Advertisement
Advertisement

थिमिमा १५० शैयाको अस्पताल बनाउन कोरियाले ९५ लाख डलर खर्च गर्ने

Advertisement
Advertisement

थिमिमा १५० शैयाको अस्पताल बनाउन कोरियाले ९५ लाख डलर खर्च गर्ने

दक्षिण कोरियाले भक्तपुरको थिमिमा १५० शैयाको अस्पताल बनाउन ९५ लाख अमेरिकी डलर लगानी गर्ने भएको छ।

अर्थ मन्त्रालय र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रहेका क्षेत्रका गरिबहरूका लागि विश्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि समझदारी पत्रमा मंगलबार हस्ताक्षर भएको छ।

अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूत पार्क ते-योङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँचको लक्ष्य हासिल गर्न सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोइकामार्फत् अस्पताल निर्माणको काम सन् २०२७ सम्ममा पूरा गर्ने गरी सम्झौता भएको हो।

यो परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुरथिमि नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्नेछन्।

कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शैयाको अस्पताल निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्नेछ। प्रभावकारी सेवा प्रवाहका लागि पुराना र नयाँ अस्पतालका भवनहरू आपसमा जोडिनेछन्।

हस्ताक्षर समारोहमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले विगतका वर्षहरूमा कोरिया नेपालको निकै नजिकको विकास साझेदारका रूपमा विकास भएको उल्लेख गर्दै दुई देशबीचको जनस्तरको सम्बन्धको प्रशंसा गरे।

सोही समारोहमा कोइकाका निर्देशक कोङ मूहओनले कोइकाले नेपालमा विभिन्न स्वास्थ्य परियोजनाहरू कार्यान्वयन गरेको र हरेक परियोजनाको आफ्नै विशिष्ट उपलब्धि रहेको बताए। उनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको दोस्रो चरणले सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने र भक्तपुर लगायत आसपासका जिल्लाका गरिब तथा जोखिममा परेका जनतालाई विशेषीकृत स्वास्थ्य सेवामा सहज पहुँच हुने बताए।

नेपालका लागि कोरियाली राजदूत पार्क ते–योङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने उल्लेख गर्दै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा गरे। 

हस्ताक्षर समारोहमा अर्थ मन्त्रालयका सचिव पोखरेलले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गरे। उनले यस आयोजनाको सफल कार्यान्वयनमा पूर्ण रूपमा सहयोग गर्ने आश्वासनसमेत दिए।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?Jmenuji se Jan Novák a rád bych vám přiblížil online kasin...

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland ist

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland istMein Name ist Max Müller, und in diesem Artikel werde ic...

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×