Advertisement
Advertisement

हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार)

Advertisement
Advertisement

हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार)

गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि विपिन गुरुङको अध्यक्षमा बनेको टिमबाट सरोज खड्काले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भएको छ।

 गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व सरोज खड्काले उपाध्यक्ष पदको लागि उम्मेदवारी दिनु हुने भए पछि दक्षिण कोरियामा उपाध्यक्ष पद लाइ एकदमै महत्वपूर्ण साथ हेरिएको छ।

सन् २०११ मा इपिएसमार्फत दक्षिण कोरिया आउनुभएका सरोज कुमार खड्का सर्लाही जिल्ला बाग्मति नगरपालिकाको स्थायी बासिन्दा हुनुहुन्छ । इपिएसमार्फत काम गर्दैगर्दा पत्रकारितामा पनि कलम चलाउँदै कुशल पत्रकारको रुपमा कोरियामा परिचित खड्का मिडिया कर्मि पनि हुनुहुन्छ । उहाँ e-9 भिषामा करिब ४ वर्ष काम गरेपछि पुन अध्ययनका लागि कोरिया आउनुभएको थियो । उहाँले कोरियाको प्रतिष्ठित विश्वविद्यालयबाट कोरिया एण्ड एसिया बिजनेस स्टडिजमा एमबिए अध्ययन पुरा गर्नुभयो । एमबिए अध्ययन पश्चात उहाँ करिब ५ वर्ष रेमिट्यान्स कम्पनीमा नेपाल प्रमुखको भुमिकामा हुनुहुन्थ्यो । हाल जेबि बैंकको लोन कन्सल्टेन्ट खड्काले आफ्नै व्यवसाय पनि सन्चालन गर्दै हुनुहुन्छ । कोरियामा हाल एनआरएनको चुनावी सरगर्मी बढिरहेको बेला उहाँले पनि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै गरेको शिलशिलामा राजु श्रीले उहाँसँग गर्नुभएको कुराकानी ।

१. एनआरएन कोरियाको उपाध्यक्ष पदमा तपाइको उम्मेदवारी किन ?

जुन उदेश्यले एनआरएनको स्थापना भएको थियो त्यो अनुसारको कामहरु गर्नुपर्छ र गर्न सकिन्छ भन्ने महसुस गरेर म अगाडि आएको हुँ । एनआरएन मार्फत गर्न सकिने कामहरु धेरै छन् । एनआरएनका अग्रज नेतृत्वले हालसम्म यो संस्थालाई यहाँसम्म ल्याउनका लागि जे जस्तो भुमिका खेल्नुभयो त्यसका लागि उहाँहरु धन्यवादको पात्र हुनुहुन्छ । यो संस्थालाइ थप नयाँ ढंगबाट प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी रहेको मेरो ठम्याइ छ । कोरियाको एनआरएन मार्फत नेपालमा लगानीका कतिवटा योजनाहरु भित्रिए ? नेपालमा कति रोजगार सिर्जना भए त ? कोरियाबाट वैधानिक रुपमा रेमिट्यान्स भित्र्याउने कुरामा समेत ठोस रुपमा पहलहरु के कति भयो त ? अबको नयाँ नेतृत्वले यस्ता प्रश्नहरुको जवाफ खोज्न जरुरी छ । मेरो उपाध्यक्ष पदमा उम्मेदवारी पनि यीनै प्रश्नहरुको जवाफ खोज्नको लागि हो । हाम्रो टिम निर्वाचित भयो भने हामीसँग ति प्रश्नका उत्तरहरु हुनेछन् भन्ने कुरामा म विश्वस्त छु ।

२. नेपालमा लगानी भित्र्याउने, रोजगार सिर्जना गर्ने जस्ता कुराहरु चुनावी एजेन्डा मात्र हुन् नि होइन र ?

एकदमै सही भन्नुभयो । हालसम्म एजेन्डामा मात्र सिमित हुन पुगेका कुराहरु हुन् । हामी आफै यस्ता एजेन्डाका लिस्टहरु देखाउने तर कामचाहि केही नहुने प्रवृत्तिलाइ भोट दिएर जिताउदै आइरहेका थियौं । हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरेको छु । चुनावी एजेन्डा मात्र नभएर हामी काम गर्न सक्छौं र त्यसको लागि हाम्रो टिममा सबैजना योग्य व्यक्तिहरु हुनुहुन्छ ।

३. तपाइले एकैचोटि उपाध्यक्ष पद रोज्नुको कारण ? अनि तपाइले भनेका कामहरु गर्नुहुन्छ भन्ने कुराको विश्वास गर्ने आधार के त ?

अहिलेको आवश्यकतालाइ मध्यनजर गर्दै टिममार्फत रिजल्ट आउने किसिमले काम गर्नुपर्छ भन्ने मेरो बुझाइ छ । त्यो हिसाबमा मैले आफूलाई उपयुक्त हुने पद रोजेको हुँ । रह्यो कुरा विश्वासको । मैले सानै टिमबाट थोरै थोरै लगानी गरेर हेटौडामा लगानी गरेको थिए । कोरोना महामारीबीच शुरु भएको व्यवसाय थियो । त्यसबाट अगाडि बढेर अहिले त्याँहा १० जनाले प्रत्यक्ष रोजगारी गर्दै हुनुहुन्छ । त्यहि टिमबाट केही समय अघि चितवनमा पनि लगानी बिस्तार गरेका थियौं । अहिले चितवनमा ३३ जनाले प्रत्यक्ष रोजगारी गर्दै हुनुहुन्छ ।यस्ता कामहरु एनआरएन मार्फत बृहत रुपमा गर्न सकिन्छ भन्ने मेरो विश्वास हो ।  

४. अरु के के गर्न सकिन्छ भन्ने विश्वास छ त ?

कोरियाबाट श्रमिकहरुले ठूलो मात्रामा अवैधानिक रुपमा भित्र्याउने रेमिट्यान्सलाई वैधानीक माध्यमबाट पठाउन सकेको खण्डमा नै नेपालमा डलरको सञ्चिति ठूलो मात्रामा वृद्धि हुने देखिन्छ । डलरको रिजर्भ बढ्दा देशको अर्थतन्त्रलाई फाइदा पुग्छ भन्ने कुरा त सबैलाई थाहा छ । तर नेपाल सरकारको वैधानिक माध्यमबाट पैसा नेपाल पठाउँदा रेमिट्यान्स खातामा १ प्रतिशत व्याज बढि दिने नितीले खासै केही पनि प्रभाव पारेको छैन । यसरी मोही माग्ने ढुंग्रो लुकाउने नीतिले त हुँदैन । वैधानिक रुपमा रेमिट्यान्स भित्र्याउने बंगलादेशको मोडल हाम्रो लागि पनि एकदमै उपयुक्त छ । बंगलादेश सरकारले आफ्नो देशको नागरिकलाई रेमिट्यान्स कम्पनीहरु या बैंक मार्फत डरल पठाउँदा लोकल बैंक खातामा कुल रकमको २प्रतिशत रकम थपिदिने नीति निकै सफल भएको छ । यो कुरा मैले सामान्य प्रशासन मन्त्री अमनलाल मोदीज्यू कोरिया आएको अवसरमा स्वयम् मन्त्रीज्यू समक्ष दक्षिण कोरियाको राजदूत समेतको उपस्थितिमा भन्ने अवसर पाएको थिए । जुन कुरालाई मन्त्रीज्यूले सकारात्मक रुपमा लिनुभएको छ । यो कुरा म एनआरएनको उपाध्यक्ष मा निर्वाचित भइसकेपछि झन् व्यापक रुपमा दबाव बढाउनेछु ।र अर्को कुरा अक्टोबर देखि हप्ताको ३ दिन नेपाल एयरलाइन्सको उडान कोरियामा हुँदै छ भन्ने कुराहरु भर्खरै सार्वजनिक भएको छ । त्यस उडानमार्फत कोरियाका नागरिकहरुलाई पर्यटकको रुपमा नेपालमा ठूलो संख्यामा भित्र्याउन सकिने अवसरको श्रृजना हुन्छ । अहिलेसम्म हवाइ भाडा महँगो भएर पनि धेरै ठूलो संख्यामा कोरियनहरुको नजर नेपाल घुम्न जाने गन्तव्यमा पर्न सकिरहेको थिएन । तर अब नेपाल एयरलाएन्सको आगमन पछि विस्तारै नेपाल जाने पर्यटकको संख्यालाई वृद्धि गराउन सकिन्छ । त्यसमा एनआरएन कोरियाको ठूलो भुमिका रहनेछ ।

५. कोरियामा ठूलो संख्यामा श्रमिकहरु छन् । श्रमिकका समस्याहरु एनआरएनको चुनावी एजेन्डामा चाहि देखिने तर समस्या पर्दाचाँहि कसैले वास्ता नगरेको देखिन्छ होइन ?

निश्चय पनि समस्याहरु धेरै छन् । मुख्य समस्या चाहि भाषाको कारणले गर्दा आफ्ना कुराहरु प्रष्ट रुपमा राख्न नसकेर समस्याले विकराल रुप लिने गरेको अवस्था पनि देखिन्छ । भाषाको समस्या पर्ने साथीहरुका लागि हाम्रो टिमबाट हटलाइन नम्बर उपलब्ध गराउने र त्यसमार्फत हामीले धेरै भन्दा धेरै समस्याहरु हल गर्ने भनेका छौं । त्यसपछि काम गर्दा देखिने शारिरीक तथा मानसिक समस्याहरुको समाधान गर्न पनि हामीले पहल गर्ने छौं । समन्वय गर्नुपर्ने निकायहरुसँग निरन्तर सम्वाद र दवाव दिनुपर्ने ठाउँहरुमा पनि त्यहि किसिमले काम गर्नेछौं ।

यहाँ विद्यार्थीका समस्याहरु पनि त्यतिकै छन् । केही समयअघि बिरामी भएर एकजना विद्यार्थीलाई पैसा उठाएर सहयोग गर्नुपरेको घटना सेलाएको छैन । हामी समस्यामा परेका श्रमिक वा विद्यार्थी सबैका समस्याहरुलाई समाधान गर्नका लागि हरदम तत्पर रहनेछौं । कति साथीहरुले हाम्रो गुनासोहरु कसैले सुनेन भन्ने गर्नुहुन्छ । हाम्रो काम गुनासो सुनेर कुन ठाउँबाट कसरी समाधान गर्ने भन्ने कुराको पहल गर्नु हुनेछ ।  

म आफैं इ९ भिषा देखि डि२ डि१० इ७ हुँदै एफ२ भिषा सम्म आइपुग्दा मैले धेरै कुराहरु सिक्दै र अनुभवहरु बटुल्दै यो चरणमा आइपुगेको छु । मैले कोरियामा समस्यामा परेका मजदुरहरुको साथसाथै विद्यार्थी समेतको पिडालाई महसुस गर्न सक्छु । र त्यहाँ समाधानका उपायहरुका लागि पनि मेरो भुमिका अहम् हुन सक्छ भन्ने महसुस मैले गरेको भएर नै उम्मेदवारी दिएको हुँ ।

६. अन्तमा के भन्न चाहानुहुन्छ ?

कोरियामा विभिन्न जिल्ला, क्षेत्र, समुदाय आदिको संघ संस्थाहरु एकदमै सक्रिय रहेका छन् । बिगतका दिनहरुमा र हाल पनि १० हजार, २० हजार वन उठाएर आफ्नो गाउँ ठाउँमा बिरामीहरुको उपचार तथा कोरियामै पनि दुर्घटनामा परेका तथा धेरै ठूलो रोग लागेका बिरामीहरु लगायत समस्यामा परेको बेला सहयोग गर्ने कामहरु अत्यन्तै राम्रोसँग हुँदै आएको छ । तर अब चाहि नेपालमा फर्केर पनि के कस्ता कामहरु गर्न सकिन्छ भनेर अहिले देखि नै आफनो गाउँठाउँमा सानो तिनो लगानी गरेर पछि आफू फर्केपछि पनि आयआर्जनको स्रोत हुने खालको योजनाहरु बनाउने तिर लाग्नुपर्छ भन्ने मलाइ लाग्दछ । कोरियामा हामी बसुन्जेल तलब आउँछ र सहयोग गर्न तत्पर हुन्छौं । एक हिसाबमो त्यो राम्रो काम पनि हो । तर हामीले भरपर्दो र दीगो किसिमले सोचेर कोरियामा हुँदै खेरि यस्ता कुराहरुमा विचार गर्नु राम्रो हुन्छ। सम्पूर्ण कोरियामा रहेका सक्रिय संघसंस्थाहरुले यस्तो कुराहरुलाई बढावा दियो भने हाम्रै पुस्तामा हाम्रो देश परिवर्तन गर्ने उत्कट चाहानामा ठूलो टेवा पुग्न सक्छ । कोरियाको जस्तै एकै पुस्ताले परिवर्तन गरेको यो मुलुकबाट हामीले सिक्नुपर्ने कुराहरु पनि यहि हो ।

अन्तमा केही समयअघि पाँचथरको एकजना भाइले ऋण लिने भनेर परामर्श गर्दै गर्दा आफ्नो गाउँमा होमस्टे सञ्चालनका लागि ऋण लिन्छु भनेको कुराले साह्रै खुशी लागेको थियो । मैले यस्तै कुराहरुमा जोड दिनुपर्छ भन्न खोजेको हो । र त्यस्तै खालको कामका लागि प्रस्ट योजनाहरु तयार गर्ने मेरो प्रयत्न रहनेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot Casino

Jak bezpečně a správně aktualizovat registrační a osobní údaje v Kajot CasinoJmenuji se Jan Novák a dnes vám přináším podrobnou re...

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?

Zalety systemu ubezpieczenia zakładów i gier Mostbet: Jak to działa?Witam, nazywam się Marcin Kowalski i w dzisiejszym artykule pr...

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?

Jak streamować swoje sesje na żywo z Mostbet zgodnie z zasadami?Nazywam się Krzysztof Nowak, a dzisiaj chciałbym podzielić się z W...

Recenzja Yep Casino: Co opinie na forach internetowych mówią o lojalności Yep casino?

Recenzja Yep Casino: Co opinie na forach internetowych mówią o lojalności Yep casino?Nazywam się Jakub Nowak i dzisiaj postaram si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×