८०, मंगलवार ०१:४५ by विशाल श्रेष्ठNo Comments
"जारी" सउल सो गर्ने आयोजकले स्पष्टिकरण दिदै पहिलेकै टिकटबाट फेरि पनि चलचित्र हेर्ने व्यवस्था गर्ने
विशाल श्रेष्ठ/दक्षिण कोरिया:इ-कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सामाजिक कथावस्तुमा आधारित चलचित्र जारी गत आइतबार दक्षिण कोरियाको सउल दोङ्देमुनको नजिकै हाउसफुलका साथ तर विवादस्पद तरिकामा प्रदर्शन सम्पन्न भएको थियो। चौतर्फी आलोचना आएपछि उक्त गल्ति लाइ स्विकार्दै पुरानो टिकट काटेर हेरेर मज्जा नभएका हरु लाई त्यही टिकटमा हेर्ने व्यावस्था गर्ने आयोजकको निर्णय गरेको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर नेपालमा प्रदर्शन भएको चलचित्र जारी कोरियामा पनि अप्रिल २३ तारिख दिउँसो २ बजे सउलमा पहिलो शो लागेको हो। सउलको डोटा मल नजिकै एउटा र अर्को दोङ्देमुनको नेपाल थाइ रेष्टुरेन्टमा प्रदर्शन भएको चलचित्रमा नेपाल थाइमा खासै गुनासो नआएतापनि डोटा मल नजिकै लागेको चलचित्र "जारी"सउल सो हेर्न उपस्थित अधिका...
५ बैशाख २०८०, मंगलवार २३:५९५ बैशाख २०८०, मंगलवार २३:५९५ बैशाख २०८०, मंगलवार २३:५९ by विशाल श्रेष्ठNo Comments
स्याङ्जा परिवारले आउँदो मे २७ र २८ तारिक दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने
बोम्जन गुरुङ
१९ अप्रिल २०२३, कोरिया
कोरिया स्थित स्याङ्जा परिवारले आउँदो मे महिनाको २७ र २८ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवारले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगुको मध्य भागमा पायक पर्ने गरि (장태산 황토가마펜션 대전) मा सो कार्यक्रमको आयोजना गरेको हो ।
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाको केन्द्रीय अध्यक्ष भक्त थापाले जानकारी दिए । संस्थालाई थप चलायमान गराउँदै वर्षेनी आयोजना गर्दै आइरहेको नियमित कार्यक्रम अन्तर्गत यसपटक पनि बनभोज कार्यक्रम हुने पक्का भएको सन्...
४ बैशाख २०८०, सोमबार ०९:५९४ बैशाख २०८०, सोमबार ०९:५९४ बैशाख २०८०, सोमबार ०९:५९ by विशाल श्रेष्ठNo Comments
प्रकाश सपुतको "सकम्बरी" गित लिएर रात्रीकालीन मनोरञ्जन व्यवसायी संघको आपत्ति
विशाल श्रेष्ठ: गायक प्रकाश सपुतको नया "सकम्बरी" गित भिडियोमा भएको गितले रात्रीकालिन श्रमजीवी नारीहरुमाथी प्रहार भएका केही अपमानित शब्दहरू हटाउन आवश्यक मानि कलाकारिताको नाममा श्रमजीवी महिलामाथी प्रहार भएको अपमानित शब्दहरुले नेपाली लोकसंगित क्षेत्रमा नियमनको आवश्यकता देखिएको कारण रात्रीकालीन मनोरञ्जन व्यवसायी संघले नारिको इज्जत नै छैन र इज्जत फालेर डान्स बार, डिस्को र रेड लाइटमा काम गर्छन् भन्ने सन्देश दिन खोजेको भन्दै विज्ञप्ति निकाल्दै आपत्ति जनाइ ध्यानाकर्षण गराएको छ।
प्रकाश जातीय या वर्गीय सवालमा गतिलो चेतनाका साथ उभिए पनि महिलाको सवालमा भने चरम दोहनकारी पुँजीवादी पुरुषवादी चेतनाको जगबाट उठ्न सकेका रहेनछन् भन्दै उनले महिलालाई फगत हाटबजारको बिकाउ सामान भन्दा बढी ठान्दा रहेनछन् एकातिर भने अर्कातिर पैसा ...