परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल
परिवारका एक्ला छोरा कोरिया आएको ७ महिनामै ब्रेन ट्युमरको सिकार, उपचारमा ५ करोड लाग्ने , सहयोगको अपिल
दक्षिण कोरिया आएको ७ महिना मात्रै भएका बारा जिल्लाका २५ बर्षीय सरोज थपलियालाई ब्रेन ट्युमर देखिएको छ। बिहान काम गरेर दिउँसोको खाना खान जानेक्रममा बाटोमा अकस्मात् बेहोस भएर ढलेका उनलाई तत्काल साथिभाईले नजिकको हस्पिटलमा लगिएको थियो।
हाल उनलाई दक्षिण कोरियाको बुसान स्थित 동아 대학교병원( Dong-A University) हस्पिटलमा राखेर उपचार भैरहेको छ।
यहि मार्च छ तारिकको दिनमा अप्रेसन गर्नुपर्ने मिति तय गरेको छ।
एक बर्षसम्म निरन्तर उपचार गर्नुपर्ने सरोजको शुरुवाती चरणमा एउटा अप्रेशन को खर्च मात्रै ५ करोड वन लाग्ने देखिएको छ भने उक्त रकम अप्रेशन हुने अघिल्लो दिनसम्ममा अस्पतालमा दाखिला गर्नुपर्ने अस्पताल स्रोतले जनाएको छ। ट्युमरको साईज ठुलो भएको कारण खर्च पनि निकै धेरै लाग्ने अस्पताल स्रोतले जनाएको छ। ...

