थिमिमा १५० शैयाको अस्पताल बनाउन कोरियाले ९५ लाख डलर खर्च गर्ने
थिमिमा १५० शैयाको अस्पताल बनाउन कोरियाले ९५ लाख डलर खर्च गर्ने
दक्षिण कोरियाले भक्तपुरको थिमिमा १५० शैयाको अस्पताल बनाउन ९५ लाख अमेरिकी डलर लगानी गर्ने भएको छ।
अर्थ मन्त्रालय र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रहेका क्षेत्रका गरिबहरूका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ।
अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूत पार्क ते-योङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँचको लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोइकामार्फत् अस्पताल निर्माणको काम सन् २०२७ सम्ममा पूरा गर्ने गरी ...









