उल्सान शहरमा जुन ११ तारिखमा “जारी” चलचित्र प्रदर्शन हुने

विशाल श्रेष्ठ/दक्षिण कोरिया:आन्याङ नेपाली समाज दक्षिण कोरिया को आयोजनामा आपतकालीन राहत कोष निर्माण तथा सेल्टर सन्चालन सहयोगार्थ दक्षिण कोरियाको उल्सान सहर स्थित 울산과역시 남구 두왕로 277(신정동) 울산 박물관 मा आइतबारका दिन १ बजे जुन ११ तारिखमा प्रदर्शन हुने भएको छ।
आन्याङ नेपाली समाज दक्षिण कोरिया द्वारा प्रदर्शन हुने जारी फिल्मको उल्सान ( शो) प्रदर्शनबाट संकलित रकम लागत खर्च कटौती गरेर बाकी रहन गएको रकम सबैको साझा सल्लाह बमोजिम आपतकालीन राहत कोष निर्माण तथा सेल्टर सन्चालन सहयोगार्थ सहयोग गर्ने आयोजकले विशाल आवाज लाइ जानकारी दिइएको छ।
नेपालमा नेपाली नया वर्षको अवसर पारेर प्रदर्शन भएको चलचित्र जारी कोरियाको पनि विभिन्न सहरहरुमा सफलताका साथ भव्य प्रदर्शन भैसकेको चलचित्र हो जारि। सउल सोमा व्यवस्थापन केहि कमजोरी देखिएतापनि उल्सान सो मा त्यस्तो कमजोरी हुन नदिने आयोजकको दावी रहेको छ।
गाउँको मौलिक परिवेश, लिम्बु समुदायको संस्कृति र दया- मिरुना प्रेमकथाको वरिपरी नै घुमेको चलचित्र हेरेपछि अधिकांश दर्शकले दया र मिरुनाको जोडीको प्रशंसा गरेका छन् । दया र मिरुनाले नबोली नबोली व्यक्त गरेको प्रेमको भावहरु देखाइएको चलचित्र “जारी” मा रामबाबु गुरुङको निर्माण, उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको छ।

Acting King दयाहाङ राई अभिनित नेपाली BlockBuster “जारी” चलचित्र हेर्न इच्छुक सम्पुर्ण उल्सान वरपरका नेपाली दाजु भाई तथा दिदी बहिनीहरूलाई आयोजक अन्याङ नेपाली समाज उल्सान दक्षिण कोरिया परिवारले हार्दिक निमन्त्रणा गरेको छ।
विस्तृत जानकारीको:
मिति :- 2023-6-11 आइतबार
समय:- दिनको १:०० बजे देखि
ठेगाना :- 울산과역시 남구 두왕로 277(신정동) 울산 박물관
नोट👉 बिध्यार्थी भाई बहीनिहरूलाई मात्र 20,000 वोन!









